२०८२ असार ३१ गते, मंगलवार १८:५१

भारतलाई हराउँदै नेपाल थ्री बाई थ्री बास्केटबल च्याम्पियन

३ फागुन, काठमाडौं । भारतलाई हराउँदै नेपाली बास्केटबल टोलीले थ्री बाई थ्री अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ । शनिबार त्रिपुरेश्वरको कभर्डहलमा विजय बुर्जाको कप्तानीमा रहेको नेपालले भारतलाई २१–१७ ले हरायो ।

कप्तान विजयसँगै टोलीमा मनिष केसी, निश्चल महर्जन र निकेश राखल मगरले उत्कृष्ट प्रदर्शन गरेका थिए । निकेश नै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले २५० अमेरिकी डलर प्राप्त गरेका छन् । विजेता नेपालले १२ सय र उपविजेता राइभल भारतले चार सय डलर प्राप्त गरे ।

फ्रिडम ग्लोबल नेटवर्क र राइभल नेसन्सले आयोजना गरेको प्रतियोगितामा नेपाल, भारत र पाकिस्तान सहभागी थिए ।

डबल राउन्ड रोबिन पद्धतिमा शुक्रबार र शनिबार भएको प्रतियोगितामा शीर्ष दुईमा रहँदै नेपाल र भारतका टिम फाइनलमा स्थान बनाउन सफल भएका हुन् ।

विजेतालाई संघका अध्यक्ष भीमसिंह गुरुङ लगायतले पुरस्कृत गरेका थिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM