२०८३ जेष्ठ २३ गते, शनिबार २०:००

कोटीहोमका नाममा पोखराका चौतारा ठुटो, काठदाउरा जफत गर्दै महानगर

२३ माघ, काठमाडौं । पोखरामा ३ महिनाभन्दा बढीसम्म चल्ने भनिएको कोटीहोम महानगरले रोक लगाएको छ । आयोजक मानव सेवा आश्रमले स्वीकृति नलिएकाले पोखरामा कोटीहोम सञ्चालन नहुने मेयर धनराज आचार्यले बताएका छन् ।

‘कोटीहोम पोखरामा हुँदैन । किनभने त्यति लामो समयसम्म पोखराजस्तो पर्यटकीय क्षेत्रमा धुनी बालेर..अघिल्लोचोटि पनि वातावरण प्रदूषण भएर प्लेन नै उड्न नसक्ने अवस्था भा’थ्यो’, मेयर आचार्यले भनेका छन्, ‘त्यसकारणले गर्दाखेरि त्यो हाम्रो अनुमति पनि लिएको छैन, स्थानीय प्रशासनबाट पनि, महानगरबाट पनि कहींबाट पनि उहाँले अनुमति लिनु भाको छैन ।’

कोटीहोमका लागि भन्दै आश्रमले महानगरका सडक र चौताराका रुख ठुटो बनाएपछि अहिले चर्को आलोचना भइरहेको छ । सडक तथा चौताराको रुखविरुवा मुठुराउन महानगरले नै मौन स्वीकृति दिएको भन्दै मेयर आचार्य पनि विवादमा तानिएका हुन् ।

यद्यपि, उनले महानगरसँग कुनै सल्लाह नभएको र आफूहरुले अनुमति पनि नदिएको बताउँदै आएका छन् । ‘ पोखराको त्यो पनि फेवातालको आडमा ४, ४ महिना कोटीहोम लगाउने ठाउँ पनि होइन, त्यसकारण सो यज्ञ त्यहाँ हुँदैन,’ उनले भने ।

रुख मुठुराएको विषयमा चर्को आलोचना भएपछि हानगरपालिकाले केही दिनअघि प्रेस विज्ञप्ति जारी गर्दै कोटीहोमका नाममा बिनाअनुमति अनधिकृत रुपमा रुख नकाट्न भनेको थियो । ‘यसप्रकार अनधिकृत रुपमा रुख कटान गर्ने कार्य कानुनतः दण्डनीय हुने कुरा सचेत गराउँदै रुख कटानमा संलग्न जो कोहीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने व्यहोरा सूचित गरिन्छ’, सूचनामा भनेको थियो ।

कोटीहोम आयोजकले काटिएका रुख पोखरा लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा राखेको छ। त्यहाँ राखिएका दाउरा जफत गर्न बुधबार नगरप्रहरीको टोली खटिइसकेको महानगरले जानकारी दिएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

पूर्वमुख्यमन्त्रीसँगै तीन जना एउटै मोटरसाइकलमा ! ट्राफिकले रोकेपछि हेलमेटले प्रहरीमाथि प्रहार, चालक पक्राउ

धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी सवार रहेको मोटरसाइकललाई

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM