२०८२ मंसिर २१ गते, आईतवार २१:४४

हेटौँडा सिमेन्ट सञ्चालन गर्न स्थानीय सङ्घर्ष समिति

मकवानपुर । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक संकट गहिरै जाँदा उद्योगले यतिबेला ठुलो संकट व्योहोरी रहेको र पूर्ण रुपमा बन्द हुने अवस्थामा पुगेको छ । पछिल्लो ६ महिनादेखि उद्योग सञ्चालन हुन नसक्दा यतिखेर उद्योग पूर्ण आर्थिक सङ्कटमा छ, भने, उद्योग नै बन्द हुने अवस्थामा पुगेको हो । 

चालू आर्थिक वर्षको ६ महिनामा साउनमा १ दिन, भदौमा १८ दिन र असोजमा सात दिन गरी जम्मा २६ दिन उद्योग चलेको छ । एकातिर सञ्चालन खर्च धान्न नसक्नु र अर्कातिर पुराना उपकरण बारम्बार बिग्रनु उद्योगको नियति बनेको छ  । जसका कारण उद्योग चालू आर्थिक वर्षमा जम्मा २६ दिन मात्रै चलेको छ  । उद्योगको उत्पादन बन्द भए पनि कर्मचारीको तलब भत्ता, केही इन्धन खर्च र सामान्य मर्मत खर्च भइरहेकोले उद्योगमा आर्थिक समस्या बढ्दै गएर अहिले उद्योग पूर्ण रुपमा बन्द हुने अवस्थामा पुगेको हो । 

२०३३ सालमा १ अर्ब ३८ करोड ९० लाख रुपैयाँ लगानीमा स्थापना भएको हेटौँडा सिमेन्ट उद्योगले २०४३ साल मङ्सिर २६ गतेदेखि व्यावसायिक रुपमा सिमेन्ट उत्पादन गर्न थालेको थियो । दैनिक ७५० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता भएको उद्योगले वर्षमा २७ लाख बोरा उत्पादन गर्न सक्छ । तर यो वर्ष उद्योगले मुस्किलले २ लाख बोरा उत्पादन गर्ने अवस्था रहेको पूर्व कर्मचारीहरूले बताएका छन् ।  

उद्योग सञ्चालन गर्न स्थानीय सङ्घर्ष समिति

उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै अहिले स्थानीयले सङ्घर्ष समिति गठन गरेर मकवानपुरको मात्र नभई देशकै महत्पूर्ण हेटौँडा सिमेन्ट कारखाना सञ्चालनका लागि पहल थालेका छन् । स्थानीय सङ्घर्ष समिति गठन गरेर पहिलो चरणमा स्थानीय राजनैतिक दललगायत सरोकारवालासँग उद्योग सञ्चालनका विषयमा छलफलको कार्यक्रम गरिरहेको समितिका संयोजक सुरेश बेरोजगारले बताउनु भएको छ । “उद्योग सञ्चालन हुनुपर्छ भन्ने हाम्रो पहिलो प्राथमिकता छ, यसकालागि स्थानीयवासीको सहभागितामा सङ्घर्ष समिति गठन गरेका छौँ ।” उहाँले भन्नुभयो । सबैको ध्यानाकर्षण गराउँदै उद्योग सञ्चालनको वातावरण बनाउने पक्षमा हाम्रो पहल रहेको उहाँले बताउनुभयो । 

पहिलो चरणमा उद्योगका विषयमा स्थानीय स्तरमा भएको छलफलबाट व्यवस्थापकीय संरचना र कर्मचारीकै कारण हेटौँडा सिमेन्टको अहिलेको अवस्था सृजना भएको पाइएको उहाँले बताउनुभयो । बिहीबार स्थानीय स्तरमा भएको छलफलमा उद्योगको महाप्रबन्धलगायत नेतृत्वको दुरदर्शीताको कमीका कारण उद्योगको यो अवस्था सृजना भएको उद्योगकै अवकाश प्राप्त कर्मचारीले बताएको उहाँले बताउनुभयो । “बिहीबारको छलफलमा हामीले उद्योगका अवकाश प्राप्त कर्मचारीलाई पनि आमन्त्रण गरेका थियौँ, उहाँहरूले त्याहा भित्रकै कर्मचारी उद्योग चलोस् भन्ने पक्षमा छैनन् भन्नुभयो ।” उहाँले भन्नुभयो । 

छलफलमा पूर्व कर्मचारीहरूले सरकारको हेलचेक्राई र व्यवस्थापनबाट उद्योग चलाउँदा घाटा हुन्छ भन्ने भ्रम सृजना गरिएको बताएको उहाँले जानकारी दिनुभयो । यस्तै अहिले उद्योगमा चुनढुङ्गा, कोइलालगायत खरिद गर्न सक्ने नरहेको अवस्थामा कर्मचारीले अतिरिक्त भत्ता खाने, हाजिर गरेर घर फर्कने लगायतका लापरवाही हुने गरेको बताएका छन् । उनीहरूले व्यवस्थापनको व्यथिती र कर्मचारीको लापरबाहीका कारण उद्योगको यो अवस्था आएको बताएको सङ्घर्ष समितिका संयोजक सुरेश बेरोजगारले बताउनुभयो । हिजो वडाका सरोकारवालासँग र आज उद्योगका कर्मचारीहरूसँग छलफल गरेको भन्दै उहाँले उद्योग सञ्चालनका विषयमा सोमबार स्थानीय सरकार, उद्योग प्रशासन, उद्योग मन्त्रालय, विभाग तथा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने बताउनुभयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM