२०८२ फाल्गुन २४ गते, आईतवार २१:४४

प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिकाको आर्थिक गतिविधि दुई महिनादेखि ठप्प 

उदयपुर । उदयपुर जिल्लाको बेलका नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिकाको आर्थिक गतिविधि ठप्प भएको छ ।

बेलका नगरपालिका झन्डै २ महिना यता प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको छ । प्रमुख प्रशासकीय अधिकृत भएर पनि काम कारबाही विहीन हुँदा पालिकाको आर्थिक कारोबार ठप्प भएको हो । पालिका अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृत रविविक्रम आचार्यले सञ्चालन गर्दै आउनु भएको छ । यद्यपि निमित्त प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई आर्थिक कारोबारको अख्तियारी नहुँदा पालिकाको सम्पूर्ण आर्थिक गतिविधि ठप्प भएको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत आचार्यका अनुसार दुई महिना यता पालिकाबाट हुने ठुला आयोजनाको ठेक्का सम्झौता समेत हुन सकेको छैन । आचार्यले भने आफूले पालिकाको दैनिक गतिविधि मात्र सञ्चालन गरेको बताउनु भयो वहाँले आफूलाई आर्थिक कारोबार र ठुला ठेक्कामा सम्झौता गर्ने अख्तियारी नभएको बताउनु भयो ।

बेलका नगरपालिकामा रोजगार सहायक (सेवा करार) पदको नियुक्तिलाई लिएर विवाद भएको थियो भने उक्त विवादका कारण स्थानीय राजनीतिक दलले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र प्रशासन शाखामा ताला लगाएका थिए ।

बेलका नगरपालिकाले रोजगार सहायक (सेवा करार) पदको नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारको ठाउँमा नाम र ठेगाना मिलेकै आधारमा अन्य व्यक्तिलाई कार्यालयले हाजिर गराएको भन्दै प्रमुख प्रशासकीय अधिकृत र प्रशासनका कर्मचारी माथि प्रश्न चिन्ह खडा भएको थियो । उक्त कुराले विवाद बढेपछि नेकपा (एमाले) लगायतका दलले नगरपालिकाका कर्मचारीको लापरबाहीका कारण नक्कली व्यक्तिलाई हाजिर गराएको भन्दै त्यस विषयमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग राखेका थिए ।

नियुक्तिलाई लिएर पालिकामा ताला नै लगाएपछि नगरपालिका र असन्तुष्ट पक्ष बीच वार्ता भएको थियो । गत पुस २१ गते भएको वार्ता बाट पाँच बुँदे सहमति गर्दै ताला खोल्ने सहमति भएको थियो । नगरपालिका र असन्तुष्ट पक्षको वार्ताले रोजगार सहायक (सेवा करार) पदपूर्तिको विषयमा भएको कर्मचारीको गम्भीर लापरबाहीलाई छानबिन समितिले प्रतिवेदन सार्वजनिक नगरुन्जेल सम्मका लागि निमित्त कार्यालय प्रमुखबाट कार्यालयको दैनिक सेवा सुचारु गर्ने निर्णय गरेको थियो । यसले तत्कालका लागि प्रमुख प्रशासकीय अधिकृतलाई कामकाज गर्न रोक लगाएको थियो । नगर प्रमुख उपप्रमुख सहित जनप्रतिनिधि बसेर छानबिन समितिले प्रतिवेदन सार्वजनिक नगरुन्जेल सम्मका लागि निमित्त कार्यालय प्रमुखबाट कार्यालयको दैनिक सेवा सुचारु गर्ने निर्णय गरेपछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे असन्तुष्ट भएका थिए । असन्तुष्ट भएसँगै पुस महिना देखिनै पालिकाको सबै आर्थिक गतिविधि जनप्रतिनिधिको निर्णय अनुसार नै प्रमुख प्रशासकीय अधिकृतले रोकेका  थिए । 

कर्मचारी नियुक्तिको विषयलाई लिएर असन्तुष्ट पक्ष सँग गरिएको वार्ताले पालिकामा लगाइएको ताला त खोलिएको थियो तर कानुन मै नभएको प्रमुख प्रशासकीय अधिकृत हुँदा हुँदै पालिकाको काम निमित्त प्रमुख बाट सञ्चालन गर्ने निर्णय यतिबेला बेलका नगरपालिकालाई गलाको पासो बनेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत फागुन १ गतेको निर्णय अनुसार बेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेलाई गल्यान नगरपालिका स्याङजा सरुवा गर्दै उनको ठाउँमा मध्यपुर ठिमी नगरपालिका भक्तपुरमा कार्यरत राम बहादुर के.सी.लाई सरुवा गरेको थियो । तर अहिले सम्म उहाँ पनि पालिका आउने नआउने टुङ्गो नलाग्दा बेलका नगरपालिकाको समस्या झनै बढेर गएको हो । बेलका नगरपालिकामा सरुवा भएका के.सी. अहिले सम्म सम्पर्कमा नआएको नगरउपप्रमुख जिरा राईले बताउनु भयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM