२०८२ पुष ५ गते, शनिबार ०१:००

गौमुखीदेखि स्याउलिवाङसम्म

प्युठानको गौमुखी दर्शन गर्न जाने खुब इच्छा थियो । नगएको ठाउँमा जाने भनेपछि स्वाभाविक उत्सुक भइन्छ । त्यहाँ हरेक वर्ष माघेसंक्रान्तिका दिन मेला लाग्ने गर्दछ । म हिमालसँगै जोडिएको पदयात्रामा खासै पुगेको थिइनँ। गौमुखी दर्शनको लागि जान तयार भयौं । बिहानको ठिक ११ बजे हाम्रो चार जनाको (राधिका भुसाल, कविता पन्थी, बिन्जुन बस्नेत र म सहित) टोली मोटरसाइकलमा हुँइकिंदै प्युठानको बिजुवार छोड्यौं । बाग्दुलाको पुल तरेर बायाँतर्फ कच्ची बाटोतिर मोडियौं । कतै धुलाम्मे त कतै हिलाम्मे बाटोमा कालो चस्मा र रेनकोट (धुलो बाट बच्न) लगाउँदै झ्याक्किंदै गन्तव्यमै पुग्ने आशा सहित मोटरसाइकलको एक्सिलेटर बटार्दै हुँइकियौं ।

यात्राको सुरूदेखि अन्त्यसम्म नागबेली आकारमा झिमरुक नदी बगेको छ । झिमरुक नदीलाई बायाँ पारेर हामी अघि बढिरह्यौं । अझ गौमुखी त झिमरुक नदीकै उद्गमस्थल नै हो । साँघुरो र घुमाउरो बाटोमा हर्न बजाउँदै यात्रा अघि बढिरह्यो। नदीका वारिपारि तर्फ उर्वर फाँटहरू अवलोकन गर्दै ठाउँ-ठाउँमा पहाडको छाती चिर्दै बगेका खोल्सा र बाटो बनेका खोलाको छेउमै रोकिंदै फोटो खिच्दै मच्छी पुग्यौं ।

१३ किलोमिटरको कच्ची बाटो पूरा गर्न करिब डेढ घण्टा बढी लाग्यो । जहाँ झिमरुक गाउँपालिकाको कार्यालय पनि रहेको छ। गाउँपालिकाकै ठूलो बजारमध्ये मच्छी बजार हो। त्यस भेगका मानिसहरू जहाँ दैनिक उपभोग्य समान किन्नेदेखि गाउँपालिकाको कार्यालयसम्म धाउने गर्दछन् । धुलाम्मे कपडा टकटक्याउँदै हामी मोटरसाइकलबाट ओर्लियौं। दुई किलो सुन्तला र दुई बोतल पानी किन्यौं। त्यहाँबाट ३ किलोमिटर पार गरेपछि गाउँपालिकाले निर्माण गरेको पर्यटकीयस्थल रक गार्डेन (ढुंगे बगैंचा) पुग्यौं । अघि किनेको सुन्तला खाँदै डेढ घण्टा यात्राको थकान मेटायौं । विशाल ढुङ्गाहरू खै कसले ल्याएर राखिदिएको होला भन्ने प्रश्नले मेरो मनमा डेरा जमाउन थाल्यो ।

ह्या.. घुम्न आएको त हो के धेरै सोच्ने यार भन्दै मनलाई शान्त पारें । जसरी हावा नलागेको बेला पोखरीको पानी स्थिर अवस्थामा रहन्छ त्यसै भयो मेरो मन पनि ।

यात्राको आनन्द प्राकृतिक सौन्दर्य, जैविक विविधता, विविध भोगाइ त आफ्नै ठाउँमा छ। तर कतिपय अस्वाभाविक जस्ता लाग्ने विषयले भने अनेक प्रश्न गर्ने ठाउँ रहने रहेछ। त्यस पार्कभित्र निर्माण गरिएका संरचनाहरू कोही भाँचिएका छन् त कोही सम्बन्धविच्छेद भएको जस्तै चर्किएका वालहरू छन्। पार्कभित्र सबैभन्दा चुनौती भनेको फोहोरमैला व्यवस्थापन पनि एक हो। जहाँ फोहोर सङ्कलन गर्ने डस्टबिन समेत राखिएको थिएन। यी यस्ता कुरामा किन राज्य, स्थानीय निकायको ध्यान नगएको होलारु पार्क भित्र करिब दुई घण्टा जति घुमेर बाहिर निस्कियौं। म चियाको एकदम पारखी, चियाको तलतल मेटाउन मैले चिया खाने प्रस्ताव राखें। सबै एकै स्वरमा हस् चिया–नास्ता गरौं भने पनि पार्कसँगै जोडिएको सानो बजार ढाड पुग्यौं। होटल हेर्दै गर्दा महतरा थरका दाइको लेनिन होटलमा पस्यौं ।  दूध चिया पिउँदै मैले साहुजीलाई सोधें- ‘तपाइँ क्रान्तिकारी नै हो क्या ?’ साहुजी हाँस्दै किन ? होटलको नाम नै लेनिन भएपछि सोध्न परेन त ?  साहुजीले हाँस्दै जवाफ दिए एकछिन हाँसो गुन्जियो । उनको छोराको नाम लेनिन रहेछ। टन्न खाजा भरिएपछि दिउँसो ३ बजेपछि होटलको साहुजीसँग केहीबेर गफमा अल्मलिएपछि त्यहाँबाट हामी आफ्नो गन्तव्यतर्फ मोडियौं।

खाल्डाखुल्डी परेको धुलाम्ये बाटो । मोटरसाइकलको अघि अघि ट्रयाक्टर गुडेको छ। आँखै नदेखिने गरी कतै(कतै त धुलोको आँधी नै सिर्जना हुन्थ्यो…….र ग्रामीण पर्यटनको लागि यात्रा गर्ने र ढलान गरिएका आनन्ददायी सडकमा हिंड्न पाउने भयो भने ग्रामीण भेगको मजा पनि त भएन नि हजुर । डाँडाका माथि–माथि कुनै चित्रकारले कोरेको सुन्दर चित्र झैं बसेका गाउँहरू हेर्दा मस्तिष्कमा दिव्य आनन्दले भरिन्छ । यात्रा सँगै गोठालाको दिन चर्न हिंडेका भेडा, मुटु छुने चिसो-चिसो हावाले हृदय पुलकित भएर आउँथ्यो । कतै नौला बाटो, पुल, समथर परेको बारी देख्दा रोकिएरै क्यामेरामा कैद गरिंदै यात्रा रोचक र घोचक तरिकाले अघि बढिरह्यो सरर्र………

साँघुरा र पहिरोले आधाउधि पुरिएका बाटा छिचोल्दै हामी गौमुखी गाउँपालिकाको ठुलाबेसी पुग्यौं । त्यहाँ पुग्दा करिब साढे चार जति बजेको थियो। ग्रामीण क्षेत्रका घरहरूले मनै लोभ्यायो ।

पुराना-पुराना आकारमा बनेका घरहरू हेर्दै क्यामेरामा कैद गर्दै हिंड्यौ । निर्माण हुँदै गरेको गौमुखी गाउँपालिकाको प्रशासकीय भवन र १५ शय्याको अस्पताल बाहिरैबाट हेर्यौं । प्रशासकीय भवन त ठिकै हो तर अस्पताल भने सञ्चालनमा केही समस्या हुने हो कि रु सबै जनाको मनमा एकखाले शंका उब्जियो । स्थानीय तहमा कर्मचारी अझै पदपूर्ति भएको छैन अझ एमबीबीएस डाक्टर यहाँ कसरी सेवा देलान् र खै रु अनि मेडिकल इक्युपमेन्ट। ह्या जे सुकै होस्।।।।सिंहदरबार गाउँ आयो भने झैं ती सुन्दर निर्माणाधीन भवन नियालेपछि हामी धुलाम्मे बाटो दौडियौं ।

ढुङ्गाले बनेका आकर्षक घर, कतै जस्ता त कतै ढुङ्गाकै छाना, ग्रामीण जनजीवन नियाल्दै हामी निरन्तर धुलाम्मे बाटो अर्खातर्फ दौडियौं । साझा आँगन भएका घर, घरको आँगनबाट बाटो। बाटोछेउ स्वच्छ बगिरहेका खोल्सा छिचोल्दै हामी प्युठान र गुल्मीको सिमाना पर्ने मदाने गाउँपालिकाको अग्लुंगफेदी पुग्यौं ।

सिमाना नेर बन्दै गरेको पक्की पुल हेर्यौंट। छेउमै उभिएका स्थानीय टीकाराम दाइलाई सोधें, यो पुल बनेपछि खुब सजिलो हुन्थ्यो होला है रु कतिको खुशी लागेको छ दाइ रु टीकाराम दाइ भन्छन्, ‘खुब खुसी लागेको छ सर तर २० वर्ष पहिले बन्ने पुल बल्ल सुरुवात भएको छ जेहोस् सहज हुने भयो नि सर ।  परार साल ठूलो बाढी आएर बारी मासेको कुरा उनले सुनाए । अब पुल बनेपछि बागलुङ, गुल्मी र प्युठानलाई जोड्छ ।’ टीकाराम दाइ फिस्स हाँस्दै हस् सर म पारि गाउँमा काम छ उतै जान हिंडेको भन्दै दाइले आफ्नो बाटो तताए । एकमनले म आफैंले सोचें त्यो दाइले भने जस्तो २० वर्ष पहिले बन्ने पुल अहिले आएर निर्माणाधीन अवस्थामा देख्दा त खुसी भन्दा सोच्न बाध्य बनायो । स्थानीय तह आएको पनि करिब ८ वर्ष पूरा हुन लागेको छ । यी यस्ता योजनाहरू स्थानीय सरकारले गर्नुपर्ने हो। अझ तीन जिल्लाको सडक सञ्जाललाई जोडेको यो पुल त अति आवश्यक नै रहेछ। खै राजनीति पनि बडो अचम्म हुन्छ । जहाँ पुल आवश्यक हुन्न त्यहाँ पुलका खुट्टा वर्षौंदेखि ठडिएको हुन्छ जहाँ अति आवश्यक हुन्छ त्यहाँ २० वर्षपछि बन्छ। अचम्म छ ।

जे होस् उता बिन्जुन सरले अर्डर गरेको कालो चिया पाकिसक्यो । चिया सुरुप्प पार्दै म छेउकै बेन्चमा थचक्क बसें । कविता मेडमले किनेको बदाम र चिया सकिएपछि हामी होटलको साहुनीसँग त्यहाँको वस्तुस्थिति बारे एकछिन गफियौं ।

गुल्मी प्युठान संगम होटल देखिने गरी फोटो खिचेर उकालो लाग्यौं । बाटोमा हिंडिरहँदा अघिल्लो डाँडामा के होला भन्ने उत्सुकताले हामीलाई तानिरहन्थ्यो। शहरका अनेक रुग्णता र भागदौडलाई केही समय पन्साएर हामीलाई शान्त, शालीन र मनमोहक दृश्यले सबै कुरा बिर्साइदिएको थियो । सिनित्त मनभर त्यहाँको निष्कपट शान्तिलाई पलकभरमा नै मनले पिउन चाहन्थ्यौं । त्यसैले शहरमा जस्तै गरी शयनमा प्रभातीय याम बिताउनु थिएन। प्रकृतिकै कालीन काखमा बिताउनुथियो, उषाका चिर्विराहटमै हराउनु थियो आफूलाई ।

बाटोमै यात्रा गर्दा अर्खा र रजवारा जोड्ने ३५० मिटर लामो झोलुंगे पुल निर्माणाधीन अवस्थामा रहेछ ।  प्युठानकै लामो बन्दै गरेको झोलुंगे पुल पनि त्यही हो । बन्न लागेको पुलको छेउमै बसेको एक वृद्धसँग भेट भयो। उनी त्यो पुल कहिले बनिसक्ला भनेर एकोहोरो हेरिरहेका थिए । सायद पुल बनेसँगै दैनिक जीवनयापनमा थप सहयोग होला भनेर ती वृद्ध टोलाएका होलान् । केहीबेरको यात्रापछि बजारबाट फर्किएका, जङ्गलबाट घाँस–दाउरा र गोठालोबाट फर्किएका स्थानीयसँग भलाकुसारी गर्यौंप। स्थानीय ७१ वर्षका भुपे पुनसँग त्यहाँको जीवनशैली बारे नजिकबाट बुझ्यौं । उनको बा भारतीय सेना रहेछन् । तर उनी नोकरी नगरी कृषि पेशा अँगालेर गाउँमै जीवन बिताएका रहेछन्। मिहिनेत गर्योर भने गाउँमै रमाउन सकिने रहेछ भन्दै बा हाँसे ।

बाटोमा चिया पिउँदै, थकाइ मार्दै यात्रा गर्दा गोधूलि साँझ परिसकेको थियो। जे होस् दुःख-सुख गौमुखी गाउँपालिकाको ठुलाचौर गाउँ पुगियो । ठुलाचौर गाउँ सम्म सडक सञ्जाल जोडिएको रहेछ। मोटरसाइकलको करिब ७ घण्टाको यात्रापछि हामीले ठुलाचौरमा मोटरसाइकल राख्यौं । ३० मिनेटको उकालो पैदलयात्रा पछि गौमुखी गाउँपालिकाले निर्माण गरेको होमस्टे किनाम पुगियो । पाहुना आएको चाल पाउनासाथ स्वागत गेटमा हाम्रो पर्खाइमा बसेका स्थानीयले नमस्कार गरेर स्वागत गरे। रात झमक्कै परिसकेको थियो । झमक्क पर्दा ती पारिपट्टि गाउँमा बलेको बत्तीले आकाशमा तारा चम्किरहेको आभास दिलाउँथ्यो । रात छिप्पिएपछि वरपरको दृश्यको अवलोकन त्यति मजाले गर्न पाइएन। यसको लागि रातलाई बिदा गर्नु आवश्यक थियो । हामी थकित अनुहार बोकेर कोठा कता छ देखाउन होमस्टे सञ्चालन गरेको जीवन घर्ती दाइलाई अनुरोध गर्यौं ।

दाइले कोठा खोलिदिए । सुन्दर चिटिक्क कोठा। कोठा भित्र रहेका लो बेड। भित्रै बाथरुम पनि । हल्कावाला फाइबरको सिरक। भुईंमा चिसो रोक्न पि-फम माथि खैरो कार्पेट । आहा साँच्चै नै आफ्नै कोठा जस्तो लाग्ने बेडमै गर्ल्याम्म ढलियो ।

धुलोले लिपिए जस्तो देखिने कालो झोलाको रङ्ग खैरो भएको थियो । होमस्टे सँगै छेउमै बनेको ढुंगे घर भित्र भान्सा रहेछ। भोक, प्यास र थकानले भरिएको शरीरलाई एकछिन फ्रेस भएर भान्सा घर भित्र पस्यौं । दुई खुट्टा माथि बाक्लो फल्याकलाई खिल ठोकेर उभ्याएका ती टेबलमा भान्से दाइले ४ गिलास तातो पनि राखिदिए। हल्का खाजा भन्दै दाइले भटमास र मकै भुटेर दिए। हामीले पहिल्यै जीवन दाइलाई लोकल भाले र ढिडो पकाउनु भनेर अर्डर गरिसकेका थियौं । दाइले उता भाले पोल्दै थिए। हामी त्यही मकै–भट्ट चपाउँदै थियौं । बिन्जुन सरले हल्का स्थानीय उत्पादन कोदो चढाउने कि भन्नेर अफर गर्नुभयो। मैले अझैसम्म त्यो सोमरस पान गरेको थिइनँ। हल्का गाईको घ्यूमा झानेर एक माना छेउमै राखिदिए। मुखहरू हल्लिए, घाँटीहरू भिज्न थाले। मैले एक सर्को के तानेको थिएँ तुरुन्तै मुख बाङ्गो पार्दै म सक्दिनँ भने । ओहो कसरी खाने यो। शहरभरि भरिएका हरिया टुवर्गको कहिलेकाहीं स्वाद चाखेको यो अलि मेसो आएन । जे होस् गफ चाहिं मज्जाले गर्यौ ।

करिब ९ बजेको थियो । रात छिप्पिएको हुँदा अलि चिसो बढ्दै गयो। जलपान कार्यक्रम सकिएपछि भोजन ग्रहण गर्ने योजना बनायौं । ३ वटा ढुङ्गाले बनेको चुल्होमा दाउरा हालेर आगोमै पकाएको भोजन। दाइले कोदोको ढिडो, लोकल भालेको मासु, मुलाको सलाद, टिमुर, गोलभेंडाको अचार र सिमीको दाल मुखै रसाउने परिकार छेउमै पस्किए । ग्रामीण भेगमा उपलब्ध या भनौं उत्पादित स्थानीय खाना एक पटक त सबैले थप्यौं ।

पहिलो दिनको थकानले होला बिहान ७ बज्नु अगाडि नै व्युँझिएर तातोपानी पिइँदै उकालियौं । बाटाभर चरिरहेका र चौरमा बिहानीको कलिलो घामको किरणसँगै पशुवस्तुहरूको बथान छरपष्ट थिए । नागबेली आकारका गोरेटो बाटो। गोठमा बसोबास गरिरहेका अव्यवस्थित बसोबास जहाँ मान्छे र वस्तुभाउ सँगसँगै सुत्छन् । हामीलाई लाग्यो गौमुखीको सामाजिक र सांस्कृतिक सम्वर्धनका लागि त गोठहरू सुधार गर्दै सुविधाजनक बनाएर गोठ पर्यटनको विकास गर्न सके आगन्तुकलाई भिन्न स्वाद दिन पो सकिने रहेछ।

त्यसो भैदिए पशुपालन पनि संरक्षित हुने र पर्यटनको नौलो आयाम पनि विकास हुने दोहोरो फाइदा पाइने थियो भन्ने सोच मनमा खेलिरह्यो। मनभित्र सामाजिक परिवर्तनका अनेक सम्भावनाका कल्पना अटेसमटेस गरेर उदाउँदै थिए । जति थकाइ लाग्दै गयो, त्यति मज्जा थपिंदै गयो । हरेक डाँडा काट्न लाग्दा, उचाइमा पुग्दा अब के देख्छु भन्ने उत्सुकता निकै बढ्यो। यसले थकाइको अनुभव नै भएन। जति उचाइमा पुगें, त्यति थकाइ बिर्सिन थालें ।

गौमुखी पदमार्गमा आउन चाहने पर्यटकलाई एकपटक जानुहोस् भन्न चाहन्छु । अरू देशका मानिस आफ्नो देशलाई स्वर्ग बनाउन प्रयास गरिरहन्छन्। हामी स्वर्ग जस्तो देशलाई अझ राम्रो बनाउन लाग्नुपर्छ। पर्यटन विकासका लागि पूर्वाधार निर्माणको खाँचो देखिन्छ ।

करिब ४५ मिनेट हिंडेपछि गौमुखी प्रवेशद्वार भेटिन्छ। गौमुखी दर्शन गर्न आउँदा ध्यान दिनुपर्ने भन्दै ठूलो शिलालेखमा नियमहरू कुँदिएका रहेछन्। जसमा कम्तीमा एक छाक नुन नखाने, कुनै बलि नचढाउने, महिनावारी भएको अवस्थामा मन्दिर नजाने, मृतकको कपडा अस्तु नबगाउने र परिवारको सदस्यमा बच्चा जन्माउने भएमा तीर्थ नगर्ने मूल गेटमै टाँसिएको छ। गेट प्रवेशसँगै सानो गोरेटो बाटोमा नवनिर्माणका केही प्रयासहरू त भएका छन् तर पूर्व परम्पराको मूल्य अनुकूलता र दीर्घकालीन तरिकाले भएका छैनन्। त्यसका लागि थप अध्ययन र प्रयास आवश्यक छ नै। डरलाग्दो पहरोलाई काटेर बनाइएको सिंढी ओर्लंदै गर्दा एकपटक मुटुले ठाउँ छोड्ला जस्तै हुने रहेछ। स्रोत र साधनको कमीले नै होला, पहरा खोपेर सिंढी लगाइएको रहेछ। फेरि अर्को प्रवेशद्वार भेटिन्छ। बिहानदेखि हिंड्दाको दुखाइ गौमुखी झरना देखेपछि त्यसै हराउँछ।

धार्मिक तीर्थस्थल गौमुखी समुद्री सतहबाट करिब १८०० मिटर उचाइमा रहेछ। गौमुखी गुफाको अधिकतम लम्बाइ ४५ फिट, चौडाइ १८ फिट र उचाइ २० फिट रहेको छ । गुफाको प्रवेशद्वार भने साँघुरो थियो। गुफाभित्र रहेको गाईको मुखाकार चट्टान भित्रबाट पानीको छाँगो निस्केकोले गुफाको नाम गौमुखी रहन गएको किंवदन्ती पाइन्छ। गौमुखी गुफा झिमरूक नदीको उद्गमस्थल पनि हो । धार्मिक मान्यता अनुसार गौमुखीको पानीले स्नान गर्दा अज्ञात पाप पखालिने विश्वास छ। गुफाभित्र अनुपम आकृति, चट्टानको बनावट, पानीको छहरा, न्यानो पानी र वायुको महसुस गर्न सकिन्छ। गुफाको पूजा गर्ने शैली पनि पृथक् रहेको छ । गाईको मुखको आकारबाट पानीको वहाब शुरू हुने ठाउँका रूपमा गौमुखी परिचित मानिन्छ । विकट ठाउँमा रहेको गौमुखी धार्मिक पर्यटकीय हिसाबले अत्यन्तै सुन्दर ठाउँ र यहाँबाट मनमोहक दृश्यको अवलोकन गर्न सकिन्छ ।

बिहानको ११ बजेतिर गौमुखी दर्शन गरिसकेपछि फेरि होमस्टेमा फर्कियौं । जीवन दाइले बनाएका परिकारहरू कोदोको रोटी, टिम्मुर र गोलभेंडाको अचार, लोकल आलु फ्राई, सिमीको दाल र सिस्नो खायौं । हामी पत्रकार भन्ने कुरा थाहा पाउनासाथ स्थानीय गणेश पुन दाइले बिहानैदेखि होमस्टेमा स्थानीयलाई बोलाएका रहेछन् । त्यहाँ होमस्टेलाई जग्गा दान गरेका दुजमान घर्ती, इकबहादुर घर्ती, झुमा कुमारी बुढा, खड्ग घर्ती र गणेश दाइसँग भलाकुसारी गर्यौंम र फेरि भेट्ने बाचा सहित होमस्टेबाट बिदा भयौं ।

पैदलयात्रामा फेरि ठुलाचौर आइपुग्यौं । त्यहाँबाट करिब ४५ मिनेटको मोटरसाइकलको यात्रापछि हामी बाइसमूल झरना पुग्यौं । वरिपरि ठूला ठूला पहाड। पहाडको टुप्पोबाट फेदसम्म एकनासको वेगमा झरेको झरना निकै मनमोहक थियो। म एकछिन एकोहोरो झरनालाई नियालिरहेको थिएँ ।  राधिकाको झरनासँगको सामीप्यता भने दोस्रो भेट रहेछ। अघि-अघि उनी त्यसपछि कविता मेडम र बिन्जुन सर क्यामेरा बोकेर फोटो खिच्न झरनाको फेदसम्म पुग्नुभयो । मैले बाहिरैबाट हेरिरहें। सँगै उभिएर झरनाले वर्षौंदेखि आफ्नो सौन्दर्य शालीनतापूर्वक प्रदर्शन गरिरहेको छ । पहाडी जङ्गल क्षेत्रको मुहान भएकाले पनि यस झरनामा हिउँदको समयमा पानीको मात्रा केही घटे पनि झरना नसुक्ने भएकाले हिउँदको समयमा पनि झरनाको अवलोकन गर्न सकिन्छ । पहाडी मनोरम दृश्यको साथमा झरनाको अवलोकन गर्दै स्वच्छ, सफा, कञ्चन र सङ्लो झरनाको पहिचान बन्दै गएको छ। माथिबाट खसेको झरना फेदसम्म आउँदा इन्द्रेणी रङमा रमायौं । तस्बिर र भिडियो खिच्यौं । झरनाको सुन्दरताले केहीबेर हाम्रो थकान मेटाइदियो। झरनाको अवलोकन गर्दा निकै आनन्दानुभूति लिएपछि हामी त्यहाँबाट फर्कियौं ।

पहिलो दिन हिंडेका बाटाहरूसँग फेरि पिरती गाँस्दै मोटरसाइकलको एक्सिलेटर बटार्दै अघि बढ्यौं । सडक आसपासका दृश्य, सडक सञ्जाल जोडिएपछि गाउँमै खुलेका स–साना पसलमा साना बालबालिकाहरूको हुल देखिन्थ्यो । अघिल्लो दिन हिंडेको बाटो भएर होला नौलो भएन । उस्तै धुलो र खाल्डाखुल्डी अनि साँघुरो बाटो । फेरि प्युठान र गुल्मीको सिमाना अग्लुङ्गफेदी नजिकैको बाटोबाट करिब १ घण्टाको ठाडो उकालो धुलाम्मे बाटोहुँदै रजवारा पुग्यौं ।  गाउँ प्रवेश गर्ने बित्तिकै, शान्त वातावरण, हरियाली र आकर्षक घरहरूले हाम्रो ध्यान ताने । बाटोमै पर्ने गौमुखी गाउँपालिका ३ रजवाराका स्थानीयवासी नरेन्द्र मल्लको घरमै पुग्यौं। हामी मल्ल दाइसँग पहिलेदेखि नै परिचित थियौं ।

हामीले केही समय अघि उहाँले उत्पादन गरेको किबीको समाचार पनि लेखेका थियौं । बिन्जुन सर र मल्ल दाइको झनै राम्रो चिनाजानी रहेछ। यता बिन्जुन सर साइन रेसुंगा बैंक खलंगा शाखाको म्यानेजर भएकाले मल्ल दाइले सो बैंकबाट कारोबार गर्ने हुँदा पहिलेदेखि नै परिचित रहेछन्। मल्ल दाइ शिक्षक पनि हुन् । गाउँमै केही गर्नुपर्छ भन्ने सोचका साथ शिक्षण पेशालाई निरन्तरता दिंदै व्यावसायिक कृषि पेशा अँगालेका रहेछन्। उहाँले करिब १५ रोपनी जमिनमा किबी खेती गर्नुभएको रहेछ। दाइले थोरै समय भए पनि  हामीलाई आफ्नै फर्ममा घुमाए । मल्ल दाइले बेसार, दाँते ओखर, स्याउ, केसर, सतुवा, एभोकाडो, अलैंची लगायतका फलफूल उत्पादन गर्नुका साथै नर्सरी पनि सञ्चालन गर्दै आउनुभएको रहेछ। नर्सरीबाट हालसम्म २ लाख ५० हजार आम्दानी गरेको उहाँले बताउनुभयो । सुमन जडीबुटी फलफूल तथा कृषि नर्सरी फर्म सञ्चालनदेखि हालसम्म करिब १६ लाख लगानी गरिसकेको दाइले सुनाए । फार्म घुमिसकेपछि हामी उहाँको घर पुग्यौं । दाइले २-२ गिलास बाक्लो मही खुवाए र आफ्नै उत्पादन किबी पनि टन्न खुवाए । उहाँका भाइ जोगिन्द्र मल्लले पकाएको कालो चिया खाएर हामी नौबहिनी गाउँपालिकाको स्याउलिवाङतर्फ मोडियौं ।

बेलुकीको ५ बज्न आँटेको थियो। सुरुदेखि अन्त्यसम्म बिन्जुन सर, कविता मेडम र म अनि राधिका मोटरसाइकलको यात्रा । बाटोमा होहल्ला गर्दै, पहाडका दृश्य हेर्दै, खुसीले कराउँदै, फोटो खिच्दै, उकालो र ओरालो यात्रा गर्दै अघि बढिरहेका थियौं । हुन त यात्रा गतिशील छ। कुनै यात्रा छोटो हुन्छन्, त कुनै लामो र कुनै अविस्मरणीय त कुनै क्षणिक हुन्छन् । यसै यात्राको सिलसिलामा एउटा अविस्मरणीय क्षणको यात्रा संस्करणस् मेरो दोस्रो अनुभव हो ।

जलवायु परिवर्तनको कारणले होला फागुनरचैतमा फुल्ने लालीगुराँस माघमै फुलेका रहेछन् ।धेरै जसो कोपिला लागेका बोटमा आधाउधि फुलेका गुराँसले हाम्रो ध्यान तान्यो । एकछिन रोकियौं । कविता मेडम गुराँस फुलेको बोटमै चढेर टिपिहाल्नुभयो । हुन त कसलाई पो रहर नजाग्ला र ! आफू चढेको मोटरसाइकलको हेन्डलमा धागोले बाँधेर अड्काउनुभयो । थाहा छैन त्यो गुराँस सकुशल घरमै आइपुग्यो कि बाटोमै हरायो । नजिकै रहेको प्रसिद्ध धार्मिकस्थल झाँक्रीढुङ्गा दर्शनसँगै अवलोकन गर्यौं । फोटो खिच्यौं। अचम्मको ठुलो ढुङ्गालाई सानो ढुंगाले जोडेको रहेछ। एकछिन सोचें त्यो ढुङ्गा झरेर बस्तीमा पुग्यो भने के होला रु तर कुनै दैवीशक्तिले होला त्यो ढुंगा वर्षौंदेखि उहीं अडिएको छ।

रातले पछ्याउन थालेपछि २० मिनेटमै त्यहाँबाट नौ बहिनी गाउँपालिकाको स्याउलिवाङतर्फ मोडियौं । गाउँबस्तीहरू हेर्दै ओरालोतर्फ दौडिरह्यौं। कच्चीबाटा, रमाइला गाउँबस्ती ७ बजेतिर स्याउलिवाङ बजार पुग्यौं । त्यो रात स्याउलिवाङमै बिताउने योजना थियौं । तर हामी नौला भएर होला खासै मेसो आएन । बास बस्ने होटल देखिएन । धेरै बेर नअल्मलिएर त्यहाँबाट बहाने जाने योजना बनायौं । भोलि फेरि कार्यालय जान ढिला हुने डरले हुँइकियौं । यो यात्रा केवल प्राकृतिक सौन्दर्यको अवलोकन मात्र नभई गौमुखीदेखि स्याउलिवाङसम्मको परम्परा, इतिहास र स्थानीय व्यवस्थापन प्रणाली बुझ्ने अद्भुत अवसर रह्यो। यी क्षेत्रहरू प्राकृतिक रूपमा पनि अद्वितीय छ। यहाँबाट हिमश्रृंखला  (जस्तै, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु) र आसपासका पहाडहरूको मनमोहक दृश्य देख्न सकिन्छ । यस स्थान घनाजंगलले ढाकिएको छ, जसले शान्त वातावरण र वन्यजन्तुको घर प्रदान गर्छ ।

सूर्योदय र सूर्यास्तको बेला यो ठाउँ अझै सुन्दर देखिन्छ। यहाँको भूभाग ट्रेकिङका लागि उपयुक्त छ । खुला ठाउँ र रमणीय वातावरणले क्याम्पिङका लागि आकर्षण बनाएको छ । स्थानीय परम्परा, खानपान र जीवनशैली अनुभव गर्न आउने पर्यटकको संख्या बढाउन स्थानीय सरकारले प्रयास गरेपनि अझै प्रभावकारी हुनसकिरहेको छैन ।

रातको साढे सात बजे हामी अँध्यारोको पनि पर्वाह नगरी हाम्रो यात्रा बहानेतर्फ बढ्यौं । राति  भएर  होला केही ढलेका रूख देख्दा पनि डर लाग्ने। कुनै सेता टल्कने वस्तु देख्दा मनै सिरिंग हुने। स्याउलिवाङ(बहाने सडक खण्ड यतिबेला मर्मत भइरहेको रहेछ ।

अँध्यारो बाटो, घना जङ्गल, नौलो यात्रा। माथिबाट झरेको खोल्साको पानीले बाटो बिराएर मूल बाटोमै पोखिएको । बाटोका खाल्डाखुल्डीभरि पानी भरिएर डुबुल्की मार्ने पोखरी जस्तो। जेहोस् यात्रा बिल्कुलै फरक रह्यो । दुई वटा जति ठूल्ठूला खोला तरेपछि केही झलमल्ल बत्ती बलेको गाउँ देखिन थाल्यो । खै कुन गाउँ हो मैले पत्ता पाइनँ। हामी आफ्नो यात्रामा रफ्तारमा अघि बढिरहेका थियौं। मैले हाँस्दै भनें मेडमहरूले बाइकको ड्राइभर र जीवनको ड्राइभर भाग्यमै लेखेर आउनुभएको रहेछ। बिन्जुन सरले भन्नु भो- “हो नि यति अप्ठ्यारो बाटोमा पनि सहज तरिकाले बाइक चलाइएको छ होइन सर !” सबै जना हाँस्यौं……….हो ..हो ।

दुःख, गाह्रो त भयो तर घरै बसेको भए यो भूस्वर्ग, हिमाली जनजीवन, यहाँको संस्कृति, यहाँको भू–बनोट, कहाँ देखिनु र कहाँ भोग्न पाउनु १ बाटो सम्झिंदा कष्टकर लागे पनि यात्राको क्रममा नयाँ कुरा देख्न, भोग्न र सिक्न पाउने हुनाले यात्रा सकिने बित्तिकै मान्छेले आनन्दको अनुभूति गर्छ । गौमुखीको अधिकांश सुन्दर पक्ष पनि भौगोलिक बनावट नै हो । यहाँका हिमशृंखला, नदीनाला, अग्ला पर्वत, जैविक र प्राकृतिक विविधता दुर्लभ छन् । जीवनमा एकपटक यात्रा गर्नै पर्ने गन्तव्य हो गौमुखीदेखि स्याउलिवाङसम्म ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d marwah4d moga4d marwah4d
koi77
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM