२०८३ असार ७ गते, आईतवार २३:००

मरमाउशको ह्‍याट्रिकमा म्यान्चेस्टर सिटीको फराकिलो जित

सिटीको जितमा मरमाउशले पहिलो हाफमै ह्‍याट्रिक गरेका थिए । उनी केही साताअघि मात्र सिटीमा अनुबन्ध भएका खेलाडी हुन् ।

३ फागुन, काठमाडौं । ओमर मरमाउशको शानदार ह्‍याट्रिक मद्दतले म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडमाथि फराकिलो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा सिटीले न्युकासललाई ४-० गोलअन्तरले हराएको हो । सिटीको जितमा मरमाउशले पहिलो हाफमै ह्‍याट्रिक गरेका थिए । उनी केही साताअघि मात्र सिटीमा अनुबन्ध भएका खेलाडी हुन् ।

मरमाउशले १९औं, २४औं र ३३औं मिनेटमा ह्‍याट्रिक गर्दै सिटीलाई जित दिलाए । पहिलो हाफमै तीन गोल गरेको सिटीले दोस्रो हाफमा एक गोल थप्यो ।

८४औं मिनेटमा जेम्स मेकाटीले गोल गर्दै सिटीको अग्रता थप फराकिलो पारे । जितपछि सिटीको २५ खेलमा ४४ अंक भएको छ । पराजित न्युकासलको ४१ अंक छ ।

शनिबार नै भएको अन्य खेलम ब्रेन्टफोर्डले वेस्ट ह्‍यामलाई १-० ले हराएको छ भने बर्नमाउथले साउथह्‍याम्पटनलाई ३-१ ले हराउँदा फुलहामले नोटिङहाम फरेस्टलाई २-१ ले हरायो ।

एस्टन भिल्ला र इप्सविच टाउनले भने १-१ को बराबरी खेले ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM