२०८२ श्रावण ४ गते, आईतवार ०२:०६

एनएसएल टिम पोखरा थन्डर्सको मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठ नियुक्त

३ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) क्लब पोखरा थन्डर्सले आफ्नो मुख्य प्रशिक्षकका रूपमा सुमन श्रेष्ठलाई नियुक्त गरेको छ ।

क्लबले शनिबार उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । मुख्य प्रशिक्षक श्रेष्ठलाई पोखराका अध्यक्ष तथा निर्देशक जामलिङ घलेले नियुक्ति पत्र हस्तान्तरण गरे ।

नियुक्तिपछि बोल्दै श्रेष्ठले पोखरासँग जोडिन पाउँदा धेरै खुसी लागेको बताएका छन् । उनले अब टोलीलाई सफल बनाउन आफूले सम्पूर्ण मेहनत खर्चिने बताए । ‘पोखरासँग जोडिन पाउँदा धेरै खुसि छु । लिगमा क्लबलाई उपाधि दिलाउन भरपुर मेहनत गर्नेछु’ श्रेष्ठले भने ।

सुमनसँग दुई दशकको प्रशिक्षण अनुभव छ । उनले नेपालमा सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरुमा लामो समय प्रशिक्षण गराएका छन् ।

प्रशिक्षक श्रेष्ठलाई क्लबमा भित्र्याउने कार्यक्रममा क्लबका म्यानेजमेन्ट टोलीसँगै अभिनेता अनुप विक्रम शाहीको पनि सहभागिता रहेको थियो ।

अनुपलाई प्रशिक्षक श्रेष्ठले क्लबको जर्सी पनि हस्तान्तरण गरेका थिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM