२०८३ असार १९ गते, शुक्रबार ०४:२३

मधेश केन्द्रित दलहरूको संयुक्त कार्यदलको बैठक भोलि

२९ पुस, काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलहरूको मोर्चा गठन गर्ने प्रयासस्वरुप बनेको कार्यदलको पहिलो बैठक भोलि (मंगलबार) बस्ने भएको छ ।

मंगलबार बिहान ११ बजे काठमाडौंको धुम्बाराहीस्थित समर्पण एकेडेमीमा बैठक बस्न लागेको हो ।

बैठकमा विभिन्न दलका नेताहरू सहभागी भई मोर्चा निर्माणको खाका, उद्देश्य, र साझा एजेन्डाबारे छलफल गर्ने तय भएको छ ।

मधेश केन्द्रित मुद्दाहरूमा एकजुट भई राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले कार्यदल गठन गरिएको बताइएको छ ।

बैठकमा जनता समाजवादी पार्टीबाट रेणु यादव र ईस्तियाक राई, जसपा नेपालबाट राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीबाट जितेन्द्र सोनल, सुरेन्द्र झा, जनमत पार्टीबाट अब्दुल खान, शरद यादव, जनप्रगतिशील पार्टीबाट शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टीबाट केशव झा, तराई मधेश लोकतान्त्रिक पार्टीबाट वृषेश चन्द लाल सहभागी हुनेछन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM