२०८२ माघ ७ गते, बुधबार १२:३३

“विवाह कि विभाजन? स्थायित्वको खोजीमा समाज”

– सोमबिक्रम सिंह

माघ महिना विवाहको लगन भएको महिना पनि हो। विशेष गरी नेपाली समाजमा बैशाख, असार, माघ, फाल्गुन, साउनजस्ता उत्कृष्ट लगनको प्रतीक्षा गरेर विवाह गर्ने चलन छ। कोही भागी विवाह गर्छन् भने कोही धार्मिक तथा सांस्कृतिक परम्परालाई सम्मान गर्दै उचित समय पर्खिन्छन्। पछिल्लो समय, केही युवाहरूले सनातनी परम्पराअनुसार विवाह गर्न नचाहने र अन्य धर्म-अनुसार विवाह गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ।

सनातनी परम्परामा विवाहको लागि जन्मकुण्डली (चिना) मिलाउने प्रथा विद्यमान छ। ज्योतिषशास्त्रले ग्रहको प्रभावलाई अत्यन्त महत्त्व दिन्छ, जसले मानिसको जीवनमा गहिरो प्रभाव पार्छ। उदाहरणका लागि, ग्रहण वा अमावस्याको समयमा समुद्रमा ठूलो ज्वारभाटा आउनु वैज्ञानिक रूपमा पुष्टि भइसकेको छ। यसैगरी, मानव शरीरमा ८० प्रतिशतभन्दा बढी पानी भएको कारण ग्रहको चालले मानिसको मानसिक र शारीरिक अवस्थालाई असर गर्छ। यही कारण वैदिक सनातनी परम्पराले विवाह अघि वर-बधुको चिना जाँच्ने परम्परा स्थापित गरेको हो। यदि चिना मिलेन भने वैवाहिक जीवनमा समस्या आउनसक्छ भन्ने मान्यता छ।

तर, अहिलेको समाजमा “मियाँ-बीवी राजी, तो क्या करेगा काजी” भन्ने सोच हावी हुँदै गएको छ। प्रेम विवाह मात्र पर्याप्त हुन्छ भन्ने मानसिकता बढ्दो छ। यसले गर्दा मागी विवाह मात्र होइन, प्रेम विवाहहरू पनि चाँडै टुट्न थालेका छन्। पछिल्लो समय नेपाली समाजमा डिभोर्सको प्रवृत्ति अत्यधिक बढेको छ। अझ, सेलिब्रिटीहरूको डिभोर्सले समाजलाई नराम्ररी प्रभावित गरेको छ। जब कुनै चर्चित व्यक्तित्वले डिभोर्स गर्छन्, समाजमा त्यो एउटा उदाहरण बन्छ, जसले विवाहभन्दा डिभोर्सलाई सामान्यीकरण गरिदिन्छ।

समस्या के हो?

पहिला, मागी विवाहमा चिना मिलाएर विवाह गर्ने चलन थियो, जसले दीर्घकालसम्म विवाहलाई टिकाइराख्थ्यो। तर, अहिले प्रेम विवाह मात्र भावनात्मक आकर्षणमा आधारित भइरहेको छ, जसले दीर्घकालीन समझदारी र सहनशीलताको अभाव सिर्जना गरेको छ। विवाह भनेको केवल दुई व्यक्तिको सम्बन्ध मात्र होइन, दुई परिवारको एकता पनि हो। विडम्बना के छ भने, अहिलेको पुस्ताले विवाहलाई गम्भीर रूपमा लिइरहेको छैन। विवाहको केही समयमै साना-तिना विवाद बढेर डिभोर्ससम्म पुग्ने स्थिति आइरहेको छ।

सबै प्रेम विवाह असफल हुँदैनन्, तर धेरैजसो प्रेम विवाहहरू अल्पकालीन भावनामा आधारित हुन्छन्। प्रेम विवाह सफल हुनका लागि विश्वास, समझदारी, धैर्य, त्याग र समर्पण आवश्यक पर्छ। विवाहपछिको जीवनमा जिम्मेवारीहरू थपिन्छन्, र ती जिम्मेवारीहरू वहन गर्न नसक्दा सम्बन्ध कमजोर बन्छ।

डिभोर्स समाधान होइन, समस्याको जड हो…!

विवाहलाई जीवनभर टिकाइराख्न कठिनाइहरू आउन सक्छन्, तर त्यसको समाधान डिभोर्स मात्र हुनसक्दैन। डिभोर्सले मात्र व्यक्तिगत मात्र होइन, सन्तान तथा परिवारमा गहिरो असर पार्छ। ससाना बालबालिकाले आफ्ना आमा-बुबाको सम्बन्धविच्छेद सहनुपर्दा उनीहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ।

त्यसमाथि, पछिल्लो समय डिभोर्सलाई “कमाउने भाँडो” बनाउने प्रवृत्ति पनि बढेको छ। विशेष गरी, कतिपय महिलाहरू कानुनी रूपमा आधा सम्पत्ति लुटेर लाने मानसिकतासहित डिभोर्स गर्ने प्रवृत्तिमा लागेका छन्। यो एक गम्भीर सामाजिक विकृति हो।

समाधान के हो?

# विवाहपूर्व उचित तयारी – विवाह गर्नुअघि वर-बधुबीच मानसिक, सांस्कृतिक र पारिवारिक समझदारी आवश्यक छ। केवल प्रेमको भरमा विवाह गर्नु पर्याप्त छैन।

# संवाद र सहिष्णुता – पति-पत्नीबीच असहमति आउनु स्वाभाविक हो। तर, सानो विषयलाई लिएर ठूलो विवाद सिर्जना गर्नु उचित होइन। समस्या समाधानका लागि संवाद र सहिष्णुताको आवश्यकता पर्छ।

# चिना मिलाउने परम्पराको वैज्ञानिक मूल्यांकन – यदि चिना मिलाएर गरिएका विवाहहरू दीर्घकालसम्म टिक्छन् भने यसलाई वैज्ञानिक रूपमा पनि पुन: मूल्यांकन गर्नुपर्छ।

# डिभोर्सलाई अन्तिम विकल्प बनाउनु – कुनै सम्बन्ध असह्य भयो भने मात्र डिभोर्स गर्ने निर्णय लिनुपर्छ। सामान्य असमझदारीलाई लिएर डिभोर्स गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ।

विवाह केवल दुई व्यक्तिको सम्बन्ध मात्र होइन, यो संस्कार हो, समाजको बलियो आधार हो। यसलाई पवित्र बन्धनकै रूपमा लिनु आवश्यक छ। समाजमा डिभोर्सको लहर बढ्दै जानु एउटा गम्भीर चिन्ताको विषय हो। हामी सबैको दायित्व हो—विवाहलाई स्थायित्व दिने, यसको सम्मान गर्ने, र डिभोर्सलाई सामान्यीकरण नगर्ने।

ॐ जय श्री लक्ष्मी नारायण। जय कर्मनिष्ठ।

कर्मनिष्ठ अभियन्ता समेत रहेका सिंह राष्ट्रिय सरोकार मंच नेपालका केन्द्रिय अध्यक्ष हुन्)

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM