२०८३ असार १८ गते, बिहीबार १८:५१

काठमाडौंमा माघे सकरातिको साँस्कृतिक उत्सव (तस्वीरहरू)

१ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा बसोबास गर्ने मगर समुदायले टुँडिखेलमा भेला भएर माघे संक्रान्ति पर्व मनाएका छन् । माघे संक्रान्ति मगर समुदायको प्रमुख साँस्कृतिक पर्व हो । उनीहरुले माघे संक्रान्तिलाई ‘माघे सकराति’ भन्ने गर्दछन् ।

उनीहरुले मगर भेषभुषामा सजिएर उनीहरुले र्‍याली निकाले । र्‍याली काठमाडौंको विभिन्न स्थान परिक्रमा गर्दै टुँडिखेल पुगेको थियो ।

बुढाबुढी, युवायुवती र बालबालिकाहरु परम्परागत पोशाकमा सजिएका थिए । टुँडिखेलमा उनीहरुले साँस्कृतिक कार्यक्रम पनि आयोजना गरेका छन् । महिलाहरुको टोली पञ्चेबाजासहित कार्यक्रममा सहभागी भएको थियो ।

माघे संक्रान्ति पर्वलाई विभिन्न समुदायले आ–आफ्नै तरिकाले मनाउने गर्दछन् । विशेषगरी थारु र मगरहरुले नयाँ वर्षको उल्लासको रुपमा माघे संक्रान्ति पर्व मनाउँछन् । टुँडिखेलमा अहिले साँस्कृतिक उत्सवको माहोल छ ।

हेर्नुहोस् तस्वीर –

            

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM