२०८२ असार २७ गते, शुक्रबार १७:१६

‘राज्यले गर्नुपर्ने दायित्व उपभोक्ता संस्थाले गरेको छ’




पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीले खगराज अधिकारीले राज्यले गर्नुपर्ने दायित्व लेखनाथ खानेपानी उपभोक्ता संस्थाले गरेको बताउनुभएको छ ।

लेखनाथ खानेपानी उपभोक्ता संस्थाको २० औ वार्षिक साधारण सभाको मादी गाउँपालिका–७ को गिउजे खोला मुहानमा लालुपातेको फुल रोपी उद्घाटन गर्दै उहाँले १७ हजार भन्दा बढी उपभोक्ताले वि.स. २०५८ सालमा संस्था स्थापना गरी गाउँबाट शहर, सहरबाट महानगर बनाउँदै लेखनाथ बासीलाई दीर्घकालीन योजनका साथ शुद्ध खानेपानी वितरण गरिएको बताउनुभयो । 

पानीको मुल कसैको हुँदैन मुल हाम्रो हो भन्ने मान्यताका साथ अगाडी बढ्न सबै उपभोक्तालाई आग्रह गर्दै उहाँले विकासमा कसैले अवरोध नगर्न सुझाव दिनुभयो । 

लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्माले उपभोक्ताको माझमा वर्तमान अवस्थामा सरकारको सह लगानीमा निर्माण भएको संस्थाले नेपाल भरीको सबैभन्दा उत्कृष्ट पिउने पानी भएको बताउनुभयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM