२०८२ माघ ४ गते, आईतवार १९:५३

प्रचारप्रसारको अभावमा सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा

कञ्चनपुर। चुरे पर्वत शृङ्खलाको घना वन क्षेत्रको बीच भागमा अवस्थित रहेको सुनदेवी ताल निकै मनमोहक छ । सूर्यको किरण तालमा पर्दा ताल पूरै पहेँलो देखिन्छ । त्यसैले यस ताललाई सुनदेवी भन्ने गरिन्छ ।

शुक्लाफाँटा नगरपालिका–८ मा पर्ने सुनदेवी ताल सौन्दर्यले भरिपूर्ण छ । वन क्षेत्रमा चिरबिर गर्ने विभिन्न प्रजातिका चराको आवाजले मन आनन्दित हुन्छ । हिँड्दै गर्दा नजिकबाट विचरण गर्दै गरेका चित्तल, बँदेल, बाँदर, दुम्सी र वन क्षेत्रमा उड्दै गरेका मयुर, लाटोकोसेरो, धनेसलगायत चरा देखेर प्रफुल्लित नहुने कोही हुँदैनन् । वन क्षेत्रमा फुलेका विभिन्न प्रजातिका फूलको सौन्दर्य पनि हेर्नलायक हुने गरेको छ । प्रचारप्रसार अभावमा यो क्षेत्र ओझेलमा परेको छ ।

यस क्षेत्रसम्म पुग्ने सडक अहिलेसम्म बन्न सकेको छैन । आन्तरिक पर्यटक तथा धार्मिकजनले पैदल नै यस क्षेत्रमा पुग्नुपर्ने बाध्यता छ । पूर्वपश्चिम राजमार्गको वन समितिबाट आठ किलोमिटरको दूरी वातावरण मध्यवर्ती सामुदायिक वनसम्म सवारीसाधनमा जान गर्न सकिने भए पनि त्यसपछिको पाँच किलोमिटर दूरी भने पैदल नै तय गर्नुपर्ने हुन्छ ।

सडक यातायात अभावसँगै प्रचारप्रसारको अभावमा थोरैमात्र आन्तरिक पर्यटक र धार्मिकजन यस क्षेत्रसम्म पुग्दै आएका छन् । चार सय मिटर लम्बाइ र दुई सय मिटर चौडाइ भएको सुनदेवी तालमा रहेको पानी हावाको वहाबसँगै नीलो र पहेँलो रङको देखिने गरेको छ ।

तालको चारैतिर घना वन क्षेत्र भए पनि तालमा भने रूखबाट खसेका पात भने देखिँदैनन् । चारैतिर पहाडले घेरिएको यो ताललाई जतातिरबाट हेरे पनि चौडाइ र लम्बाइ ठम्याउन निकै मुस्किल हुन्छ । चुरे क्षेत्रका अधिकांश तालमा माछा पाइने गरे पनि यो तालमा भने पाइँदैनन् ।

ताल छेउमा स्थानीय बासिन्दाले पूजा गर्दै आएको सुनदेवीको पुरानो खुला आकाशमुनिको भगवतीको थान छ । थानस्थलमा सन् १६७३ का पुराना ठूला घण्टी राखिएकाले यो क्षेत्र प्राचीनकालदेखि नै धार्मिक क्षेत्रका रूपमा रहेको पुष्टि हुन्छ । ताल नजिकै रहेको सुनदेवीको थपनामा भाकल गरे निःसन्तानले सन्तान प्राप्त हुने जनविश्वासका कारण यस क्षेत्रमा नवरात्रका बेला भाकल गर्ने र बर माग्नेको घुइँचो लाग्ने गरेको छ ।

नवरात्र, दसैँ, तिहार, माघेसङ्क्रान्तिमा पूजापाठ र भाकलका लागि यहाँ भक्तजन पुग्ने गरेको स्थानीय समाजसेवी दुर्गादत्त भट्टले बताउनुभयो । उहाँका अनुसार विवाह, व्रतबन्ध र ससाना नानीको कपाल मुण्डनका लागि भक्तजन यहाँ पुग्ने गरेका छन् । त्यो सङ्ख्या भने थोरैमात्र रहने गरेका छन् । ओझेलमा रहेको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न सकिए यस क्षेत्रको विकासमा टेवा पुग्ने उहाँ बताउनुहुन्छ । “ताल क्षेत्रसम्म पुग्ने सडक यातायातको व्यवस्था गर्न सकिए स्थानीय युवालाई गाउँमै रोजगारीका अवसर प्रदान गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि स्थानीय तहले चासो दिनुपर्छ ।”

सुनदेवी तालको सौन्दर्य नियाल्नका लागि पुगेका सुरेश भट्ट यस क्षेत्रको विकासका लागि पहल गरिनुपर्नेमा जोड दिनुहुन्छ । “आँखा अगाडि नै हीरा छ”, उहाँले भन्नुभयो, “टिप्नका लागि अग्रसर हुने कोही छैन, यस्तो मनोरम क्षेत्र हँुदाहँुदै पनि पूर्वाधार विकासमा चासो नदिइनु विडम्बना नै हो ।”, शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता लालबहादु ऐर रमणीय यस पर्यटकीय क्षेत्रको विकासका लागि पहल गर्ने बताउनुहुन्छ ।

“तालसम्म पुग्ने सडक निर्माण गर्न स्थानीय तहको बजेटले सम्भव नहुने भएकाले प्रदेश र सङ्घीय सरकारलाई प्रस्ताव गर्छौँ”, उहाँले भन्नुभयो, “पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि योजनाबद्ध रूपमा अगाडि बढ्छौं ।” तराई क्षेत्रमा सवारीसाधनको प्रयोग गरी पुग्न सकिने सडक र चुरे क्षेत्रमा पदमार्ग निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई पुग्न सकिने गरी कार्य गरिने उहाँको भनाइ छ ।

तालको दक्षिणतर्फ झण्डै सात किलोमिटर टाढाको स्टेशनपुर क्षेत्र अङ्ग्रेजहरूले काठ ओसार्नका लागि रेल स्टेशनका रूपमा प्रयोग गर्ने गरेकाले त्यो क्षेत्र एतिहासिक स्थानका रूपमा रहेको स्थानीय बासिन्दाको भनाइ छ । रेलको स्टेशन रहेको क्षेत्रलाई हाल स्टेशनपुर र अङ्ग्रेजले झण्डा गाडेको स्थानलाई हाल झण्डाबोझ नामले चिनिने गरेको छ ।

जङ्गबहादुर राणालाई अङ्ग्रेजले नयाँ मुलुक फिर्ता दिएपछि रेलका फलामका डण्डी हटाइएका यहाँका बूढापाका बताउँछन् । अझै पनि जङ्गलका बीचमा रेल कुदाउनका लागि बनाइएको पगडण्डीका बीचमा राखिएका काठ देखिने गर्दछन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM