२०८३ बैशाख २ गते, बुधबार ०८:५५

आयोजकको असावधानीले जले अर्थमन्त्री र मेयर

३ फागुन, पोखरा । वर्षभरि पर्यटक बोलाउँदै पोखरालाई उत्सवमय बनाउने लक्ष्यसहित शनिबार ‘पोखरा भ्रमण वर्ष–२०२५’ घोषणा हुँदै थियो । कार्यक्रमस्थल सहभागीले भरिभराउ थियो । पोखराका विभिन्न स्थानबाट निस्किएका झाँकी र बाजागाजाले पोखरा गुञ्जिएको थियो । मञ्च बेहुली झैँ सिंगारिएको थियो । पोखरेली खुसी थिए, उत्साही थिए ।

एकाएक कार्यक्रमस्थलमा सन्नाटा छायो । सबैका खुसी चिन्तामा परिणत भए । अप्रत्यासित घटनाले कार्यक्रम खल्लो मात्रै भएन, अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यको ज्यानै जोखिममा पर्‍यो । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्न बेहुली झैँ सिंगारिएको मञ्च उजाडियो, भरिभराउ कुर्सी केहीबेरमै रित्ता भए ।

पोखरामा सन् २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष उद्घाटनका लागि आयोजित विशेष कार्यक्रम एकएक सन्नाटामा परिणत भयो ।

उद्घाटन समारोहका लागि विशेष साजसज्जासहित झकिझाउ पारिएको मञ्चमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारी, पोखराका मेयर धनराज आचार्य लगायत थिए ।

पोखराका ठाउँ ठाउँबाट झाँकी र र्‍यालीसहित प्रदर्शनी केन्द्रमा बडो तामझामका साथ औपचारिक कार्यक्रम सुरु भएको थियो । सञ्चालकले बेलुनहरू उडाएर भ्रमण वर्षको घोषणा गर्न पौडेल र आचार्यलाई आग्रह गरे ।

कार्यक्रमको डिजिटल इनागुरेसन गर्ने क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुनहरू फायर क्यान्डिलबाट निस्किएका झिल्काहरू (स्पारकल्स)सँग ठोकिन पुगेपछि विस्फोटसहित आगोको मुस्लो निस्कियो । बेलुनको झुप्पा समाइरहेका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई त्यही मुस्लोले छोप्यो ।

अर्थमन्त्री पौडेल हातले आगो निभाउँदै दौडिएर मञ्चमाथि पुगे । मेयर आचार्य दर्शकदीर्घातिर हुत्तिए । मञ्चमै रहेका मन्त्री पौडेललाई सुरक्षा गार्डले बाँकी रहेका आगोका झिल्का निभाए । उता, मेयर आचार्यलाई पनि नजिकै रहेकाहरूले त्यसै गरे ।

तर, त्यतिबेलासम्म अर्थमन्त्री पौडेल र मेयर आचार्यको गाला, हात, कपाल लगायत शरीरका अन्य केही भागमा आगोले पोलिसकेको थियो ।

तत्कालै पौडेललाई पोखराको गण्डकी मेडिकल कलेज र आचार्यलाई फिस्टेल अस्पतालमा उपचारका लागि पुर्‍याइयो । त्यहाँ प्राथमिक उपचारपछि चिकित्सकहरूले काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल लैजान सुझाव दिए ।

जलेका बिरामीहरू जोखिमपूर्ण अवस्थामा हुने हुँदा विशेषज्ञ अस्पतालमै लैजान चिकित्सकहरूले सुझाव दिएका थिए । त्यसपछि दुवैलाई हेलिकोप्टरबाट काठमाडौं पुर्‍याइयो । हाल दुवैको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालले सघन कक्षमा राखेर दुवैको उपचार चलिरहेको, शरीरको ५, ६ प्रतिशत भागमा जलन रहेको भन्दै उच्च निगरानीमा राखिएको जनाएको छ । अनुहारका विभिन्न भाग जलेकाले फोक्सोमा असर पुग्न सक्ने जोखिमलाई मध्यनजर गर्दै उच्च निगरानीमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

कार्यक्रम व्यवस्थापनको दौरान ध्यान नदिइँदा ठूलो दुर्घटना हुन पुगेको भन्दै आलोचना भइरहेको छ । पोखरा महानगरका प्रवक्ता मोति तिमिल्सिनाले दुःखद घटना हुन पुगेको बताए ।

ठूलो जनधनको क्षतिबाट जोगिएको भए पनि यस्ता कार्यक्रम र उद्घाटन शैलीका विषयमा पनि चर्चा सुरु भएको छ । एकातिर औपचारिक घोषणा तथा यस्ता कार्यक्रमहरूमा आयातित फायर क्यान्डर र बेलुन उडाउने पुरातन शैली नै परिवर्तन गर्नुपर्ने बहस चलेको भने अर्कोतिर कार्यक्रम व्यवस्थापनमा कतिसम्म गम्भीर हुनुपर्छ भन्ने कोणबाट पनि चर्चा चलिरहेको छ ।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासुदेव त्रिपाठीले यो कार्यक्रमबाट भविष्यमा पाठ सिक्नुपर्ने बताउँछन् ।

‘यो एक असल मनसायले साझा लक्ष्य प्राप्तिका लागि आयोजना गरिएको कार्यक्रममा भएको भवितव्य घटना हो । हाइड्रोजन बेलुन र आगोको झिल्काको बारेमा ज्ञान भएन या यसबारेमा बेवास्ता हुन गयो,’ त्रिपाठीले भने, ‘यो घटना ठूलो क्षति ल्याउन सक्ने खालको भए पनि सौभाग्यवश क्षति कम भएको छ ।’

घोषणा कार्यक्रममा भएको दुर्घटनाले उत्सवलाई नै खल्बिलाइदियो भने अर्थमन्त्री र मेयरलाई अस्पताल लगेसँगै सर्वसाधारणसमेत कार्यक्रमस्थलबाट हिँड्दा घोषणा कार्यक्रम दर्शनबिहीन बन्न पुग्यो ।

सुरक्षा निकायले आफ्नो केन्द्रीय सुरक्षा चेक लिस्टमा यसलाई समावेश गर्ने र मातहतका निकायमा सर्कुलर जारी गर्नुपर्ने देखिएको त्रिपाठीको भनाइ छ ।

‘यसबाट उपयुक्त तरिकाले शिक्षा लिने हो भने भविष्यमा थुप्रै सम्भावित घटनालाई बेलैमा रोक्न सकिन्छ,’ त्रिपाठी भन्छन्, ‘विशिष्ट पाहुनाहरू सहभागी हुने कार्यक्रमहरूको तालिका तोकिएका सुरक्षा अधिकारीले हेर्नुपर्ने देखियो यसबाट धेरै सिकौं ,नबिर्सिने गरी सिकौं । हाम्रो बानी छिट्टै बिर्सने खालको छ, यसो नगरौं ।’

प्रमुख अतिथि र कार्यक्रमका सभाध्यक्ष नै जलेर घाइते भएपछि उनीहरूलाई अस्पताल पठाएर पर्यटनमन्त्री बद्रीप्रसाद, मुख्यमन्त्री सुरेन्द्रराज लगायतले पर्यटन भ्रमण वर्ष पोखरामा पर्यटक ल्याउन ठूलो कडी बन्ने भन्दै दुर्घटनाले शिक्षा दिएकोसमेत बताए ।

यस्ता कार्यक्रममा लोगोसहित बेलुनमा टाँगेर आकासमा उडाउन हाइड्रोजन हिलियम र तातो हावा भर्ने गरिँदै आएको छ । पोखरामा पड्किएको बेलुनमा भने हाइड्रोजन ग्यास भरिएको थियो । नेपाल केमिकल सोसाइटीका अनुसार सुरक्षाका हिसाबले बेलुनमा हिलियम ग्यास भर्ने गरिन्छ । तर, यहाँ अक्सिजन किन भरियो भन्ने अनुसन्धानकै विषय छ ।

अर्थमन्त्री र मेयर आचार्यलाई उपचारका लागि र्कीतिपुर पुर्‍याइएपछि गृहमन्त्री रमेश लेखक, स्वास्थ्यमन्त्री प्रदीप पौडेललगायतले भेटेका छन् ।
भेटपछि गृहमन्त्रीले यस्ता घटना दोहोरिन नदिन सरकारले सतर्कता अपनाउन सबैलाई निर्देशित गर्नुपर्ने देखिएको प्रतिक्रिया दिए ।

उनले कार्यक्रमको शैली नै फेर्नुपर्ने पनि बताए । ‘यस्तो खालको बेलुनमा उडाउनका लागि हावा राख्ने कुरा घातक हुने रहेछ । अब यस्तो कुराहरूलाई अलि ख्याल गर्नुपर्छ, अब गर्न भएन,’ गृहमन्त्री लेखकले भने, ‘पहिले पहिले यस्ता कार्यक्रम गरिराखिएकै हो, दुर्घटना अचानक हुन्छ, भइहाल्यो, अब दोस्रोपटक नहुने गरी व्यवस्था गर्नुपर्छ । त्यो हामी गर्छौं ।’

गृहमन्त्री लेखकले यस्तो शैलीको कार्यक्रम आयोजना नगर्न सरकारीस्तरबाटै व्यवस्था गर्ने बताए । कार्यक्रमलाई सहरअनुसारको संस्कृति, संस्कार र मौलिकतासँग जोड्ने र यस्ता कार्यक्रममा अपनाउनुपर्ने सुरक्षाका विषयमासमेत सचेत हुनुपर्ने बहस अहिले भइरहेको छ ।

वैज्ञानिक तथा अनुसन्धानदाता ढाकाराम भण्डारीले आगोको झिल्का र हाइड्रोजन भरिएको ग्याँस एकै ठाउँमा हुँदा दुर्घटना भएको बताए । उनले फायर क्यान्डिल के–केबाट बनेको हुन्छ, त्यसको विशेषता के हो र त्यो कस्ता बेलामा प्रयोग गर्ने वा नगर्ने भन्ने विषय पनि सचेत रहनुपर्ने बताए ।

‘कार्यक्रम उद्घाटन तथा भ्रमण वर्ष घोषणाका क्रममा फायर क्यान्डिलबाट निस्किएको आगोको झिल्का नै हो र त्यसले हाइड्रोजनलाई जल्न सहयोग गर्‍यो, बेलुन फुट्यो र आगो नै सल्कियो,’ भण्डारीले भने, ‘हाइड्रोजन छिटो बल्ने ग्याँस हो । यो रिस्की छ भन्नेसमेत यसले देखाएको छ ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM