२०८३ जेष्ठ १७ गते, आईतवार ०४:४९

हिउँदे अधिवेशनको तयारीमा सभामुख, छुट्टाछुट्टै छलफल




काठमाडौँ । आसन्न संसदको हिउँदे अधिवेशनको तयारीबारे सभामुख देवराज घिमिरेले विभिन्न बैठक राख्नुभएको छ।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार, माघ १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको सन्दर्भमा सभामुखले आज बिहान ११ बजे सत्तापक्षका मुख्य र प्रमुख सचेतकसँग छलफल गर्नुहुनेछ। त्यस्तै, प्रमुख प्रतिपक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकसँगको छलफल दिउँसो २ बजे तय गरिएको छ।

भोलि (सोमबार) बिहान ११ बजे प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग बैठक राखिनेछ। दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तालिका छ।

सभामुख घिमिरेले समितिमा विचाराधीन विधेयकलाई छिटो टुंग्याउन संसदीय समितिका सभापतिहरूसँग अलग-अलग संवाद गर्दै आइरहनुभएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM