२०८२ असार २८ गते, शनिबार २१:२०

एक साताको कार्यक्रमले एक महिनादेखि पोखराको फुटबल मैदान अवरुद्ध 




पोखरा । पोखरा रंगशालाको वैकल्पिक फुटबल (प्रशिक्षण) मैदान एक महिनादेखि अवरुद्ध हुँदा फुटबल प्रशिक्षण नै प्रभावित भएको छ । 

जिल्ला खेलकुद विकास समिति कास्कीले जीवन विज्ञान प्रतिष्ठानलाई एक साता विराट चक्र विज्ञान कार्यक्रम गर्न अनुमति दिए पनि उक्त प्रशिक्षण मैदान विगत दुई साता अघिदेखि अवरुद्ध हुँदा फुटबल प्रशिक्षण प्रभावित भएको एन्फा कास्कीका अध्यक्ष उज्ज्वल रञ्जितले गुनासो गर्नुभयो ।

पोखरामा फुटबल खेलको तल्लो स्तरबाट माथि उकास्ने उद्देश्यले किरण श्रेष्ठ, योगेन्द्र थकाली, शम्भु केसी र सन्तोष केसीको प्रशिक्षणमा हरेक दिन उक्त मैदानमा ८०/९० जना बालिकाहरूलाई फुटबल एकेडेमीको रुपमा प्रशिक्षण गराउँदै आए पनि विगत दुई सातादेखि प्रशिक्षण प्रभावित भएको उहाँले बताउनुभयो । अझै दुई साता भन्दा बढी समय उक्त मैदान अवरुद्ध हुँदा प्रशिक्षणमा ठुलो असर परेको अध्यक्ष रञ्जितले दाबी गर्नुभयो । 

यस विषयमा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बाँनियाले उक्त कार्यक्रम पोखरामा हुनु राम्रो भएको तर फुटबल प्रशिक्षण मैदानमा महिना दिन हुनु उपयुक्त नभएको बताउनुभयो । 

यही फागुन ११ गतेदेखि १७ गतेसम्म पोखरा रङ्गशालामा हुने उक्त कार्यक्रममा करिब ६ हजार भन्दा बढीको उपस्थिति हुने उक्त प्रतिष्ठानका अमेरिका संयोजक तथा हाल पोखराका स्वयंसेवक लोक तिवारीले बताउनुभयो । पहिलो दिनको कार्यक्रम फागुन १० गते ‘गण्डकी स्वजागरण उत्सव’ हुने भएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM