२०८२ असार २८ गते, शनिबार २१:५६

हिजाजीले धनगढीबाटै एनएसएल खेल्ने

११ फागुन, काठमाडौं । लेबनानी खेलाडी अहमद हिजाजीले तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) २०२५ मा एफसी धनगढीबाटै खेल्ने भएका छन् ।

हिजाजीलाई विदेशी खेलाडीका रूपमा क्लबले पुन: स्वागत गरेको हो । क्लबले सामाजिक सञ्जालमा पनि हिजाजीलाई पुन: टोलीमा फर्किएकाले ‘वेलकम ब्याक’ भनेर पोस्ट राखेको छ ।

हिजाजीले गत संस्करणको एनएसएलमा ४ गोल गरेका थिए । धनगढी गत संस्करणमा फाइनल पुगेर ललितपुर सिटी एफसीसँग पराजित भएको थियो ।

यस संस्करणका लागि धनगढीले मार्की खेलाडीमा कृतिश रत्न छुन्जुलाई सार्वजनिक गरिसकेको छ भने अक्सन पनि सम्पन्न भइसकेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM