२०८२ माघ २८ गते, बुधबार ०६:१४

‘खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधान गरिने छ’




काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको क्षेत्रमा देखिएका समस्या दीर्घाकालीन रुपमा समाधान गर्न मन्त्रालय कटिबद्ध रहेको बताउनुभएको छ ।

मन्त्रालयमा आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा केयुकेएल कर्मचारी ट्रेड युनियनसँगको छलफल तथा बैठकमा उहाँले भन्नुभयो, “खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्रालय आफ्नो क्षेत्रबाट लागिपरेको छ, आम नागरिकले सहजरुपमा खानेपानीको प्रयोग गर्न सक्ने गरी खानेपानीको व्यवस्थापन गरौँ ।”

खानेपानी मन्त्रालय काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को अभिभावक भएकाले केयुकेएललाई सहज रुपमा पानी वितरण गर्ने कार्यमा मन्त्रालयले पूर्ण साथ र सहयोग गर्दै आएको तथा आगामी दिनमा पनि सम्पूर्ण सहयोग गर्ने मन्त्री यादवको भनाइ थियो ।

काठमाडौँ उपत्यकासहित देशभरिका खानेपानीका समस्या समाधानका लागि मन्त्रालयले कदम चालिरहेको समेत उहाँले बताउनुभयो । यसैगरी मन्त्री यादवले प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा केयुकेएल कर्मचारी ट्रेड युनियनबिच आपसी मेलमिलापमा रही नागरिकलाई खानेपानी पुर्‍याउने कार्यलाई निरन्तरता दिनसमेत आग्रह गर्नुभएको थियो ।

उक्त बैठकमा मन्त्रालयका सचिव इ प्रमीलादेवी शाक्य बज्राचार्यले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले यहाँका नागरिकलाई खानेपानी वितरणको कार्य गर्दै आइरहेको र अबका दिनमा पनि उक्त कार्यलाई थप अघि बढाउँदै पानी लिकेज भएका ठाउँमा चाँडो मर्मत गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

केयुकेएलका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले काठमाडौँ उपत्यकामा खानेपानी वितरण लगायतका विभिन्न काम भइरहेका र गत असोज ११ गतेको बाढीका कारण कतिपय ठाउँका खानेपानीका मुहान बाढीले बगाएकाले समस्या उत्पन्न भएको बताउनुभयो । आजको उक्त बैठकमा मन्त्रालयका सहसचिव इ मिना श्रेष्ठ, इ रमाकान्त दुवाडी लगायत केयुकेएल कर्मचारी ट्रेड युनियनका कर्मचारीको सहभागिता रहेको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM