२०८२ माघ ५ गते, सोमबार १७:१९

महिलाले कहिलेदेखि सारी लगाउन थाले, यस्तो छ रोचक इतिहास

सारीलाई महिलाहरूको महत्वपूर्ण पहिरन मानिन्छ। मुख्यगरी यो पहिरन नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलङ्कामा प्रचलनमा रहेको छ। विश्वमा सारी लगाउने प्रचलन कहिलेदेखि सुरु भयो, त्यो यकिन छैन।

रामायण, महाभारतदेखि वेदमा समेत सारीको बारेमा विभिन्न चर्चाहरू रहेकाले सारी कति पुरानो र ऐतिहासिक पोशाक हो भन्ने स्पष्ट हुन्छ ।

सारीको उत्पत्तिको सही मिति तोक्न गाह्रो छ, तर यसको जरा पुरातन भारतमा फेला पार्न सकिन्छ। सिन्धुघाटी सभ्यताको समयमा २८००–१८०० ईसापूर्वमा सिन्धु उपत्यकाको उत्खनन्मा कपडामा बेरिएका मूर्तिहरू फेला परेका थिए, जुन आधुनिक सारीसँग मिल्दोजुल्दो थियो।

सारीको इतिहास

सारीको इतिहास हेर्दा वेदमा उल्लेख छ। वैदिक अवधि (१५००–५०० ईसापूर्व) ले कपडा शैलीहरूमा परिवर्तन देखिएको उल्लेख छ। जसमा महिलाहरूले सिलाई नगरिएको लुगा लगाउँछन्।

यो विश्वास गरिन्छ कि ‘सारी’ शब्द संस्कृत शब्द ‘सत्तिका’ बाट उत्पत्ति भएको हो, जसको अर्थ कपडाको पट्टी हो। अर्थात् शरीर वरिपरि बेरिएको कपडा। समयको साथ, विभिन्न शासनहरूले पनि विभिन्न तरिकामा सारीको विकासलाई प्रभावित गर्‍यो।

भारतवर्षका विभिन्न राजवंश र साम्राज्यहरू जस्तै मौर्य, गुप्त र मुगलहरूले यसको डिजाइन, कपडा र पहिरन शैलीहरूलाई प्रभाव पारेर सारीको विकासमा योगदान पुर्‍याएको देखिन्छ। विशेष गरी मुगल कालले सारीको सौन्दर्ययतालाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।

मुगलहरूले जटिल कढाई, रेसम जस्ता विलासी कपडाहरूमा विभिन्न डिजाइनको मिश्रण प्रस्तुत गरे, जसले ‘जारी’कार्य भनेर चिनिने प्रतिष्ठित शैलीलाई जन्म दिए। यस अवधिमा सारी क्यानभास जस्तै बन्यो।

यसपछि व्यापार विस्तार र सांस्कृतिक अन्तरक्रियाको विकास हुँदै गएपछि सारीको प्रभाव भारतको सिमाना भन्दा बाहिर पुग्यो। यसले भारतकै विभिन्न क्षेत्रमा पनि आफ्नो स्थान बनायो।

साथै, सबैले सारीमा आ–आफ्नो क्षेत्रको स्वाद थपे। उदाहरणका लागि, गुजराती शैलीले जीवन्त रङहरू र ऐनाको काम देखाएको छ, जबकि बङ्गाली शैलीले समृद्ध बनावट र अलङ्कृत किनाराहरूलाई जोड दिएको छ।

सारीको विकास

समाजमा महिलाको परिवर्तनशील भूमिका अनुसार सारी पनि विकसित भएको छ। औपनिवेशिक युगमा, जब ब्रिटिस प्रभावले भारतीय संस्कृति माथि प्रभुत्व जमाउन खोजिरहेको थियो, सारी परम्परा र प्रतिरोधको प्रतीकको रूपमा देखा पर्यो।

सारीले आधुनिक महिलाहरूको परिवर्तनशील जीवनशैली र प्राथमिकताहरू अनुरूप विकास गर्न जारी राख्यो। डिजाइनरहरूले कपडा, प्रिन्ट र विभिन्न शैलीहरू प्रयोग गर्न थाले, क्लासिक कपडालाई नयाँ र नवीन लुक दिँदै। बिस्तारै सारी विश्वका विभिन्न देशमा पनि प्रख्यात हुनथाल्यो।

साडी शिल्प, कौशल र विविधताको मिश्रण हो। सारी लगाउने र स्टाइल गर्ने नयाँ तरिकाहरूमा धेरै विविधता छन्।

धर्म र रङ्गको सामाजिक प्रभाव पनि सारीमा प्रस्ट देख्न सकिन्छ। जहाँ पहिले सामाजिक प्रथा अनुसार विवाहित महिलाले रङ्गीन र डिजाइनको सारी लगाउने गर्दथे भने विधवाले सेतो साडी लगाउने गर्थे। उनलाई रङहीन मानिन्थ्यो। समयसँगै परम्परा पनि परिवर्तन भएको छ। भौगोलिक स्थान र परम्परागत मूल्य मान्यता र रुचिअनुसार सारी लगाउने धेरै तरिकाहरू छन्।

सारीको प्रकार

बनारसी

बनारसी सारी विवाहमा धेरै लगाइन्छ। त्यस्तै, परम्परागत समारोह तथा चाडपर्वमा पनि यसको अत्याधिक माग हुने गरेको छ । विवाहमा दुलहीले बनारसी सारी लगाउने चलनजस्तै भइसक्यो।

जर्जेट

जर्जेट सारीहरू मध्ये सबैभन्दा पातलो मानिन्छ। यो खास गरी युवतीहरूको बिचमा लोकप्रिय छ।

सिल्क

सिल्क साइनिङ दिने र टल्किने कपडा हो। मानिसको ध्यान सजिलै आकर्षित गर्ने भएकाले यो सारी पनि धेरैले रुचाउँछन्।

नेट

नेट अति पारदर्शी सारी हो। नेट लगाउँदा साइनिङ हुने भएकाले यो पनि महिलाहरूको बीचमा अत्याधिक लोकप्रिय छ।

टिस्यू

टिस्यु सारी नेटभन्दा अलिकति मोटो हुन्छ। यो हेर्दा प्लास्टिकजस्तो पनि देखिन्छ। यो सारी पनि पछिल्लो समय लोकप्रिय छ।

कञ्जीवरम सारी

सारीको यो ब्रान्ड धनाढ्य महिलाहरूको बिचमा विशेष लोकप्रिय छ। यो सारीलाई महिलाहरूले मुख्य रूपमा कुनै पनि विवाह समारोहमा लगाउँछन्। यो सारीको सम्पूर्ण लम्बाइ एउटै रङको भए पनि आँचल फरक रङ्गको हुन्छ।

सिफन

सिफन मुलायम र पातलो हुने भएकाले यसलाई लगाउन सजिलो हुन्छ। यसलाई ड्राई गरेर जस्तो कलरमा पनि बनाउन सकिन्छ। त्यसैले सिफन सारी पनि एकदमै रुचाइने सारीमा पर्छ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM