२०८२ माघ २६ गते, सोमबार १२:३९

समाज, राजनीति र धर्म: सुधारको खोजी

– ललितध्वज खड्का

राजनीतिमा भ्रष्टाचार, स्वार्थपरता र संघर्षको जोखिम सधैं रहन्छ। नैतिकता र जनसेवाको भावना नभएको राजनीति समाजका लागि समस्याको जड बन्न सक्छ। नेपाली जनताले २००४ सालदेखि २०६३ सम्म परिवर्तनका लागि कैयौं आन्दोलन गरे। संविधान सभाको निर्वाचनपछि पनि जातीय, क्षेत्रीय तथा विभिन्न अन्य आन्दोलनहरू भए। सयौंले सहादत प्राप्त गरे, हजारौं नागरिक अपांग भए, धेरै घरपरिवार विस्थापित भए। बेपत्ता पारिएका व्यक्तिहरूको वास्तविक तथ्यांक नै छैन, भएका आफन्तहरू पनि मौन छन्।

आफू र आफ्ना सन्ततिको भविष्य सुरक्षित होस्, देशले काँचुली फेर्ला भनेर जीवन समर्पित गरेका शहीदहरूको बलिदान आज खेर गएको छ। वर्षको एकपटक शहीद दिवस मनाएर उनीहरूको सम्झना गरिन्छ, तर व्यावहारिक रूपमा उनीहरूको सपना साकार हुन सकेको छैन।

७५ वर्षको अवधिमा राजनीतिक, सामाजिक र आर्थिक परिवर्तन अपेक्षाकृत रूपमा न्यून रह्यो। सञ्चार, यातायात र स्वास्थ्य क्षेत्रमा केही उपलब्धिहरू भए पनि समाज रूपान्तरणको गति सुस्त देखिन्छ। विकासले विनाश निम्त्याउँछ भनेझैं, प्रविधिको दुरुपयोगले अनेक चुनौतीहरू जन्माएका छन्। आज हरेक नेपालीको हातमा मोबाइल छ, यसले विश्वलाई हातैमा समेट्न मद्दत गरिरहेको छ। तर सामाजिक सञ्जालको दुरुपयोगले विकृति पनि बढाएको छ। गालीगलौज, तथ्यहीन प्रचार, आत्महत्याका घटना, मानसिक रोगीहरूको संख्यामा वृद्धि जस्ता समस्याहरू देखिन थालेका छन्।

सडक तथा हवाई यातायातलाई सुरक्षित मानिन्छ, तर नेपालमा दुर्घटनाको संख्या दिनानुदिन बढिरहेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार गत दस वर्षमा विभिन्न दुर्घटनामा २४,००० भन्दा बढीको मृत्यु भएको छ भने ५०,००० भन्दा बढी घाइते भएका छन्। २०८०/८१ मा मात्र २,३६९ जनाले सडक दुर्घटनामा ज्यान गुमाए। गुणस्तरीय निर्माण सामग्री प्रयोग नगर्नु, समयमा सडक मर्मत नगर्नु, सार्वजनिक खरिद नियमावली समयसापेक्ष नहुनु आदि समस्याहरूले दुर्घटनालाई बढावा दिएका छन्।

राज्य जनताले तिरेको करबाट चल्छ, तर जनताकै सेवा गर्ने नेताहरू भ्रष्टाचारमा लिप्त छन्। भ्रष्टाचारका कारण निर्दोष नागरिकहरूले अनाहकमा ज्यान गुमाइरहेका छन्। स्वर्गीय प्रधानमन्त्री डा. के.आई. सिंहले भनेझैं, “लथालिङ्ग देशको भताभुङ्ग चाला, जसले सक्ला उसैले खाला!” नेपालमा सत्तासीन नेता र शक्तिशाली व्यक्तिहरूबीच लुट्ने प्रतिस्पर्धा चलिरहेको छ। पटक-पटक सरकार सम्हालेका पूर्वप्रधानमन्त्रीहरू:  गिरिजा प्रसाद कोईराला, लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा, सुशील कोईराला, केपी शर्मा ओली, माधवकुमार नेपाल, बाबुराम भट्टराईलगायत कसैले पनि भ्रष्टाचार विरुद्ध ठोस कदम उठाएनन्। प्रचण्डले पनि तीन पटक प्रधानमन्त्री हुँदा उल्लेख्य सुधार ल्याउन सकेनन्।

आर्थिक रूपमा मुलुक अस्तव्यस्त छ। व्यवसायीहरू पलायन भइरहेका छन्। महँगीले जनताको जीवन कष्टकर बनेको छ। सरकारले जनताको समस्यालाई वेवास्ता गरिरहेको छ। राजनीतिक परिवर्तन भए पनि यसको प्रतिफल नेताहरूसम्म सीमित रह्यो। आर्थिक परिवर्तन भए पनि नेताहरू विलासी बने, कार्यकर्ताहरू फस्टाए, तर जनताको अवस्था जस्ताको तस्तै रह्यो।

समाजको अस्तित्व धर्मले बचाएको छ। “धर्मो रक्षति रक्षितः” भनिन्छ। नेपाललाई हिन्दू राष्ट्र बनाउँदा हानीभन्दा बढी फाइदा हुनेछ। विश्वका ४५ भन्दा बढी राष्ट्रहरूले आफ्नो राष्ट्रिय धर्म अंगीकार गरिसकेका छन्। बेलायतजस्तो देशको पनि राष्ट्रिय धर्म छ। नेपाललाई सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र बनाउनु नै उचित हुनेछ।

राजनीति, समाज र धर्म परस्पर जोडिएका विषयहरू हुन्। सुधारको खोजी हरेक क्षेत्रमा आवश्यक छ। राजनीतिक नेतृत्वको जवाफदेहिता, सामाजिक सञ्जालको मर्यादित प्रयोग, सडक सुरक्षाको मजबूती, भ्रष्टाचारको अन्त्य, र धर्म-संस्कृतिको सम्मानले मात्र मुलुकलाई सही दिशामा लैजान सकिन्छ। चेतनाभया!!

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM