२०८३ जेष्ठ १७ गते, आईतवार ०९:३४

पाँच जनालाई नइ पुरस्कार प्रदान गरिने




काठमाडौँ । नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित पाँच जना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने  भएको छ ।

छ   दशकभन्दा अघिदेखि नेपाली भाषा साहित्यको क्षेत्रमा कविता र निबन्धको सिर्जनाका साथै अनुवाद र सम्पादनमा समेत विशेष योगदान गरेबापत पाल्पाका कृष्ण प्रसाद बस्याललाई साठी हजार रुपियाँ राशिसहित ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ समर्पण गरिने भएको छ । 

‘नइ कीर्ति विवेचना’नामक कृतिमार्फत नइ प्रकाशनको कीर्ति, गरिमा र महिमाको अभिवृद्धिका लागि साहित्यकार ठाकुर शर्मा भण्डारीलाई ‘नइ कपिल शोध पुरस्कार’ समर्पण गरिने भएको छ ।  

त्यसैगरी काठमाडौँ उपत्यकाबाहिर रहेर नेपाली भाषा साहित्यको सिर्जना र सङ्गठनको संवर्धनमा समर्पित हुँदै शिक्षा सेवामा समेत योगदान पुर्‍याउनु हुने झापाका धनकुटे कान्छालाई ‘नइ देरुनीख गौरव पुरस्कार’ समर्पण गरिने भएको छ । 

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हित, मर्यादा र सङ्गठनमा क्रियाशील र समर्पित रही देशदेशान्तरमा समेत उल्लेखनीय योगदान पुर्‍याउने पोखराकी तेस्रो लिङ्गी श्रजनी थकालीलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । 

उल्लेखित पुरस्कारका राशि जनही पचास/पचास हजार रुपियाँ रहेका छन् ।

थाइल्यान्डमा सम्पन्न विश्वका चवालीस राष्ट्रका आदिवासी किशोरीको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा मिस हेरिटेज पेटाइट युनिभर्सबाट सर्वोत्कृष्ट घोषित भई नेपालको प्रतिष्ठा बढाए बापत झापाकी मनीषा राजवंशीलाई  पच्चीस हजार रुपियाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ समर्पण गरिने भएको छ ।

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईँले  उक्त  सम्मान तथा पुरस्कार प्रदान गरिने निर्णय  गरिएको जानकारी दिनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM