२०८२ माघ २९ गते, बिहीबार २१:४८

कोलिया राज्यसँग जोडिने देवदहको इतिहास

प्राचीन इतिहास अनुसार, बनारसका राजा राम सेतो दुबीको समस्याबाट संक्रमित भएपछि राज्य त्याग गरी जंगल पसेका थिए । रोगबाट ग्रसित राजाले बनजंगलका पात एवं कन्दमुल खाएर सहज मृत्यु पर्खिरहेका थिए ।

कोला नामक रुखको पात खाएपछि उनलाई सेतो दुबी सन्चो भएको किंवदन्ती छ । पछि त्यही घना जंगलमा आफूलाई जस्तै रोग लागेकी अर्की राजकुमारीलाई उनले देखेको भनिन्छ । त्यसपछि बनारसका राजालाई उक्त रोगको औषधी उपचारको ज्ञान भइसकेकाले त्यही अनुरुप राजकुमारीलाई पनि सन्चो गराएको इतिहास पढ्न पाइन्छ ।

राज्य त्याग गरी जंगल पसेका राजा र त्यही जंगलमा भेटिएकी राजकुमारी बीच पछि विवाह भएको थियो । उनीहरुले पछि त्यहीँ राज्य विस्तार गरेका थिए र कोला रुखबाट रोग निको भएका कारण उक्त राज्यको नाम पनि कोलिया राज्य भएको थियो ।

कोलिया राज्य पूर्वमा नारायणी नदी, पश्चिममा रोहिणी नदी, उत्तरमा महाभारत पर्वत श्रृंखला र दक्षिणको सिमाना कहाँसम्म थियो भन्ने प्रष्ट प्रमाण छैन । दक्षिणमा घनाह जंगल भएका कारण त्यो दिशाको सिमाना पत्ता लाग्न सकेन ।

देवदहमा अहिले पनि कयौँ दहहरु लुकेर बसेका छन् । उक्त दहहरुबाट कोलिया राज्यको दरबारमा पानी आपूर्ति तथा सिचाँईको समयमा प्रयोग गर्ने गरिन्थ्यो

२०६६ पुस महिनामा पुरातत्व विभागले सार्वजनिक गरेको मुखपत्रमा रामग्रामलाई कोलिया राज्यको राजधानी भनिएको छ । लुम्बिनी विकास कोषका अनुसार रुपन्देहीको देवदहलाई प्राचीन कोलिया राज्यको राजधानी भनिएको छ ।

देवदह र बुद्धको सम्बन्ध

देव र दह दुई अक्षरबाट बनेको शब्द देवदहले देवताहरुको पोखरी भन्ने बुजाउँछ । अहिले देवदह रुपन्देहीको पूर्व भेगमा रहेको छ । तत्कालिन कोलिया राज्यका छ वटा जनपदहरुमध्ये देवदह एउटा हो । देवदहमा स्वयम् बुद्धले पनि स्नान् गरेको जनविश्वास रहँदै आएको छ ।

कपिलवस्तुका राजा सिंहहुनले देवदहका राजा अञ्जनकी बहिनी कञ्चनासँग विवाह गरेका इतिहास छ । त्यसैगरी देवदहका राजा अन्जनले कपिलवस्तुका राजा सिंहहुनकी बहिनी जशोधारासँग विवाह गरेका थिए ।

देवदहकी राजकुमारी कञ्चनाको कोखबाट शुद्दोदनको जन्म भएको थियो । यस अर्थमा राजा शुद्दोदनको मावली देवदह थियो भन्ने तथ्य केलाउन सकिन्छ । त्यसैगरी देवदहका राजा अञ्जन र कपिलवस्तुकी राजकुमारी जशोधाराको कोखबाट मायादेवी र प्रजापति गौतमीको जन्म भएको थियो ।

यसरी देवदहका शाक्य र कपिलवस्तुका शाक्यबीच वैवाहिक सम्बन्ध चल्दै आएको थियो । यो परम्परालाई शुद्दोदनले पनि निरन्तरता दिएका थिए । पछि राजा शुद्दोदनले मायादेवी र प्रजापति गौतमीलाई विवाह गरेको थिए । राजा शुद्दोदन र मायादेवीको कोखबाट सिद्दार्थ गौतमको जन्म भएको थियो । यसरी देवदह क्षेत्र भगवान बुद्दको मावली पर्दछ ।

गौतम बुद्धकी आमाको निधनपछि उनको स्यार सुसार कान्छी आमा प्रजापति गौतमीले गरेकी थिइन् । गौतम बुद्धको वाल्यकाल जीवन केही वर्षसम्म देवदहमै वितेको थियो र यसरी देवदह गौतम बुद्धसँग प्रत्यक्ष रुपमा जोडिन्छ ।

बुद्ध र थुप्रै साधुहरु समेतले स्नान गर्ने गरेका कारण यस ठाँउको नाम देवदह रहन पुगेको हो

बुद्धले स्नान गरेको ठाउँ

देवदहको घोडाहाबाट करिब एक किलोमिटर उत्तर तर्फ गयौँ भने जंगलको विचमा एउटा सुन्दर, शान्त दह रहेको छ । देवदह भ्रमण आउँदा गौतम बुद्धले उक्त पोखरीमा स्नान गरेका थिए भन्ने जनविश्वास रहँदै आएको छ ।

लुम्बिनी विकास कोषले आफ्नो आधिकारिक वेवसाइटमा पनि यही दहमा बुद्धले स्नान गरेको कुरा उल्लेख गरेको छ । त्यसैगरी देवदहमा रहेका अन्य दहहरुमा पनि भगवान एवं साधुहरुले स्नान गर्ने गरेका कारण यस ठाँउको नाम देवदह रहन पुगेको हो ।

देवदहमा अहिले पनि कयौँ दहहरु लुकेर बसेका छन् । उक्त दहहरुबाट कोलिया राज्यको दरबारमा पानी आपूर्ति तथा सिचाँईको समयमा प्रयोग गर्ने गरिन्थ्यो । यी पोखरीहरुलाई संरक्षण गर्न सके अहिले पनि सिँचाइका लागी प्रयोग गर्न सकिन्छ । चुरे क्षेत्रमा हुने आगलागी नियन्त्रण गर्न पनि ती दहहरु प्रयोगमा आउन सक्छन् ।

देवदहको शित्तलनगर गेटमा २ किलोमिटर दक्षिणमा दुई वटा मन्दिर रहेका छन् । एउटा मन्दिरको नाम बैरीमाई हो भने अर्को मन्दिरको नाम कन्यामाई ।

बैरीमाई मन्दिर देवदह राज्यकी जेठी राजकुमारी मायादेवीको सम्मानस्वरुप बनेको मन्दिर हो । यसको वास्तविक नाम बढीमाई हो, पछि स्थानीयले बैरीमाई नाम प्रचलनमा ल्याएका थिए ।

बैरीमाई मन्दिरसँगै अर्को कन्यामाई रहेको छ । प्रजापति गातमीको सम्झनामा बनेको मन्दिर कन्यामाई हो ।

कन्यामाई मन्दिरमा लोकेश्वरले एउटा हातमा कमलको फुल समातेको मुर्ति फेला परेको थियो । त्यसैगरी यी दुई वटा मन्दिरमा बुद्धसँग सम्बन्धित कयौँ मुर्ति  शिलालेख भेटिएका छन् तर यसको अध्ययन तथा संरक्षणमा कसैको ध्यान पुगेको छैन ।

पुरातत्वविद् रामबहादुर कुँवरले लेखेको इम्पोर्टटेन्ट आर्कियोलोजिकल साइटस् अफ देवदहमा उल्लेख भए अनुसार यहाँ भेटिएका इट्टाहरु कपिलवस्तुमा रहेको कुदन स्तुपासँग मिल्छन् ।

यी मन्दिरहरुमा केही भाँडाहरु पनि भटिएको र यो ठाउँमा ठूलै मानवस्ती रहेको अनुमान गर्न सकिने कुरा पुरात्तवविद् कुँवरले लेखेका छन् । कुनै प्राकृतिक प्रकोपमा परि यहाँको वस्ती पुरिएको थियो भन्ने अनुमान लगाउन सकिन्छ ।

कन्यामाई मन्दिरदेखि एक किलोमिटरको दक्षिणपूर्वको दूरिमा ऐतिहासिक पाकरी वृक्ष रहेको छ । यो वृक्ष सदावार हरियो रहिहन्छ ।

स्थानीयको विश्वास अनुसार यो वृक्षमा कुनै पनि चराले गुण बनाउँदैन । हाँगाहरु पनि आलौकिक आकारका रहेका छन् । त्यहीमध्ये एउटा हगा हात्तिको सुढ जस्तो छ । पाकरी वृक्षदेखि दुई किलोमिटर दक्षिण तर्फ भवानीपुरमा मायादेवी माइती मन्दिर अवस्थित छ ।

यो मन्दिरको नामले नै मायादेवीको मन्दिर भन्ने बझाउँछ । यहाँ एउटा पिपलको फेदमा प्राचीन बुद्धकालीन कुवा रहेको छ । विभिन्न देवी देवताहरुका मुर्तिहरु पनि यहाँ भेटिएका छन् । त्यसैगरी यहाँ एउटा भाच्चिएको अवस्थामा सम्राट अकोशकालीन स्तम्भ पनि छ ।

कोलिया राज्यको पुरातात्विक महत्व र यससँग जोडिएको देवदह क्षेत्र धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण छन् । बुद्धको मावली पक्षसँग सम्बन्धित यो स्थानको समुचित अध्ययन, प्रवर्द्धन तथा संरक्षण गर्न सके नेपालका लागि मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै आकर्षणको केन्द्र बन्न सक्छ ।

त्यसैले देवदहजस्ता एतिहासिक क्षेत्रहरूको अध्ययन विकास र प्रबर्द्धन गर्न आवश्यक छ । यसको संरक्षण गर्नका लागि स्थानीय समुदाय, सरकारी निकाय, तथा गैरसरकारी संस्था बीच समन्वय आवश्यक छ ।

यस क्षेत्रमा रहेका पोखरी, मन्दिर, र अन्य ऐतिहासिक संरचनाहरूको पुनरुत्थान गरी भावी पुस्ताका लागि सुरक्षित राख्नु नै आजको आवश्यकता हो ।

(रुपन्देही, देवदहका स्थायीवासी खत्री अहिले नेश्नल ल कलेजमा कानून पढिरहेका छन्)

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM