२०८२ फाल्गुन २८ गते, बिहीबार ०४:२३

जुत्ता र मान्छे

सर्सर्ती हेर्दा ‘जुत्ता र मान्छे’ शीर्षक आफैंमा हास्यास्पद लाग्न सक्छ- जुत्ता त मान्छेको उपभोग्य वस्तु मात्रै हो, कसरी जुत्तासँग मान्छेको तुलना हुन्छ ? तर अहिलेको युगमा जुत्ता मान्छेको नभई नहुने वस्तु भएकाले यी दुईबीच तुलना गर्न मिल्छ भन्ने तर्क संगतिपूर्ण नै हुन्छ। यसै विषयलाई लिएर जीवनमा जुत्ताको महनीयता, विशिष्टीकृत महिमा, प्रकार, जुत्ताको आर्थिक, धार्मिक र वैज्ञानिक महत्व आदिबारे लेख्ने जमर्को गरिएको हो।

मानिसको दैनिक जीवनमा जुत्ताको भूमिका अत्यन्त महत्वपूर्ण छ। यद्यपि, सुरुवाती समयमा मानिसहरू नाङ्गो खुट्टाले हिंडडुल गर्थे, जसका कारण खुट्टामा चोटपटक लाग्ने, तातो वा चिसो जमिनको असर पर्ने तथा अन्य धेरै असुविधाहरू झेल्नुपर्ने हुन्थ्यो।

हुनत, भगवान कृष्णले खराउ लगाएको, रामायण कालमा रामले जुत्ता लगाउने गरेको, वनवास जाँदा त्यसै जुत्तालाई दाजुको प्रतिनिधि मानेर भरतले राज्य गरेको पौराणिक इतिहास पनि छ। त्यसो भए पनि जुत्ताको महत्व र प्रयोगबारे त्यसबेलाको साहित्य खासै पाइँदैन।

गलत जुत्ता लगाइयो भने खुट्टा दुख्ने, हाडजोर्नीमा समस्या आउने, ढाड दुख्ने हुनसक्छ। सहीले खुट्टाका संरचना, चालचलन र मेरुदण्डलाई सन्तुलित राख्न मद्दत पुर्‍याउँछ।

समयक्रमसँगै जुत्ताको विकास हुन थाल्यो। यो विकासले खुट्टालाई मात्र सुरक्षा प्रदान नगरेर मानिसको जीवनशैली, स्वास्थ्य र सामाजिक पहिचानमा समेत ठूलो प्रभाव पार्‍यो। त्यसैले विद्यमान संसारमा जुत्ताहरू विभिन्न प्रकार, डिजाइन र उद्देश्य अनुसार निर्माण हुन थालेका छन्। हुँदाहुँदा जुत्ता अब केवल खुट्टा ढाक्ने साधन मात्र नभएर फेसन, प्रतिष्ठा र आरामको प्रतीक बनिसकेको पाइन्छ। यस निबन्धमा जुत्ताको महत्वलाई विभिन्न दृष्टिकोणबाट हेर्न प्रयास गरिएको छ भने मान्छे र जुत्ताको सामीप्यलाई अर्थ्याउने दृष्टिकोण अघि सारिएको छ।

ऐतिहासिक पृष्ठभूमि

जुत्ता र मान्छेको ऐतिहासिक पृष्ठभूमि भने मिल्दैन। जुत्ता नहुँदै पनि मान्छे थियो। हेर्दा मान्छे मनुबाट भए भन्ने हिन्दुवादी, एडम र इभबाट भए भन्ने क्रिश्चियन वा अल्लाहले मान्छे उत्पन्न गरे भन्ने मुस्लिमहरुको मत भए पनि यी सबै अहिले जुत्ता नलगाई हिंड्दैनन्। तथापि, कसले मान्छे उत्पन्न गर्‍यो भन्नेतर्फ अहिलेसम्म कुनै मतावलम्बीको एकमत पाइँदैन। तर जुत्ताको इतिहास भने धेरथोर पाइन्छ।

जुत्ता केवल खुट्टा ढाक्ने साधन मात्र नभएर फेसन, प्रतिष्ठा र आरामको प्रतीक बनिसकेको छ।

मानव सभ्यताको सुरुवातदेखि नै मानिसले आफ्नो शरीरलाई प्राकृतिक प्रभावहरूबाट जोगाउन विभिन्न उपाय अपनाएका थिए। सुरुवाती समयमा मान्छेले जनावरको छाला, बोट-बिरुवाका लहरा, पात र कपडाका टुक्रा प्रयोग गरी खुट्टालाई ढाक्ने गर्थे। त्यसबेला जुत्ताको स्वरूप निकै साधारण थियो र जुत्ताको उद्देश्य केवल खुट्टालाई काँडा, ढुङ्गा, सर्प बिच्छी आदिबाट बच्ने र नाङ्गोपनबाट जोगाउने मात्र हुन्थ्यो।

प्राचीन मिश्र, रोमन र ग्रीक सभ्यतामा जुत्तालाई विशेष महत्व दिइन्थ्यो। मिश्रमा उच्च वर्गका मानिसहरूले विशेष डिजाइन गरिएका चप्पलको प्रयोग गर्दथे, जबकि रोमन सैनिकहरूले युद्धका लागि मजबुत जुत्ताहरू प्रयोग गर्थे। मध्ययुगमा जुत्ताको शैलीमा थप विकास भयो। औद्योगिक क्रान्तिपछि त जुत्ताको प्रयोगमा क्रान्ति नै आयो भने पनि हुन्छ। फलतः जुत्ताको उत्पादनमा ठूला परिवर्तनहरू देखिए। अहिले जुत्ता उत्पादनमा नयाँ प्रविधि, कच्चा पदार्थको वैभिन्य, वैज्ञानिक अध्ययन आदिको प्रयोगले जुत्ताले आराम, सुरक्षा र सौन्दर्यको संयोजन प्रदान गर्ने बनेको छ।

सुरक्षा, आराम र व्यक्तित्व प्रदर्शन

जुत्ताको प्रमुख उद्देश्य खुट्टाको सुरक्षा गर्नु हो। दैनिक जीवनमा मानिसहरू विभिन्न सतहमा हिंडडुल गर्छन्। त्यस्ता भूमिमा उकालो–ओरालो भूभाग, तातो, चिसो, हिउँ वा धारिलो वस्तुहरू हुनसक्छन्। खुट्टामा जुत्ता नभएमा चोटपटक लाग्ने, काट्ने, लड्ने हुनसक्छ।

कार्यअनुसारको जुत्ताको आवश्यकता

विभिन्न व्यवसायमा कार्यरत व्यक्तिहरूले आफ्नो कामको प्रकृति अनुसार विशेष प्रकारका जुत्ताहरू प्रयोग गर्नुपर्छ।

तर, विकासोन्मुख देशहरूमा आर्थिक अवस्था, सांस्कृतिक परम्परा र भौगोलिक अवस्थाका कारण सबैले जुत्ता लगाउँदैनन्। त्यसैले, विश्वव्यापी रूपमा र देशगत रूपमा जुत्ता लगाउने मानिसको प्रतिशत फरक हुनसक्छ।

– निर्माण कार्यका खटिने श्रमिकहरुले सुरक्षात्मक जुत्ता लगाउँछन्। त्यस्ता जुत्ताहरुमा स्टिल–टो भएका, पानीले नभिज्ने, पानीमा पनि लगाउन सकिने किसिमका हुन्छन्, जसले खुट्टालाई विभिन्न अप्ठ्याराहरुबाट जोगाउन मद्दत गर्छ।

– डाक्टर तथा नर्स जस्ता स्वास्थ्यकर्मीहरूका लागि लामो समय उभिनुपर्ने वा हिंड्नुपर्ने हुनाले आरामदायी हल्का जुत्ताहरू प्रयोग गर्नुपर्ने हुन्छ।

– विभिन्न खेल खेल्नका लागि विशेष जुत्ता निर्माण गरिन्छ, जसले खेलाडीलाई राम्रो पकड, सन्तुलन र गति प्रदान गर्छ।

वातावरण अनुसारका जुत्ता

– तातो मौसम ग्रीष्म ऋतुमा हल्का, हावा पार हुने जुत्ताहरू लगाउनु उपयुक्त हुन्छ।

– जाडो मौसममा खुट्टालाई न्यानो राख्ने ऊनी वा छालाका र हावा नछिर्ने जुत्ताहरूको प्रयोग गर्नुपर्छ।

– वर्षायाममा वाटरप्रुफ र रबरका जुत्ताहरू उपयोगी हुन्छन्।

– गलत जुत्ता लगाइयो भने खुट्टा दुख्ने, हाडजोर्नीमा समस्या आउने, ढाड दुख्ने हुनसक्छ। सही जुत्ताको छनोटले खुट्टाको संरचना, चालचलन र मेरुदण्डलाई सन्तुलित राख्न मद्दत पुर्‍याउँछ।

– उच्च हिल भएका जुत्ता लगाउँदा मेरुदण्डमा असर पर्ने तथा खुट्टाको नसा दबिने समस्याहरू देखिने गरेको तथ्य पाइन्छ।

– अत्यधिक टाइट वा लुज जुत्ताले खुट्टाको नसा च्याप्न सक्छ, जसले रक्तसञ्चारलाई असर गर्छ।

– राम्रो कुशन भएको जुत्ताले खुट्टामा पर्ने दबाबलाई कम गर्छ, जसले शरीरलाई सही तालमेलमा राख्छ। जुत्ताले मानिसको व्यक्तित्व झल्काउन पनि महत्वपूर्ण भूमिका खेल्छ।

–     कार्यालय जाँदा, विवाह जस्ता कार्यक्रममा भाग लिंदा वा अरू कुनै औपचारिक कार्यक्रममा जाँदा पोलिस गरिएका छालाका जुत्ता वा उच्च स्तरका ब्रान्डेड जुत्ता लगाउने गरिन्छ।

–     अनौपचारिक लुकका लागि स्निकर्स, स्पोट्र्स जुत्ता वा साधारण क्यानभास जुत्ताहरू दैनिक प्रयोगका लागि लोकप्रिय मानिएका छन्।

–     व्यक्तित्वको झल्को दिन कोही मानिस ट्रेन्डी डिजाइनर जुत्ता लगाउँछन् भने कोही साधारण तर आरामदायी जुत्ता छनोट गर्छन्।

जुत्ताको आर्थिक प्रभाव

जुत्ताको अर्थिक उपादेयता हरेक वर्ष बढिनै रहेको छ। जुत्ता उद्योगको योगदानले विश्वभर लाखौं मानिसलाई रोजगारी प्रदान गरेको छ।

– ब्रान्डेड जुत्ताले अन्तर्राष्ट्रिय बजारमा ठूलो आर्थिक भार पारिरहेका छन्।

– साना व्यवसायीहरूले हस्तनिर्मित वा घरेलु किसिमका जुत्ता बेचेर आफ्नो आर्थिक स्थिति सुधार गर्ने भएकाले स्थानीय उद्यमशीलताको विकासमा मद्दत पुग्छ। ढाकाको जुत्ता, कपडाको जुत्ता, परालका जुत्ता यसका उदाहरण हुन सक्छन्।

वातावरणीय प्रभाव

– वातावरण संरक्षणका लागि पुनःप्रयोग गर्न मिल्ने रिसाइक्लेबल सामग्रीबाट जुत्ता निर्माण गरेर वातावणीय प्रभावलाई सकारात्मक बनाउन सकिन्छ।

– यसो गर्नाले जनावर संरक्षणका लागि मद्दत पुग्ने र कृत्रिम छाला वा अन्य वातावरणमैत्री सामग्री प्रयोग गर्न सकिने हुन्छ।

जुत्ताको धार्मिक र वैज्ञानिक महत्व

नेपालमा जुत्तालाई धार्मिक दृष्टिकोणले पनि विशेष महत्व दिइन्छ। हिन्दू धर्ममा जुत्ता–चप्पललाई शुद्धता र अशुद्धतासँग सम्बन्धित मानिन्छ। प्रायः मन्दिरभित्र प्रवेश गर्दा जुत्ता खोल्नुपर्ने चलन छ, जसले पवित्रता कायम राख्ने विश्वास गरिन्छ। धार्मिक काम गर्दा, मठ-मन्दिरमा जाँदा विशेष किसिमका जुत्ता प्रयोग गर्ने चलन पनि छ।

 विश्वमा जुत्ताको प्रयोग

विश्वव्यापी रूपमा नै जुत्ताको प्रयोग हुने गरेको छ। तर पनि कतिले जुत्ता लगाउँछन् भन्ने तथ्याङ्क पाइँदैन। कुल जनसंख्या र कुल जुत्ता उत्पादनको अंक हेरेर जुत्ता खपतलाई आकलन गर्न भने सकिन्छ।

जुत्ता छनोट गर्दा केवल फेसन होइन; सुरक्षा, आराम र स्वास्थ्यलाई ध्यानमा राख्नु बुद्धिमानी हुनेछ। यसैले मान्छे र जुत्ताको बहुपक्षीय तुलना आवश्यक भएको छ।

जुत्ता उत्पादन र खपतको आधारमा यो अनुमान गर्न सकिन्छ कि, अधिकांश मानिसले दैनिक जीवनमा जुत्ताको प्रयोग गर्छन्। उदाहरणका लागि, सन् २०१९ मा विश्वव्यापी रूपमा करिब २४.३ अर्ब जोर जुत्ता उत्पादन भएको थियो भनिएको छ। अर्को एउटा तथ्याङ्क अनुसार २०१९ देखि २०२२ सम्म विश्वमा २०.२ अर्ब जोर जुत्ता उत्पादन भएको थियो। विश्व जनसंख्याको तुलनामा हेर्दा संसारभर प्रतिव्यक्ति वार्षिक औसत २ जोरभन्दा बढी जुत्ता उत्पादन भएको देखिन्छ। यसबाट अधिकांश मानिसले जुत्ता लगाउने निष्कर्ष निकाल्न सकिन्छ।

तर, विकासोन्मुख देशहरूमा आर्थिक अवस्था, सांस्कृतिक परम्परा र भौगोलिक अवस्थाका कारण सबैले जुत्ता लगाउँदैनन्। त्यसैले, विश्वव्यापी रूपमा र देशगत रूपमा जुत्ता लगाउने मानिसको प्रतिशत फरक हुनसक्छ। जे भए पनि विश्वमा चीनमा बढी जोर जुत्ता उत्पादन र खपत हुने, अमेरिकामा जुत्ता खपतको तथ्याङ्क बढ्दो मात्रामा हुने, इटालीमा बनेका जुत्ता सबैभन्दा महत्वपूर्ण मानिने गरेको तथ्याङ्क पाइन्छ।

नेपाल, चीन र भारतमा जुत्ता प्रयोगको अवस्थालाई केलाउँदा जुत्ता उत्पादन र खपतको आधारमा केही अनुमान गर्न सकिन्छ।

नेपालः नेपालमा जुत्ता उत्पादन, जुत्ताको आयात र खपत सबै अंक बढ्दो क्रममा छ। सन् २०१७ मा नेपालमा जुत्ता उद्योगको वार्षिक मूल्य गुगलको तथ्याङ्क अनुसार करिब ३० अर्ब नेपाली रुपैयाँ (अन्दाजी २७८.१ मिलियन अमेरिकी डलर) थियो। वार्षिक रूपमा यो अंकमा करिब २० प्रतिशतले वृद्धि भइरहेको पाइन्छ।

यस उद्योगमा करिब ५० हजार जनाले रोजगारी पाएको अनुमान छ। नेपालमा प्रतिव्यक्ति वार्षिक रूपमा औसतमा २.७ जोर जुत्ता खरिद गर्ने गरेको पाइन्छ। सधैं लगाउँदा वर्षमा दुई जोर आवश्यक हुन्छ भनेर मान्दा नेपालमा अधिकांश मानिसले जुत्ता लगाउने गरेको निष्कर्ष निकाल्न सकिन्छ।

चीनः चीन विश्वको सबैभन्दा ठूलो जुत्ता उत्पादक र निर्यातक पनि हो। सन् २०१७ मा चीनले विश्वव्यापी जुत्ता निर्यातको ५८ प्रतिशत हिस्सा ओगटेको थियो।

जुत्ता अब केवल खुट्टालाई ढाक्ने साधन मात्र होइन, मानव जीवनकै अपरिहार्य वस्तु पनि हो। जुत्ता मान्छेको जीवनशैली, स्वास्थ्य, व्यक्तित्व र सामाजिक प्रतिष्ठासँग जोडिएको छ। जुत्ताको सही छनोटले दिनचर्या सहज बनाउँछ, स्वास्थ्यलाई सुरक्षित गर्छ र आत्मविश्वास बढाउँछ।

सन् २०२२ मा चीनमा ३.९३ खर्ब जोर जुत्ता खपत भएको थियो। चीनको आर्थिक विकास र शहरीकरणका कारण त्यहाँका अधिकांश मानिसले जुत्ता लगाउने गरेको अनुमान गर्न सकिन्छ।

भारतः भारत पनि जुत्ता उत्पादनमा अग्रणी देशहरूमध्ये एक हो। भारतमा जुत्ता उत्पादन र खपतबारे विस्तृत तथ्याङ्क उपलब्ध नभए पनि, त्यहाँको जनसंख्या र आर्थिक विविधता जस्ता कारणले जुत्ता प्रयोगको स्तर, क्षेत्र फरक हुनसक्छ।

समग्रमा, यी तीन देशमा जुत्ता प्रयोगको प्रतिशत फरक हुनसक्छ, तर उपलब्ध तथ्याङ्कका आधारमा, शहरी क्षेत्रमा अधिकांश मानिसले जुत्ता लगाउने गर्छन् भन्ने अनुमान भने सहजै गर्न सकिन्छ।

जुत्ता नलगाउने पनि कोही छन् ?

केही आदिवासी समाज र जनजातिहरूमा जुत्ता लगाउने चलन छैन। विशेषगरी, अफ्रिकाका अमेजोनियाली वर्षावन र दक्षिणपूर्वी एसियाका केही आदिवासी समुदायहरू प्रायः नाङ्गै खुट्टा हिंड्छन्। जस्तै,

– केही राउटे जस्ता प्राकृतिक मान्छेहरु नेपालमा पनि जुत्ता लगाउँदैनन्।

– केन्या र तान्जानियाका मासाइ समुदायका धेरै मानिस परम्परागत रूपमा खाली खुट्टै हिंड्ने गर्छन्।

– इथियोपियाका सुरी र मुर्सी समुदायका मानिसहरूले सामान्यतया जुत्ता प्रयोग गर्दैनन् भनिएको छ।

– भारतको अण्डमान टापुमा बस्ने सेंटिनलिज जनजातिहरु पूर्ण रूपमा बाहिरी संसारबाट अलग छन् र उनीहरू जुत्ता प्रयोग गर्दैनन् भनिएको छ।

– ब्राजिल र भेनेजुएलाका यानोमामी आदिवासीहरू अमेजोन जंगलमा बस्छन् र साधारण रूपमा खुट्टा नांगै राख्छन् भनिन्छ।

यी समुदायका मानिसहरू प्राकृतिक जीवनशैली अपनाउने भएकाले उनीहरूलाई जुत्ता लगाउन आवश्यक पर्दैन। यसबाहेक हिजोआज प्राकृतिक वातावरण मन पराउने र खाली खुट्टा हिंड्दा स्वास्थ्यलाई स्वस्थ राख्न मद्दत पुग्छ भन्नेहरुको संख्या पनि बढिरहेको देखिन्छ।

निष्कर्ष

जुत्ता अब केवल खुट्टालाई ढाक्ने साधन मात्र होइन, मानव जीवनकै अपरिहार्य वस्तु पनि हो। जुत्ता मान्छेको जीवनशैली, स्वास्थ्य, व्यक्तित्व र सामाजिक प्रतिष्ठासँग जोडिएको छ। जुत्ताको सही छनोटले दिनचर्या सहज बनाउँछ, स्वास्थ्यलाई सुरक्षित गर्छ र आत्मविश्वास बढाउँछ।

प्रविधिको विकाससँगै वातावरणमैत्री जुत्ता उत्पादन गर्ने प्रयासहरू भइरहेका छन्, जसले भविष्यमा जुत्ताको महत्वलाई अझ बढाउनेछ। त्यसैले, जुत्ता छनोट गर्दा केवल फेसन होइन; सुरक्षा, आराम, र स्वास्थ्यलाई ध्यानमा राख्नु बुद्धिमानी हुनेछ। यसैले मान्छे र जुत्ताको बहुपक्षीय तुलना आवश्यक भएको छ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM