२०८३ असार ५ गते, शुक्रबार २१:३४

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला 




चितवन  । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा ७ वर्षको पोथी गैँडा मृत फेला परेको छ ।

कावासोतीको कृष्णसार र गुन्द्रही ढकाहा वनको सिमानामा शनिबार दिउँसो गैँडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो  । थापाका अनुसार मृत गैँडामा पुरानो घाउ देखिएको छ । 

अर्को गैँडासँग जुधेर घाइते भई  बिरामी परेर गैँडा मरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । मृत गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM