२०८३ असार १८ गते, बिहीबार २०:३३

पीएम कप महिला क्रिकेट : गण्डकीद्वारा सुदूरलाई ५६ रनको लक्ष्य

१ माघ, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट २०८१ को पहिलो खेलमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश खेलिरहेका छन् । ओभर छोट्याइएको खेलमा गण्डकीले सुदूरपश्चिमलाई ५६ रनको लक्ष्य दिएको छ ।

खराब मौसमका कारण ढिला गरी सुरू भएको खेल १५ ओभरमा झारिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले १५ ओभरमा ७ विकेट गुमाएर ५५ रन बनाएको छ ।

गण्डकीका लागि रेखा तामाङले सर्वाधिक १३ तथा ओपनर सृजना पौडेलले १० रन बनाइन् । अन्यले दोहोरो अंकमा रन बनाएनन् ।

सुदुरकी रेखा धामीले ३ ओभरमा ९ रन दिएर ४ विकेट लिइन् । जानकी थापा र रितु कनोजियाले १-१ विकेट लिइन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM