१८ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले चुरोटको पोस्टर टाँसेको भन्दै एक वितरकलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।
क्यामेल चुरोटको पोस्टर टाँस्ने वडा नम्बर १६ मा रहेको सेभेन ओसियन नामक वितरकलाई जरिबाना तिराएको महानगरले जनाएको छ ।
महानगरका विभिन्न स्थानमा क्यामेल चुरोटको पोस्टर टाँसेर विज्ञापन गरेको पाइएपछि जरिबाना गरिएको महानगरको भनाइ छ ।