२०८२ माघ १ गते, बिहीबार ०४:१९

पूर्वराजालाई शुभकामना– प्रधानमन्त्री बन्नुस्

११ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिले संसद्‍मा प्रवेश पाएको छ । आइतबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै सत्तारुढ नेपाली कांग्रसकी सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वाराजाको अभिव्यक्तिको विषय उठाइन ।

‘पूर्वराजाले फेरि सत्तामा फर्कन खोज्नु, आफ्ना समर्थकलाई त्यसमा साथ दिन आह्वान गर्नु, पक्षधरहरूले साथ दिनु कुनै आश्चर्यको विषय भएन,’ उनले भनिन् ।

तर, पूर्वराजाको अभिव्यक्ति र क्रियाकलापले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरू भने सजग हुनुपर्ने देखिएको उनले बताइन । ‘संघीय लोकतान्त्रिक गणतन्त्रका लागि लडेकाहरू सचेत हुन जरुरी छ– कतै व्यवस्थामाथि वितृष्णा फैलाउन चालिएका चालहरू त हैनन् ती (पूर्वराजाको अभिव्यक्ति) !,’ सांसद न्यौपानेले भनिन् ।

हरेक वर्ष प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले शुभकामना दिँदै आएका छन् । शुभकमना दिने क्रममा यसवर्ष भने ज्ञानेन्द्रले शासन सत्ता छोड्नुलाई त्यागको रूपमा ब्याख्या गरे । राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न राजनीतिक दलहरुलाई चेतावनी नै दिए ।

यही ६ फागुनमा पूर्वराजा ज्ञानेन्द्रले दिएको यस्तो अभिव्यक्तिको विरोध संसद् खुले लगत्तै संसद्‍मा सांसदहरूले गरेका हुन् । कुनै पनि बाहना गरेर गणतन्त्रमाथि प्रहार गर्ने कार्य स्वीकार्य नरहेको भन्दै सांसदहरूले २०६२/६३ को जनआन्दोलन सम्झिन सुझाए ।

जुन आन्दोलनले जनतालाई रैतीबाट नागरिक बनायो, नागरिक नै देशको सर्वोच्च पदमा पुग्न सक्ने बनायो त्यही आन्दोलनले हो राजालाई पनि राजाबाट नागरिक बनाएको ।

-कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने

१० वर्षे माओवादी सशस्त्र युद्ध, २०६२/६३ को जनआन्दोलन र मधेश आन्दोलनको पृष्ठभूमिमा नेपालबाट राजतन्त्र अन्त्य भएको हो । २८ चैत २०६४ सालमा सम्पन्न संविधान सभाको चुनावबाट निर्वाचित संविधान सभाको पहिलो बैठक (१५ जेठ २०६५) ले नेपालबाट राजतन्त्र अन्त्यको घोषणा गरेको थियो । जनताका जनप्रतिनिधिहरूले संविधान सभाबाट गरेको निर्णयलाई पूर्वराजा ज्ञानेन्द्रले त्याग गरेको रूपमा व्याख्या गरेपछि संसद्‍मै त्यसको विरोध भएको हो ।

‘जुन आन्दोलनले जनतालाई रैतीबाट नागरिक बनायो, नागरिक नै देशको सर्वोच्च पदमा पुग्न सक्ने बनायो त्यही आन्दोलनले हो राजालाई राजाबाट नागरिक बनाएको पनि,’ कांग्रेस सांसद न्यौपानेले भनिन् ।

पूर्वराजाको अभिव्यक्तिमाथि प्रश्न उठेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चुप बस्ने कुरै भएन । किनभने, राप्रपा राजसंस्था फर्काउने एक मात्रै एजेन्डा लिएर राजनीति गर्दै आएको पार्टी हो ।

कांग्रेस सांसद न्यौपाने लगत्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उठे । सभामुखले समय दिएपछि बोले, ‘म नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ ।’

आफ्नो पार्टीको राजनीतिक एजेन्डा सुनाएर बोल्न थालेका लिङ्देनले गणतन्त्रको विरोध गरिरहने बताए ।

‘तपाईंले गणतन्त्र लडेर ल्याएको होस् अथवा विदेशीको बुइ चढेर ल्याएको होस् त्यो गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने हामी निरन्तर रूपमा विरोध गरिराख्छौं, त्यसको विरुद्धमा हुन्छौं ।’

त्यसपछि राप्रपा अध्यक्ष लिङ्देनलाई जवाफ दिन संसद्‍मा सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटा खडा भए । लिङ्देनलाई बास्कोटाको प्रश्न छ, ‘यो २१औं शताब्दी हो, के गर्न राजा फर्काउने ?’

‘के का लागि राजतन्त्र फर्काउने ? के पाइन्छ ?’ बास्कोटाको प्रश्न छ, ‘१८ असोज २०५९ मा फर्काउन ? १९ माघ २०६१ फर्काउन ? के गर्न फर्काउने ?’

१८ असोज २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई अक्षम प्रधानमन्त्री घोषणा गर्दै पदबाट हटाएर शासनसत्ता हातमा लिएका थिए ।

१९ जेठ २०५८ मा दरबार हत्याकाण्डमा तत्कालीन राजा विरेन्द्रको वंश नाश भएपछि ज्ञानेन्द्र राजा भएका थिए । राजा भएको छोटो समयमै देउवालाई प्रधानमन्त्रीबाट हटाएर लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई पालैपालो प्रधानमन्त्री बनाएर शक्ति अभ्यास गरे ।



शक्ति अभ्यासका क्रममा ज्ञानेन्द्रले २१ जेठ २०६१ मा पुनः देउवालाई नै प्रधानमन्त्री बनाए । देउवा नेतृत्वको सरकारमा ‘आधा प्रतिगमन सच्चियो’ भन्दै एमाले पनि सामेल भएको थियो ।

१९ माई २०६१ मा शाही घोषणा मार्फत ज्ञानेन्द्रले कांग्रेस र एमाले सहभागी देउवा नेतृत्वको सरकारलाई अपदस्त गर्दै सम्पूर्ण शासनसत्ता हातमा लिए । तर, ज्ञानेन्द्रको यही शक्ति अभ्यासले उनलाई नेपालमा राजतन्त्रात्मक शासन व्यवस्थाको अन्तिम राजा बन्ने आधार निर्माण गरेको थियो ।

ज्ञानेन्द्रको यो विगत सम्झाउँदै बास्कोटाले लिङ्देनलाई पूर्वराजाको चिन्ता गर्न छाडेर आफ्नो चिन्ता गर्न सुझाए ।

‘आफू फर्किनुस् (फेरि संसद्‍मा निर्वाचित भएर आउन) न, छोडिदिनु त्यो (पूर्वाराजा फर्काउने एजेन्डा) त्यो (राजसंस्था) फर्किनेवाला छैन, आफू (संसद्‍मा पुनः) फर्किनुस् ।

राजतन्त्र फर्काउने एजेन्डा बोक्ने पात्र र प्रवृत्तिबारे आफूहरू जानकार रहेको ख्याल गर्न पनि लिङ्देनलाई बास्कोटाको चेतावनी छ ।

‘मैले अलिअलि बुझ्ने भएदेखि सुनेको – निर्विकल्प पञ्चायती व्यवस्था, अनि राजतन्त्रको विकल्प छैन । यस्तो २०३६ सालदेखि सुनियो । के रहेछ भनेर बुझ्न खोजियो । आन्दोलन तिर लागियो । कांग्रेस र कम्युनिस्टलाई भेँडाको छाला ओढेका ब्वाँसोहरू भन्दै जुलुस बानेश्वरदेखि कतासम्म कुदेकै थिए । तिनै पात्र हुन, तिनै प्रवृत्ति हुन्, तिनै अनुहारले राजा फर्काउने ?,’ बास्कोटाको प्रश्न छ ।

पछिल्लो समयमा पूर्वराजा ज्ञानेन्द्र बेलाबेला भ्रमणमा निस्किने गरेका छन् । ज्ञानेन्द्रको भ्रमणका क्रममा कास्कीको पोखरामा भएको प्रदर्शन सम्झिँदै बास्कोटाले व्यङ्ग्य गरे, ‘राजा फर्काउन पोखरामा त्यत्रो जुलुस गर्नपर्छ ? धेरै दुःख गर्नुपर्दैन । एउटा प्लेन टिकट काटिदिनुस् काठमाडौं फर्किहाल्नुहुन्छ । सिंहासनमा फर्किन सम्भव छैन ।’

सत्तारुढ नेकपा एमालेकै सांसद इश्वरी रिजाल राज्य शक्ति वंश र अंशमा हुने अन्धविश्वासबाट बाहिर निस्कन राजावादीहरूलाई सुझाउँछन् ।

राज्य शक्ति विष्णुको अवतारमा नपाइने भन्दै सांसद रिजालले कवितात्मक शैलीमा पूर्वराजा ज्ञानेन्द्रलाई पनि सुध्रिन आग्रह गरे ।

‘राज्यशक्तिको स्रोत जनता हुन्छ, हुकुमतन्त्रमा हुँदैन ।

राज्य शक्तिको स्रोत कसैको परिवारमा पाइन्न, नागरिकमा पाइन्छ ।

राज्य शक्तिको स्रोतमा कसैको वंश जोडिँदैन, जनताको अंश जोडिन्छ ।

राज्य शक्तिको स्रोत छोरालाई अंश र छोरीलाई दाइजो दिने धन दौलत होइन । जनताको पौरख हो ।

राज्य शक्तिको स्रोत कसैको कोखमा हुँदैन, जनताको भोटमा हुन्छ ।

राज्य शक्तिको स्रोत विष्णुको अवतारमा पाइन्न, जनताको मतभारमा पाइन्छ ।

एक पटक पसाइसेको केराको बोटहरूले अर्को पटक केरा दिँदैन ।

एक पटक बिदा गरेको हुकुमीतन्त्रलाई जनताले लिँदै लिँदैन ।’

कांग्रेस र एमालेका सांसदहरू एकपछि अर्को गरी पूर्वराजाको अभिव्यक्तिमाथि खनिन थालेपछि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पूर्वतयारीको विषयवस्तुमाथि छोट्याएर ।

काठमाडौं महानगरपालिकामा संघीय सरकारले नियत राखेरै प्रमुख प्रशासकीय अधिकृत डेढ महिनासम्म नपठाएको विषय उठाउने उनको पूर्वतयारी थियो । पूर्वतयारी अनुसार यो विषय पनि संसद्मा उठाए ।

तर, काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदाको असरमाथिको व्याख्या छोट्याएर सांसद शाही पूर्वराजाको अभिव्यक्तिको बचाउतर्फ लागे ।

पूर्वराजाको अभिव्यक्तिको आलोचना गर्ने अधिकार कांग्रेस र एमालेलाई नरहेको जिकिर गरे ।

कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले राजालाई मानेको स्मरण गरे । कसैले राजाको घाँटी काट्न आए आफ्नो घाँटी माथि र राजाको घाँटी तल हुने बीपीले भनेको थिए ।

-ज्ञानेन्द्र शाही

‘आज माओवादीले राजा चाहिँदैन भन्दा सुहाउँछ । तर, राजाको पालामा प्रधानमन्त्री खाएको खाइ गर्ने, राजाका अगाडि पाउमा दाम चढाउनेहरूले आज यहाँ (संसद्‍मा) राजाको विरोध गर्न पाइँदैन ।’

कांग्रेस र एमाले सांसदहरूलाई आफ्नो पार्टीका इतिहास सम्झिन पनि उनले सुझाए ।

कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले राजालाई मानेको स्मरण गरे । कसैले राजाको घाँटी काट्न आए आफ्नो घाँटी माथि र राजाको घाँटी तल हुने बीपीले भनेको उनले बताए ।

‘…आज भएका यी साथीहरू कांग्रेस हुन् कि होइनन् भन्ने प्रश्न चिह्न खडा भयो । आज राजालाई यो संसद्‍मा विरोध गरियो । कमसेकम बीपीको सिद्धान्तलाई त मानेको भए हुन्थ्यो,’ उनले भने ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीले समेत एउटा राजा रहँदैमा केही फरक नपर्ने तर, सामन्तवाद रहिरह्यो भने त्यसले फरक पार्छ भनेको उनले स्मरण गरे ।

‘…आज मदन भण्डारीको विचार पनि बेचेर खाए, यिनीहरू मदन भण्डारीका कार्यकर्ता हुन् कि होइनन् भनेर प्रश्न गर्नुपर्ने अवस्था आयो,’ सांसद शाहीले भने ।

कांग्रेस र एमालेका सांसदहरूले पूर्वराजाको अभिव्यक्तिको विरोध गर्दा गरेको एउटा प्रश्न वा आग्रहमा भने राप्रपाका नेताहरू मौन रहे ।

कांग्रेसकी सांसद न्यौपानेले पूर्वराजा ज्ञानेन्द्रलाई २०८४ को चुनाव लड्ने तयारी गर्न सुझाएकी छन् ।

‘सत्तामा नै यदि फर्किने चाहना छ भने टिका लगाएर या कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस्’ पूर्वराजा ज्ञानेन्द्रलाई सांसद न्यौपानेको सुझाव छ ।

राष्ट्रिय सभामार्फत सांसद बामदेव गौतमले त पूर्वराजा ज्ञानेन्द्रलाई २०८४ को चुनाव लडेर प्रधानमन्त्री नै बन्न शुभकमना दिए ।

‘आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस् र केही समयपछि २०८४ मा हुने निर्वाचनमा भाग लिनुस्,’ पूर्वराजालाई गौतमको शुभकामना छ, ‘निर्वाचित भई संसद्‍बाट प्रधानमन्त्री बन्नुस् र नेपालको चौतर्फी विकास र समृद्धि कायम गरी देखाइदिनुस् ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor
koi77 kingmedan303 kingmedan303 djarum4d sritoto sritoto sritoto rajamania rajamania
https://pengumuman.um-ptkin.ac.id/ zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM