Sunday, February 9, 2025
घरसमाचारबजारमा आयो नेपाली ब्रान्डको उच्च गुणस्तरीय ‘पञ्चकन्या बाथवेयर’

बजारमा आयो नेपाली ब्रान्डको उच्च गुणस्तरीय ‘पञ्चकन्या बाथवेयर’

२२ माघ, काठमाडौं । ‘बाथरुममा प्रयोग हुने धारा, सावर, पाइप विदेशी भए घरको शान नै बेग्लै हुन्छ ।’

‘महँगो भएर के भो त, विदेशी सामानको गुणस्तर पनि गजबकै हुन्छ नि !’

नयाँ घर बनाइरहेका अधिकांशको मनमा उब्जिने कुरा हुन् यी ।

तर, अब बाथरुममा प्रयोग हुने यस्ता धारा, सावर, पाइप लगायत सामानमा विदेशीको विकल्प आएको छ । व्यावसायिक घराना पञ्चकन्या ग्रुपले नेपालमै उच्च गुणस्तरका यस्ता सामान बजार ल्याएको छ ।

ग्रुपले ‘पञ्चकन्या बाथवेयर’ ब्रान्डमा धारा, सावर, पाइप लगायत बजार ल्याएको हो । आफ्नै ब्रान्डको बाथवेयर ललितपुरस्थित पञ्चकन्या ग्रुपको कार्यालयबाट सार्वजनिक गरेको हो ।



नेपालमा बाथवेयर बजार लामो समयदेखि महँगो उत्पादन र सस्तो तर कम गुणस्तरका विकल्पबीच विभाजित भएको भन्दै पञ्चकन्या ग्रुपले उपभोक्तालाई उचित विकल्प दिन पञ्चकन्या बाथवेयर ल्याएको छ ।

ग्रुपले लामो समय अनुसन्धानपछि सबै खाले ग्राहक पहुँचमा उच्च गुणस्तरको बाथवेयर ल्याएको दाबी ग्रुपको छ । पञ्चकन्या बाथवेयरले हाल १८ मोडेलमा बाथवेयर सार्वजनिक हो ।

ग्रुपले नेपाली नदीका नाम राखेर मोडेलहरू सार्वजनिक गरेको हो । ग्रुपले अब १ सय दिनभित्र नेपाली बजारमा सयभन्दा बढी बिक्री तथा सेवा केन्द्र खोल्ने लक्ष्य पनि लिएको छ ।

१३ महिना अध्ययनपछि उत्पादन

पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठका अनुसार बाथवेयरबारे नेपाली बजारमा लामो अध्ययन पछि उच्च प्रविधियुक्त उत्पादन भएको हो ।

उज्ज्वलकुमार श्रेष्ठ ।

‘हामीले नेपाली बाथरुममा प्रयोग भइरहेका विभिन्न ब्रान्ड, ननब्रान्डका धारा, सावर, धारामा जोड्ने पाइपहरूको अध्ययन गर्‍यौं, त्यसपछि हामीले अहिले भइरहेका कमीकमजोरी पत्ता लगायौं,’ श्रेष्ठले भने, ‘त्यसमा केही अत्यधिक महँगो देखियो भने केही सस्तो तर अति कम गुणस्तरीय पाइयो । ती सबै कमीकमजोरी अध्ययन गरेर उच्च गुणस्तरको तर सरल मूल्यमा हामीले पञ्चकन्या बाथवेयर ल्याएका हौं ।’

पञ्चकन्या बाथवेयरका धारा, सावर, बाथरुममा प्रयोग हुने पाइपको १० वर्षे वारेन्टी छ ।

श्रेष्ठका अनुसार अध्ययन क्रममा नेपाली बजारमा बाथरुममा प्रयोग हुने धारा गुणस्तरीय खोज्दा अत्यन्तै महँगो र लामो समय टिकाउ नहुने देखिएको थियो ।

यस्तै कम बजेटमा आउने बाथरुमका धारा, सावर छिट्टै बिग्रिने, लिकेज हुने फेला परेको थियो । ती सबै सम्बोधन हुने गरी ग्रुपले आफ्नै ब्रान्डको बाथवेयर ल्याएको हो ।

यस्ता छन् पञ्चकन्या बाथवेयरका विशेषता

 

पञ्चकन्या बाथवेयरले बाथरुममा आफ्नै मौलिक नाम गरेका धारा उपलब्ध गराउने छ । कार्यकारी निर्देशक श्रेष्ठका अनुसार पञ्चकन्याका धारामा जोड्ने पाइप र अन्य उपकरण जर्मन प्रविधिबाट निर्माण गरिएको हो ।

यो ब्रान्डका धारामा जोडिएको जर्मन प्रविधिको एरिएटरले पानीको प्रेसर र खपत वैज्ञानिक ढंगले गर्ने छ । यस्तै पञ्चकन्या बाथवेयरका धारा, सावर, बाथरुममा प्रयोग हुने पाइपको १० वर्षे वारेन्टी छ ।

यस्तै धारा फेर्नुपरे निःशुल्क फेरिदिने ग्रुपले जनाएको छ । यो ब्रान्डको अर्को विशेषता भनेको चौबिसै घण्टा निःशुल्क प्लम्बर सुविधा दिनु हो ।

आशिक श्रेष्ठ ।

‘हाम्रो ब्रान्डको बाथवेयरमा समस्या आयो भने हामी चौबिसै घण्टा प्लम्बर सुविधा दिन्छौं । यसका लागि बिक्री सेवा केन्द्रसँगको सहकार्यमा हामीले प्लम्बर व्यवस्था गरेका छौं,’ ग्रुपका निर्देशक आशिक श्रेष्ठ भन्छन् ।

कसरी उत्पादन थालियो पञ्चकन्या बाथवेयर ?

लामो समय बाथवेयर बजार अध्ययनपछि पञ्चकन्या ग्रुपले नेपाली बजारका लागि सुहाउँदो डिजाइनको काम गर्‍यो । त्यसपछि ‘पञ्चकन्या बाथवेयर’ ब्रान्ड उत्पादन गर्न उच्च प्रविधियुक्त उद्योग खोजी गर्‍यो ।

त्यसक्रममा भारतको एक प्रतिष्ठित उच्च गुणस्तरीय सामग्री उत्पादन गर्ने उद्योगसँग समझदारी गरेर ग्रुपले भने अनुसार नै बाथरुमका लागि प्रयोग हुने सावर, धारा उत्पादन थाल्यो ।

जसको प्रयोगको परीक्षण समेत गरेर ग्रुपले बजार ल्याएको हो । ‘नेपाली बाथरुममा प्रयोग भइरहेका धारा तथा सावरको गुणस्तरको तुलनामा हामी प्रतिस्पर्धा मात्रै होइन, दिगोपनको ग्यारेन्टी पनि गर्छौं,’ कार्यकारी निर्देशक श्रेष्ठ भन्छन् ।

उनका अनुसार नेपाली बजारमा बाथवेयर ब्रान्ड आफ्नै ग्रुपबाट ल्याउँदै गर्दा धेरै नै गृहकार्य गरिएको छ । लामो मिहिनेतपछि ल्याइएकाले मूल्य र गुणस्तर दुवैमा अहिले चलिरहेका ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्न सक्ने विश्वास छ ।

निर्देशक श्रेष्ठका अनुसार पञ्चकन्या ग्रुपले उत्पादन गरेर बजार ल्याएका धारामा शतप्रतिशत ब्रास प्रयोग भएको छ ।

‘यसको मुख्य विशेषता जर्मन प्रविधिबाट निर्माण भएको उच्च गुणस्तरीय तर सरल मूल्यमा आउने नै हो । त्योबाहेक पञ्चकन्या बाथवेयरको विशेषतामा भर्जिन ब्रासबाट बनेको धारा हुनेछ । जुन लामो समयसम्म टिकाउ हुन्छ,’ उनी भन्छन् ।

पञ्चकन्या बाथवेयरका बजार प्रबन्धक बसन्त रिजालका अनुसार अहिले काठमाडौं, ललितपुर र भक्तपुरमा यसको बजार विस्तार भइसकेको छ भने एक साताभित्र थप बिक्री केन्द्र पनि खुल्ने छ ।

बसन्त रिजाल ।

देशभरि हाल १० भन्दा बढी आउटलेट खुलिसकेका छन् । आउटलेटबाट बुकिङ समेत सुरु भइसकेको छ । उनले नेपाली उपभोक्ताले मौलिक नाम मन पराउने बताए ।

‘आफ्नो बाथरुमको धारा, बेसिनको नाम देशकै नदीको नाम राख्दा देशप्रतिको अपनत्व समेत बढ्छ,’ रिजाल भन्छन् ।

उनका अनुसार पञ्चकन्या बाथवेयर ब्रान्डका मेची, कोशी, गण्डकी, कन्काई, त्रिशुली, मेलम्ची, सेती, कमला, नारायणी, माई, तमोर, झिमरुक, म्याग्दी, हुम्ला, राप्ती, सोलु, महाकाली र कर्णाली मोडेल छ ।

उनले सबै मोडेलका धाराको डाइभर्टर अध्ययन गर्दा उच्च गुणस्तरको पाएको बताए ।

पञ्चकन्या ग्रुप नेपालको चर्चित र अब्बल व्यावसायिक घराना हो । झापाबाट सन् १९७२ देखि राइस मिलबाट व्यवसाय सुरु गरेको यो ग्रुपले घरसम्बन्धी, निर्माण सम्बन्धी नै वस्तु उत्पादन गर्दै आएको ।

नेपाली बजारमा गुणस्तरीय सामग्री उत्पादन गरेर अब्बल साबित भइसकेको पञ्चकन्या ग्रुप अब बाथवेयरमा पनि अब्बल साबित हुने कार्यकारी निर्देशक श्रेष्ठको विश्वास छ ।

‘हामीले सबै अध्ययन र मिहिनेत गरेर नेपाली बाथवेयर ब्रान्ड ल्याएका छौं । हाम्रा उत्पादन अब ग्राहकप्रति समर्पित गर्छौं । ग्राहकको सुझाव अनुसार हामी थप राम्रो गर्दै जानेछौं,’ उनले भने ।

तस्वीर/भिडियो : शंकर गिरी

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -