२०८३ बैशाख २ गते, बुधबार १०:००

‘पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणाको तयारी

पोखरा । पोखरामा स्वदेशी र विदेशी गरी सन् २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘पोखरा भ्रमण वर्ष २०२५’ को भोलि (शनिबार) औपचारिक रुपमा घोषणा हुने भएको छ । 

नेपाल सरकारका उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलको विशेष उपस्थितिमा भव्य समारोहका बीच भ्रमण वर्षको घोषणा गर्ने तयारी गरिएको पोखराका मेयर धनराज आचार्यले बताउनुभयो । 

भ्रमण वर्ष घोषणाको पूर्व सन्ध्यामा पोखराका ३३ वटै वडाहरूबाट पहिचानसहितका झाँकी र्‍याली पोखरा प्रदर्शनी केन्द्रसम्म गरिने भएको छ । पोखरालाई गत वर्ष मात्रै पर्यटन राजधानी सहर घोषणा गरिएको थियो । 

भ्रमण वर्षको अवधिभर क्रियाशील रहने गरी मेयर आचार्यको संयोजकत्वमा मूल समारोह समिति, एक निर्देशक समिति, पर्यटन व्यवसायी गोपी बहादुर भट्टराईको संयोजकत्वमा कार्यसम्पादन समिति र विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी ४३ वटा समितिहरू गठन गरिएको छ । 

पोखरा, स्वास्थ्य र खुसी पोखरेली, लगानी पर्यटन बर्ष, पर्यटन प्रवद्र्धन गर्न विभिन्न संघ संस्थाहरूसँग सहकार्य र सहयोगसहित विभिन्न प्याकेजसहितको केही भौतिक संरचना निर्माण समेत गर्ने गरी भ्रमण बर्ष मनाउने भएको उहाँले जनाउनुभयो । 

भ्रमण  वर्षको अवधिभर पोखरा महानगरपालिकाको तर्फबाट विभिन्न किसिमका पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमहरू गरिने मेयर आचार्यले उल्लेख गर्नुभयो । 

पोखराको अर्थतन्त्रलाई चलायमान बनाउँदै स्वच्छ पोखरा, स्वास्थ्य र खुसी पोखरेली बनाउने अभियानमा यो वर्षलाई आधार वर्षको रूपमा लिइएको उहाँको भनाई थियो । 

पर्यटन राजधानी पोखरालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ब्राण्डिङ गर्न तथा पोखराको आन्तरिक एवं बाह्य पर्यटनलाई हालसम्म कै उच्च विन्दुमा पुर्‍याउन, पोखराको प्राकृतिक, मानव निर्मित गन्तव्य स्थलहरूको प्रचारप्रसार गर्न र यी सम्पूर्ण क्षेत्रहरूको महत्व तथा अवस्थितिलाई जनसमक्ष पुर्‍याउन भ्रमण वर्षले सहयोग पुग्ने विश्वास गरिएको मेयर आचार्यले दाबी गर्नुभयो । 

पोखरा भ्रमण वर्ष २०२५ लाई सफलतापूर्वक सम्पन्न गर्नका लागि नगरप्रमुख धनराज आचार्यको अध्यक्षतामा १ हजार ५ सय ५१ सदस्यीय मूल समारोह समिति  र सो अन्तर्गत विभिन्न क्षेत्रहरूको प्रतिनिधित्व हुने गरी ४३ समितिहरू गठन गरिएको महानगरका प्रवक्ता मोतीराम तिम्सिनाले बताउनुभयो । 

पोखरा भ्रमण वर्षका अवसरमा स्वदेशी र विदेशी गरी २० लाख पर्यटकहरू पोखरा भित्र्याउने लक्ष्यका साथ वर्षभरि विभिन्न कार्यक्रम तथा गतिविधि सञ्चालन गरिने मेयर आचार्यले दाबी गर्नुभयो । 

पोखरा भ्रमण वर्षमा एयर कनेक्टिभिटी लागि आवश्यक पहलकदमी चलाउने र छिमेकी एवं मुलुकका मुख्य सहरहरूमा सिधा उडानको व्यवस्था गर्न पहल गर्ने, स्वास्थ्य, शिक्षा, खेलकुद, वेल्नेश, चलचित्र, भाषा साहित्य तथा सांस्कृतिक क्षेत्रको प्रवद्र्धन र विकासमा विशेष साझेदारीमूलक कार्यक्रमहरू सञ्चालन गर्ने, मुक्तिनाथ क्षेत्रको प्रवेशद्वार निर्माण, बोटानिकल गार्डेन, एयरपोर्ट लेकसाईड द्रुतमार्ग, हेरिटेज साइड, पन्चासे क्षेत्र विकास, १० ताल जोडिने साइकल लेन, इन्ट्रान्स पार्क, फिर्के खोला, फेवा किनार विकास, अर्ग्यानिक ट्रेल तथा रोयल ट्रेलको पुन उत्थान लगायतका पर्यटन क्षेत्रलाई टेवा पुग्ने विभिन्न पूर्वाधारको निर्माण तथा सुरुवात गर्ने, पी.पी.पी. परियोजनाका माध्यमबाट सम्भावित विभिन्न पर्यटन क्षेत्रलाई टेवा पुग्ने परियोजनाको विकासका लागि आह्वान गर्ने तथा परियोजना अगाडी बढाउन प्राथमिकता दिने भएको महानगरले योजना बनाउदै छ । 

निजी क्षेत्रको सहकार्यमा साहसिक पर्यटन प्रवद्र्धन, पारिवारिक तथा आरामदायी पर्यटन, धार्मिक तथा सांस्कृतिक पर्यटन, प्राकृतिक क्षेत्रको अध्ययन अनुसन्धान, स्थानीय खाना, भेष भूषा र जीवनशैलीको प्रवद्र्धन गर्ने, निजी क्षेत्र, सरकारी, गैर सरकारी संस्था, नेपाल पर्यटन बोर्ड, कूटनीतिक नियोग, एनआरएनए लगायतका संस्थाहरूसँग साझेदारी गर्दै पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा लाग्न र लगाउन महानगरले विशेष पहलकदमी लिने भएको छ । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM