काठमाडौँ । काठमाडौँ बबरमहलमा रहेको मेलम्चीको पाइप फुट्दा वन परिसर डुबानमा परेको छ ।
अहिले नेपाल प्रहरी र नेपाली सेनाले उद्धार कार्य गरिरहेको कार्यालयका कर्मचारीले बताएका छन् । पाइप फुटेपछि अहिले त्यहाँ वरपर रहेका अन्य सरकारी कार्यालय समेत डुबानमा परेका छन् ।
वन परिसरभित्र रहेका सम्पुर्ण कार्यालयको दैनिक कार्य यतिबेला ठप्प भएको छ।




पाइप फुटेपछि काठमाडौँको खानेपानी अवरुद्ध हुने भएको छ ।



तस्बिर: रोम प्रसाद थापा