२०८२ मंसिर २८ गते, आईतवार १९:४६

केयूकेएल भन्छ- बबरमहलमा पाइप फुट्नुमा विद्युत् प्राधिकरण जिम्मेवार

३० माघ, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अधिकारीले बबरमहल क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्नुमा नेपाल विद्युत् प्राधिकरण जिम्मेवार रहेको आरोप लगाएको छ ।

आफूहरुसँग सहकार्य नगरी तार भूमिगत गर्नेक्रममा मेलम्चीको पाइपमा क्षति पुगेको केयूकेएलका अधिकारीहरुको दाबी छ ।

‘पाइप फुट्नुमा थर्डपाटी जिम्मेवार छ,’ केयूकेएलका प्रवक्ता प्रकाश राईले अनलाइनखबरसँग भने, ‘त्यो क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले तार भूमिगतको काम गरिरहेको छ । त्यहीबेला पाइपमा क्षति पुगेको प्रारम्भिक अनुमान छ ।’

तर केयूकेएलका अधिकारीको यो भनाइमा नेपाल विद्युत् प्राधिकरणका अधिकारीको प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन ।

आज दिउँसो बबरमहलको वन परिसर अगाडिको सडक छेउँमा मेलम्चीको पाइप फुटेको थियो । केयूकेएलका अधिकारीका अनुसार ६०० एमएम (करिब दुई फिट डायमिटर)को पाइप फुटेको छ ।

बाढीजसरी पानी बग्दा बबरमहल क्षेत्रका सरकारी कार्यालयहरु डुबानमा परेका छन् । सो क्षेत्रमा वन परिसरका साथै विशेष अदालत, काठमाडौं जिल्ला अदालत (दोस्रो भवन) लगायतका कार्यालय परिसर जलमग्न भएका छन् ।

पानी अनियन्त्रित भएर बग्दा अदालतका पेशी स्थगित गर्नुपरेको थियो भने सरकारी कार्यालयका कामकाज पनि प्रभावित भएको थियो ।

बबरमहलको सडक विभागदेखि बिजुलीबजार आर्क ब्रिजसम्मको खण्डमा सवारी आवागमन पनि प्रभावित भएको थियो । एकातर्फको लेनमा गाडी चल्न नसक्ने स्थिति भएपछि अर्कोतर्फको वान–वे लेनमा दुईतर्फी नै गाडी चल्न दिइएको थियो ।

अहिले भने गेट भल्भ बन्द गरिएकाले पानी आउन कम भएको छ । केयूकेएलका प्रवक्ता राईले माइतीघर नजिकको गेटभल्भ बन्द गरिएको जानकारी दिए । ‘पाइपमा बाँकी भएको पानी केहीबेर आइरहेको होला, तर हामीले गेटभल्भ बन्द गरिसक्यौं,’ राईले भने ।

गेटभल्भ बन्द गरेर पाइपमा पुगेको क्षति मूल्यांकन गर्ने र मर्मतको काम अघि बढाउने योजना छ । मर्मत पूरा नभइन्जेल बबरमहल क्षेत्रमा मेलम्चीको पानी आपूर्ति बन्द हुने प्रवक्ता राईले जानकारी दिए ।
केयूकेएलका त्रिपुरेश्वर शाखा प्रमुख सुमन बस्नेतका अनुसार विद्युत् प्राधिकरणकै कारणले क्षति पुगेकाले उसैले मर्मत गर्नुपर्ने हुन्छ ।

‘यो मेलम्चीको पानी आपूर्ति हुने मुख्य पाइप हो । विद्युत् प्राधिकरणले हामीसँग सहकार्य नगरी काम गर्दा पाइपमा क्षति पुग्यो,’ बस्नेतले भने, ‘अब मर्मतको काम अघि बढाउँदै विद्युत् प्राधिकरणसँग क्षति क्लेम गर्ने प्रक्रिया पनि अघि बढाउँछौं ।’

उक्त पाइप फुट्दा १० देखि १५ हजार घरधुरीमा पानीको आपूर्ति प्रभावित हुने अनुमान छ ।

‘पाइप फुट्दा १० देखि १५ हजार घरधुरीमा पानी आपूर्ति प्रभावित हुने अनुमान छ,’ उनले भने, ‘काम गर्ने क्रममा जसले क्षति पुर्‍यायो, उसैले मर्मत गर्नुपर्ने भन्ने छ ।’

असन, क्षेत्रपाटी, त्रिपुरेश्वर, न्यूरोड, भोटेबहाल, बबरमहल, थापाथली, अनामनगर केही भागमा पानी आपूर्ति प्रभावित हुनसक्ने उनले जानकारी दिए ।

महानगरपालिकाको वडा नम्बर २०, २१, २२, २३, ११ र १२ को केही भागमा पानी आपूर्ति प्रभावित हुने उनी बताउँछन् ।

 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor marwah4d
koi77
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM