रूपन्देही। प्रधानमन्त्री केपी शर्मा ओली भोलि, शुक्रबार, रूपन्देही आउने हुनुभएकाे छ। उहाँले यस क्षेत्रका विभिन्न कार्यक्रमहरूमा सहभागी हुनुहुनेछ। नेकपा एमालेका केन्द्रिय अध्यक्षसमेत रहनुभएका ओली पाल्पा जिल्लामा तीन कार्यक्रम र रुपन्देही जिल्लामा एक कार्यक्रममा सहभागी हुनु हुनेछ ।
प्रधानमन्त्री ओलीको भ्रमण कार्यक्रम अनुसार, शुक्रबार बिहान सवा ११ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम छ। त्यसपछि, हेलिकप्टरमार्फत उनले बुटवलको बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १२:१५ बजे पुग्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्नुभएकाे छ। यसपछि उहाँले त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ र सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धवावामा निर्माण गरिएको सुरुङमार्गको ब्रेकथ्रु कार्यक्रममा विशेष सहभागिता जनाउनुहुनेछ।
सुरुङमार्गको निर्माण ५ वर्षमा पूरा हुने लक्ष्य छ र यो परियोजना चीनको स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनद्वारा ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको छ। २०८३ सालमा यो सुरुङमार्ग सकिने भनिएको छ।
ब्रेकथ्रु उत्सवपछि, प्रधानमन्त्री ओली बुटवल–गोरुसिंगे सडकको स्तरोन्नति सिलान्यास कार्यक्रममा पनि सहभागी हुनुहुनेछ । बुटवलदेखि गोरूसिंगे सडकको पहिलो चरणको निर्माण कार्य प्रधानमन्त्री ओलीले सिलान्यास गर्नुहुनेछ। यो सडकको निर्माणमा यातायात सेवा अवरुद्ध नहुने गरी काम अगाडि बढाइने जनाइएको छ।
यो आयोजनाबाट रूपन्देही र कपिलवस्तुका बस्तीहरूमा आवतजावत सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।
















