२०८३ बैशाख ३१ गते, बिहीबार ०१:३५

बनेपामा सुटिङ स्टुडियो निर्माणका लागि बोलपत्र आह्वान




काठमाडौं । चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १० र १३ मा निर्माण हुन लागेको इनडोर सुटिङ स्टुडियोका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको छ। इच्छुक कम्पनीहरूले आगामी ३० दिनभित्र ई-बिडिङमार्फत आवेदन दिन सक्नेछन्।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यो स्टुडियो नेपालकै सबैभन्दा ठूलो इनडोर सुटिङ स्टुडियो हुने दाबी गर्नुभएकाे छ। हालका समयसम्म निजी क्षेत्रसँग केही स्टुडियो भए पनि चलचित्र उद्योगको लागि यति ठूलो आकारको स्टुडियो उपलब्ध थिएन।

यो परियोजनाले स्वदेशी चलचित्र उद्योगलाई अत्याधुनिक प्रविधिसहित सुटिङका लागि सहज स्थान प्रदान गर्नेछ। बनेपाको ४२ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त स्टुडियो विगत केही वर्षदेखि योजनामा थियो, तर हालै मात्र यसको कार्यान्वयन सुरु भएको हो। शिलान्यास दुई महिनाभित्र गरिने बोर्डले जनाएको छ।

स्टुडियो निर्माणपछि नेपाली चलचित्र उद्योगलाई गुणस्तरीय सुटिङ वातावरण र आधुनिक सुविधासहितको अवसर प्राप्त हुनेछ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM