Friday, February 7, 2025
घरसमाचारवीर्य सम्बन्धी १३ भ्रम

वीर्य सम्बन्धी १३ भ्रम

‘वीर्य जति बाक्लो, त्यति बच्चा उत्पादन क्षमता राम्रो’, ‘जति धेरै वीर्य, त्यति बढी बच्चा छिटो बस्ने सम्भावना’, ‘वीर्य स्खलन हुने बित्तिकै म्याराथुनमा दौडिए जस्तो पौडिएर छिटो योनीमा पुग्छ !’ यी वीर्य सम्बन्धी फैलिएका भ्रम हुन्, जसमा कुनै तुक छैन ।

यहाँ, यस्तै केही भ्रमको चिरफार गरिएको छ ।

भ्रम : वीर्य जति बाक्लो, त्यति बच्चा उत्पादन क्षमता राम्रो।

सत्य — वीर्यको मात्रा गाढा वा बाक्लो हुँदैमा बच्चा जन्माउने क्षमता उत्पातै हुन्छ भन्ने हुँदैन । वीर्य थोरै गाढा हुनु राम्रो हो ।तर, धेरै बाक्लो भएमा योनीभित्र त्यति सहज भएर पुग्न पाउँदैन ।

भ्रम : उमेरले शुक्रकीटको गुणस्तर घट्दैन।

सत्य — जब पुरुष ४० वर्ष नाघ्छ, उसको शुक्रकीटको गुणस्तर निरन्तर घट्दै जान्छ । यसको अर्थ वृद्ध पुरुषले बच्चा जन्माउन सक्दैन भन्ने होइन । तर शुक्रकीटको गुणस्तरमा गिरावट र असामान्य आकारको शुक्रकीटको वृद्धिको कारणले गर्दा गर्भ बस्ने सम्भावना भने कम हुन्छ ।

भ्रम : खेलाडीको जस्तो द्रुत गतिमा दौडिन्छ, वीर्यको हुल।

सत्य — वीर्यलाई लिएर एउटा भ्रम व्यापक छ– त्यो हो, वीर्य खेलाडीको जस्तो द्रुत गतिमा दौडन्छ । जुन गलत हो । वीर्य एकसाथ द्रुत गतिमा गइरहेको हुँदैन । यो पुरुष अनुसार फरक–फरक गतिमा प्रवेश गरिरहेको हुन्छ । यसको हलचलको लागि महिलाको योनीको तरल पदार्थ आवश्यक पर्छ ।

भ्रम : जति धेरै वीर्य त्यति बढी बच्चा छिटो बस्ने सम्भावना।

सत्य — गर्भ बसाउनको लागि वीर्यको मात्रा धेरै आवश्यक पर्दैन । बरु, वीर्य स्वस्थ भने हुनुपर्छ । वीर्य स्वस्थ भएर मात्र पनि हुँदैन । गर्भ बस्न महिलाको डिम्ब पनि निस्किने समय हुनुपर्छ । वीर्य र अण्डाशयको मिलनले मात्र गर्भ बस्ने सम्भावना रहन्छ ।

भ्रम : वीर्य कम समयसम्म जीवित हुन्छ।

सत्य — वीर्य निस्केपछि केही घण्टा वा केही मिनेटसम्म मात्र रहन्छ । तर, त्यस्तो होइन । वीर्य स्खलन भएपछि महिलाको योनिमा तीन दिनसम्म जीवित रहन सक्छ । यद्यपि, बाहिरी वातावरणमा भने केही मिनेटमै मर्न सक्छ । कति जीवित रहनुपर्छ भन्ने कुरा कसैको शारीरिक स्थितिमा पनि भर पर्छ ।

भ्रम : पुरुषमा बाँझोपन हुने कारण वीर्यको गुणस्तरको कमी हो ।

सत्य — समग्र स्वास्थ्यले प्रजनन् क्षमतालाई असर गर्छ । पुरुष प्रजनन् क्षमताको लागि शुक्रकीटको गुणस्तर एक महत्वपूर्ण तत्व हो । तर, यो मात्र कारक होइन । हर्मोनको स्तर, मोटोपना, धूम्रपान, मदिरा र केही औषधिहरूले प्रजनन् क्षमतालाई नकारात्मक रूपमा असर गर्न सक्छन् ।

भ्रम : हस्त मैथुनले वीर्य उत्पादनमा असर गर्छ।

सत्य — हस्तमैथुनले वीर्य उत्पादनमा असर गर्ने वा वीर्यको उत्पादन नै नहुने हुँदैन । यसको गुणस्तरमा पनि कुनै असर गर्दैन ।

भ्रम : मोबाइल फोन वा ल्यापटपको विकिरणले शुक्राणुमा असर गर्दैन।

सत्य — लामो समयसम्म यी उपकरणको नजिक बस्दा शुक्राणुको स्वास्थ्यमा असर पर्ने विभिन्न अध्ययनले देखाएको छ ।

भ्रम : मदिरा र धूम्रपानले वीर्यको गुणस्तरमा असर गर्दैन । बरु, मदिराले थप ऊर्जा दिन्छ ।

सत्य — वीर्यलाई सबैभन्दा असर गर्ने तत्व नै मदिरा र धूम्रपान हो । यसले वीर्यको संख्या, उत्पादन र गुणस्तर सबैमा असर पार्छ । कतिपय पुरुषमा बाँझोपनको समस्या समेत देखाएको विज्ञानले प्रमाणित गरेको छ ।

भ्रम : नियमित यौन सम्पर्क राख्दा वीर्यको गुणस्तर घटाउँछ ।

सत्य — यो भनाइमा कुनै सत्यता छैन । नियमित यौैन सम्पर्क गर्दा वीर्यको गुणस्तर र प्रजनन् क्षमतामा असर गर्दैन । बरु, वीर्यको संख्या थोरै कम भने हुन सक्छ ।

भ्रम : वीर्यलाई तातो वातावरणले असर गर्दैन।

सत्य — होइन, वीर्यलाई तातोले नकारात्मक असर पार्न सक्छ । पुरुषको प्रजनन् प्रणाली, विशेषगरी अण्डकोष शरीरको तापक्रमभन्दा करिब २–३ डिग्री सेल्सियस कम तापक्रममा काम गर्न डिजाइन गरिएको हुन्छ । तापक्रम बढ्दा वीर्यको उत्पादन, गुणस्तर, र गतिशीलतामा नकारात्मक असर पर्न सक्छ ।

भ्रम : वीर्यको रंगले स्वास्थ्य अवस्था बताउँछ।

सत्य — वीर्यको रंगले स्वास्थ्यको सूचक होइन । यो मात्र विभिन्न कारणले फरक हुनसक्छ। जुन सामान्य हो ।

भ्रम : प्रत्येक वीर्य स्खलनमा प्रजनन् सम्भव हुन्छ ।

सत्य — प्रजनन्‌कोे लागि स्वस्थ वीर्य हुन आवश्यक छ । कमजोर वीर्यले गर्भ रहन कठिन हुन्छ। वीर्यमा कैयौं अस्वस्थ र अक्षम शुक्राणु हुन्छन्। तीमध्ये सबैभन्दा बलियो र स्वस्थ वीर्य मात्र निषेचनको लागि जान्छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -