२०८२ असार ३१ गते, मंगलवार १९:३९

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न नेपाल आइपुग्यो लेबनानको टोली

२ फागुन, काठमाडौं । यही फागुन ५ गतेदेखि काठमाडौंमा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन लेबनानको टोली नेपाल आइपुगेको छ ।

लेबनानको टोली शुक्रबार राति काठमाडौं आइपुगेको हो । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा नेपाल, म्यानमार, कीर्गिस्तान र लेबनान सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरू हुँदै छ । फिफा महिला वरियतामा लेबनान १२४औं स्थानमा छ ।

कीर्गिस्तानको टोली बिहीबार नै आइसकेको छ भने म्यानमारको टोली पनि आउँदै छ । टोलीहरूलाई एन्फा कम्प्लेक्स र नेपाली सेनाको भद्रकालीस्थित खेल मैदानमा प्रशिक्षणको व्यवस्था गरिएको छ ।

नेपालमा पहिलोपटक चार देश सम्मिलित महिला फुटबल प्रतियोगिता हुन लागेको हो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM