२०८३ बैशाख ३१ गते, बिहीबार ०१:३१

अस्पतालबाट फरार थुनुवा पुनः पक्राउ

चितवन। उपचारका क्रममा अस्पतालबाट फरार भएका एक थुनुवालाई चितवन प्रहरीले पुनः पक्राउ गरेको छ।

लागुऔषध मुद्धामा पुस २३ गते पक्राउ परेका कालिका नगरपालिका–२ बस्ने २७ वर्षीय किरण चौधरी माघ ६ गते बकुलहर टाँडी अस्पतालबाट फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, चौधरीलाई माघ ३ गते अचानक ज्वरो आएपछि उपचारको लागि अस्पताल पठाइएको थियो।

चौधरी अस्पतालबाट फरार भएसँगै प्रहरीको खोजी सुरु भएको थियो। उनलाई माघ ९ गते, बुधबार, कालिका–३ स्थित थाङखोला सामुदायिक वनमा लुकी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM