२०८२ माघ ५ गते, सोमबार १७:४२

लाइसेन्स नवीकरण गर्ने सजिलो ‘मन्त्र’

यातायात कार्यालय जानुपर्ने दिन आउनासाथ आम सेवाग्राहीलाई त्यहाँको ‘टक्सिक’ जस्तो लाग्ने वातावरण (भीडभाड, लामो लाइन, आजै काम नहुने डर र अनपेक्षित रूपमा सहयोग गर्न आइपुग्ने सहयोगीहरूको ताँती) ले मनलाई पहिल्यै अत्याइसकेको हुन्छ ।

‘जे–जसो परोस्, केही पैसा कतै दिएर मिल्छ भने मिलाइहालौं र काम सकेर हिंडिहालौं’ भन्ने आम सेवाग्राही मानसिकता पहिल्यै बुझ्न सकिन्छ । हामी सेवाग्राही पनि घूस खुवाउन शुरुमै एक खाले मानसिक तयारी गरेर घरबाट हिंड्छौं । यस अर्थमा सरकारी कार्यालय सही नहुनुमा हामी सेवाग्राही पनि कहीं न कहीं जिम्मेवार छौं ।

पाँच वर्ष अगाडिको कुरा हो, मेरो लाइसेन्स (सवारी अनुमतिपत्र) रिन्यु गर्नुपर्ने थियो । म यातायात कार्यालय, एकान्तकुना कम्पाउण्डमा पुग्न पाएकै थिएन, धेरै जना सहयोगीहरूले सहयोग लिन अनुरोध गरिसकेका थिए ।

उनीहरू सबैको खुल्लम-खुल्ला ‘अफर’ थियो कि ५००/७०० दिनुहोस् आजको आजै नयाँ लाइसेन्स लिएर जानुहोस् । नत्र यताउता भौंतारिन, लामो लाइन बस्न र हप्तौं कुर्न तयार हुनुहोस् । मलाई आफैं काम गर्न मन लाग्ने भएकोले सिधै भित्र गएँ ।

त्यहाँ रु.१० का डाक्टर रहेछन्, यातायात कार्यालयले नै ठेक्का दिएर राखेका । डाक्टर गज्जबका रहेछन् । एक हातले १० रुपैयाँ लिएर अर्को हातले ‘तिम्रो सबै स्वास्थ्य ठिक छ, तिमी अब ५ वर्षसम्म राम्रो गरी सवारी चलाउन सक्छौ’ भन्ने प्रमाणपत्र दिने रहेछन् ।

गज्जब लाग्यो र त्यो प्रक्रिया पूरा गरें । अगाडि बढेपछि मेरो आँखाको दृष्टि चेकजाँच गरियो । रंगीन जालीभित्र पसेका अंक पढ्न लगाइयो । पढें र पास पनि भएँ । अगाडि बढेपछि नागरिकता प्रतिलिपि बनाउन बिर्सिएको रहेछु, त्यसैले प्रतिलिपि निकाल्न बाहिर गएँ ।

फेरि पनि मलाई सहयोगीहरूले आफ्नो क्षमता बताए । आउनुहोस्, कागजात मलाई दिनुहोस् म तपाइँको काम आजै सकिदिन्छु । तपाइँ आफैं जानुभयो भने कम्तीमा दुई हप्ता लाग्छ । म फेरि पनि नबोली भित्र छिरें । त्यसपछि मलाई पैसा तिर्ने लाइनमा बस्न भनियो ।

लगभग ४५ मिनेटको रस्साकस्सीपूर्ण लाइनको उभ्याइपछि मेरो पालो आयो । पैसा हातमा बोकेर कागजात प्वालबाट भित्र छिराइदिएँ । त्यसपछि अर्कोपट्टिको लाइनमा जान भनियो । अर्को लाइनमा बसेको २० मिनेट जति पछि मेरो नाम बोलाइयो ।

राम्रा प्रणालीहरू आफैं जडान हुँदैनन्, जनताको निरन्तर प्रयास र खबरदारीले मात्रै त्यो सम्भव छ । नत्र सधैं ‘सोर्स र फोर्स’ नै हावी भैरहने छ । त्यो अफिसमा मेरो मान्छे भएकोले मेरो काम त सजिलै भयो भनेर नाक ठड्याउने र ‘गर्व’ गर्ने दिन रहिरहन्छन्

 

पैसा हातमा लिएर गएँ तर उनीहरूले मलाई ६ नम्बर कोठामा जानु भने । मैले ‘किन– के भयो र ?’ भनें । उनीहरूले हामीलाई थाहा हुँदैन भन्दै मेरो कागजात प्वालबाट बाहिर छिराइदिए । फेरि के पुगेन भन्दै पूर्वतर्फको कोठा नम्बर ६ मा गएँ । त्यहाँको लाइन छोटो थियो ।

पछि बुझें आफैं काम गर्छु भनेर ‘जान्ने पल्टने’ म जस्ता सेवाग्राहीले ६ नम्बर भएर गुज्रनुपर्ने रहेछ । मेरो पालो आएपछि त्यहाँका कर्मचारीले मेरो कागजात लिए र केही नहेरिकन ‘दुई हप्तापछि आउनू’ भने । म छक्क परें । सोधें, ‘के भएको छ र दुई हप्तापछि आउनुपर्ने ? यो तेस्रो पटक रिन्यु गर्ने बेलामा कुन महान् गल्ती भेटियो र दुई हप्ता लाग्ने हो ?’

उनले मेरो कागजात ‘भेरिफिकेसन’ गर्न समय लाग्ने बताए । ‘पहिला–पहिला रेन्यु गर्दा त केही गर्नु नपरेको’ मैले बताएँ । ‘अरूले के गरेन मलाई थाहा हुँदैन । हामी नियम अनुसार काम गर्छौं । हामीलाई धेरै डिस्टर्ब नगर्नुस्’, उनले कडक स्वरमा भने ।

त्यसपछि बाहिर गएँ । अघिदेखि सहयोगको ‘अफर’ गर्ने भाइलाई भेटें । देख्नासाथ उनले भने– ‘देख्नुभो नि, तपाइँको काम हुँदैन भन्ने मलाई पहिल्यै थाहा थियो । दुई हप्तापछि बोलाएको होला होइन, ६ नम्बर कोठाबाट ?’ मलाई जे भएको थियो उनी त्यही भन्दै थिए ।

उनले भने, ‘हामीले काम गरेपछि त्यो ६ नम्बर कोठामा जानै पर्दैन । अझै पनि बिग्रेको केही छैन । ७०० रुपैयाँ बढी दिनुहोस् । आजै नयाँ लाइसेन्स लिएर जानुहोस् ।’

मलाई उनको कुराले छक्क पार्‍यो । ६ नम्बर कोठा त सिधा–साधा सेवाग्राहीलाई ठिक लगाउने कोठा रहेछ भन्ने थाहा भयो । त्यो मात्रै होइन कि हजारौं सेवाग्राहीले सेवा लिने त्यो कार्यालयमा सीधै काम गर्न जाने सेवाग्राही त नगन्य हुने रहेछन् भन्ने थाहा पाउँदा झन् पीडा महसुस भयो ।

आफू नजिकै बस्ने र दुई हप्तापछि लाइसेन्स तयार हुँदा पनि फरक नपर्ने बताउँदै म भित्र पसें । ६ नम्बर कोठामा पुरानो लाइसेन्स दिएँ र फर्कन लागें । तर किन–किन त्यस कार्यालयको प्रमुखलाई नभेटिकन फर्कन मन लागेन । त्यसैले सोध्दै–खोज्दै तीन तला माथिको प्रमुखको कोठामा पुगें ।

प्रमुखको कोठामा सोफामा केही सेवाग्राहीहरू बसेका थिए भने प्रमुख एक जना प्रहरी अधिकृत (डीएसपी) सँग कुराकानीमा मस्त थिए । उनीहरूको लामो खुसामद देखेर कुनै गोप्य लेनदेनमा बार्गेनिङ भइराखेको हो कि भन्ने मलाई लाग्यो ।

जेहोस्, अब मौनता तोड्नै पर्छ भन्ने सोचेर म सोफाबाट उठेर उनको टेबल नजिकै गएर उभिएँ । नजिकै गएर उभिएको २/३ मिनेट हुँदा पनि कुनै खालको सोधनी नआएपछि मैले ‘सर ! सर !’ भनेर बोलाउने प्रयास गरें ।

मेरा प्रयासहरूका बाबजुद पनि उनले मलाई सुनेनन् वा सुन्ने प्रयास गरेनन् । हुन त अक्सर नेपालका सरकारी अफिसमा मानिसहरू आइरहने–गइरहने, जसले–जसरी पनि कुनै पालो विना बोल्न–सोध्न सक्ने खालको वातावरण हुन्छ ।

न समय लिएर भेट्ने खालको चलन छ न त सेवाग्राहीका समस्या ध्यान दिएर सुन्ने वा सुन्न सकिने वातावरण नै हुन्छ । होहल्लाको बीचमा गर्नेले काम गरिरहन्छन् र नगर्नेहरू गफ हानेर र घुमेर जागिर पकाइरहन्छन् ।

केही सरकारी कार्यालयका कर्मचारीहरूको कुरालाई विश्वास गर्ने हो भने हरेक सरकारी कार्यालयमा लगभग ३० देखि ५० प्रतिशत कर्मचारीले मात्रै राम्ररी काम गर्ने र बाँकी चाहिं राजनीति, मिटिंग, काज मिलाएर, लेनदेन लगायत कामहरूमा समय दिएर आफ्नो जागिर खान्छन् ।

अनि पछि बढुवा र पुरस्कारको लागि भने प्रायःजसो यस्तै कर्मचारीको नाम सिफारिशमा पर्ने गर्छ । किनकि हाकिमलाई खुसी पार्न चाहिने सबै खाले कला यिनीहरूले सिकेका हुन्छन्, शिवाय जनताको काम गर्न । राजनीतिमा लागिसकेपछि नेताहरूको प्रिय त हुने नै भए ।

यो सोर्स फोर्स भनसुन र कसैको निगाहामा ‘गर्व’ गर्ने काम धेरै देशमा अहिले लाज लाग्दो कुरा भइसकेको छ । याद राखौं, मैले ठूलो मान्छे चिनेको छु भन्नु कुनै गर्वको कुरा होइन । लाइनमा बसेर सेवा लिनु कुनै लाजमर्दो कुरा होइन, बरु सभ्य नागरिकको पहिचान हो । हामी कहिले यहाँ पुग्ने ?

नेपालका सरकारी कार्यालयहरूमा एक खाले हाकिमहरू यस्ता पनि देखेको छु जो कार्यालयलाई आफ्नो रवाफ र शान देखाउने थलो सम्झन्छन् । जसले गर्दा ध्यान सेवा प्रवाहको गुणस्तरमा भन्दा यस्ता देखावटी कुराहरूमा बढी केन्द्रित हुन्छ । कुनै कार्यालयका एक हाकिमले एक पटक मेरै अगाडि टेबलको जारमा भएको पानी हालेर खानको लागि आफ्नो टेबलको घण्टी थिचे ।

कतै पुगेको परिचर केही ढिला गरी आए र पानी भरिदिए । तर उनलाई हाकिमले राम्रोसँग मन लगाएर काम नगर्ने हो भने भोलिबाट अफिस नआए हुन्छ भने । मानौं कि जागिर उनको खल्तीबाट दिइएको थियो ।

हामीले नेदरल्याण्डका प्रधानमन्त्रीले आफूले चिया पोखेपछि आफैं ‘मोप’ ल्याएर सफा गरेको देखेका छौं । विदेशमा बैंकका सीईओले आफ्नो कोठा, टेबल आफैं सफा गर्नुपर्ने सुनेका छौं । तर नेपालमा भने यस्तै देख्न पाइन्छ प्रायःजसो ।

खैर, हाम्रो पुरानै कुरामा आऔं । हाकिम साहेब कुनै कारणवश आफू बसेको कुर्सीबाट उठे र केही चिजबिज खोज्न लागे । खै किन हो, डीएसपी साहेब शान्त र सिरियस मूडमा चुप थिए । मैले त्यही बेला पारेर एउटा अनौठो माग गरें ।

‘सर मलाई एउटा मन्त्र चाहियो’

‘मन्त्र ?’ हाकिम झस्किए ।

हो सर ‘मन्त्र’

‘के मन्त्र भन्नुहुन्छ तपाईं ?’ उनले अप्ठ्यारो महसुस गर्दै जिज्ञासा राखे ।

सर, यो कार्यालयमा दुई खाले सेवा शुल्क र व्यवस्था रहेछ । सेवाग्राहीले आफैंले सेवा लिन चाहँदा शुल्क केही कम्ती तर समय दुई हप्ता भन्दा बढी लाग्ने रहेछ । अनि बाहिरका सहयोगी मार्फत सेवा लियो भने शुल्क केही बढी तर सेवा आजको आजै पाइने रहेछ ।

भर्खर पनि बाहिरका सहयोगीहरूले ७०० रुपैयाँ दिएमा आजै काम हुने भन्दैछन् तर मेरो लाइसेन्स नवीकरण गर्न अर्को दुई हप्तापछि आउनु भनेर तपाइँको कर्मचारीले बिदा दिए ।
म कानुनको विद्यार्थी पनि भएकोले र यो कुरा सबैलाई जानकारी दिन सकियो भने उनीहरूले पनि आ–आफ्नो सुविधा र क्षमता अनुसारको सेवा लिन पाउँछन् भन्ने कामनाको साथ आजको आजै सेवा पाउने मन्त्र के हो र २/३ हप्तापछि सेवा

पाउने अर्को मन्त्र के हो ? मलाई प्रकाश पारिदिनुहुन्थ्यो कि सर ? मैले एकै सासमा यति भनें ।

मेरो कुरा सुनेपछि हाकिम एकछिन स्तब्ध भएर मलाई हेरिरहे । उनीसँग मेरो मन्त्रवाला प्रश्नको उत्तर नभए झैं लाग्यो । ६ नम्बर कोठाको कर्तुत मैले बुझेको जस्तो उनलाई लागेको हुनुपर्छ । एकै छिनपछि हाकिमको दिमागले एउटा जुक्ति निकाल्यो ।

उनले मसँग मेरो कागजात मागे । मैले ६ नम्बर कोठामा कागजात बुझाइसकेको बताएँ । उनले मागेर ल्याउन भने । मैले त्यसै गरें । त्यसपछि उनले मेरो निवेदन फारममा रातो मसीले ‘अति जरूरी, तुरुन्त गरिदिने’ लेखेर सही गरिदिए । अनि आफ्नो एक जना कर्मचारी बोलाएर ‘सरको यो काम आफैं बसेर गरिदेऊ’ भनेर अह्राए । मलाई पनि उनको पछिपछि जानु भने ।

अनि त अति संवेदनशील र कर्मचारी मात्र जान मिल्ने कोठाको चेन गेट मेरो लागि खुल्यो । मलाई भित्र बोलाए । सायद कुनै ठूलो मान्छे वा पहुँचवाल केही सोचे होलान । मलाई भित्र लगेर एउटा कुर्सीमा बस्न भनियो । मेरो काम आफंै–आफंै एक्सप्रेस गतिमा अगाडि बढ्न लाग्यो ।

१ बजे नै बन्द हुने नगद काउन्टर मेरो लागि २ः३० मा भित्रबाटै खुल्यो । होलोग्राम, ‘भेरिफिकेशन’, फोटो खिच्ने सबै भटाभट भयो । सरकारी कार्यालयमा हाकिम दाहिना भए भने के–के हुन सक्दोरहेछ भन्ने मेरो लागि यो अध्ययनको विषय नै थियो । त्यसैले मैले त्यो सब स्वीकार गरें । यद्यपि मलाई ‘विशेष मान्छेले पाउने सेवा’ पाउँदा ग्लानि भइराखेको थियो ।

मलाई आम मान्छेले लाइनमा बसेर पाउने सेवा नै प्यारो लाग्छ । मैले सरकारी काम ढिलै हुन्छ भनेर पाउलो कोहेलोको ‘पिल्ग्रिमेज’ भन्ने किताब बोकेको थिएँ त्यही पढेर आधा घण्टा बिताएँ । आधा घण्टा नहुँदै मेरो सही लिन एक जना कर्मचारी म बसेकै ठाउँमा आए । केही छिनमै नयाँ लाइसेन्स मेरो हातमा पर्‍यो ।

यो त भयो ‘बोल्नेको पीठो बिकेको’ उदाहरण । अर्थात् देशमा एक जना बोल्न सक्नेले सरकारी सेवा लिन सकेको कुरा । तर यसरी बोल्न नसक्नेको के हुन्छ ? उत्तर हो, कामै हुँदैन । किनकि जबसम्म प्रणालीले राम्रोसँग काम गर्दैन, सरकारी कर्मचारीले कर्तव्यपरायण भएर काम गर्दैनन् बोल्न नसक्नेको काम हुन्न ।

राम्रा प्रणालीहरू आफैं जडान हुँदैनन्, जनताको निरन्तर प्रयास र खबरदारीले मात्रै त्यो सम्भव छ । नत्र सधैं ‘सोर्स र फोर्स’ नै हावी भैरहने छ । त्यो अफिसमा मेरो मान्छे भएकोले मेरो काम त सजिलै भयो भनेर नाक ठड्याउने र ‘गर्व’ गर्ने दिन रहिरहन्छन् ।

यो सोर्स फोर्स भनसुन र कसैको निगाहामा ‘गर्व’ गर्ने काम धेरै देशमा अहिले लाज लाग्दो कुरा भइसकेको छ । याद राखौं, मैले ठूलो मान्छे चिनेको छु भन्नु कुनै गर्वको कुरा होइन । लाइनमा बसेर सेवा लिनु कुनै लाजमर्दो कुरा होइन, बरु सभ्य नागरिकको पहिचान हो । हामी कहिले यहाँ पुग्ने ?

 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM