२०८३ जेष्ठ २३ गते, शनिबार १९:३५

‘गुणस्तरीय बीउ बिजनमा कृषकको पहुँच बढाउनुपर्छ’




काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउ बिजनमा कृषकको पहुँच बढाउन आवश्यक रहेको बताउनुभएको छ । 

नेपाल बीउ व्यवसायी सङ्घको २६औँ साधारणसभा तथा अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले कृषि क्षेत्रको आधार स्तम्भ बीउ भएकाले समयमै गुणस्तरीय बीउ किसानलाई उपलब्ध गराउन व्यवसायीले ध्यान पुर्‍याउन आवश्यक रहेको बताउनुभयो ।

आम नागरिकको घर खेतसम्म बीउ पुग्ने र यसमा समस्या देखिँदा खाद्य सङ्कट समेत आउन सक्ने भएकाले बीउ बिजनमा काम गर्नेहरू थप संवेदनशील हुन जरुरी रहेको मन्त्री अधिकारीले बताउनुभयो  ।

गुणस्तरीय बीउ बिजनमा कृषकको पहुँच बढाउन सरकारले कानूनी, संरचनागत तथा संस्थागत प्रबन्धहरू विगतदेखि नै गर्दै आइरहेको भन्दै बीउबिजन ऐन, २०४५ तथा बीउबिजन नियमावली, २०८१ मा भएका नयाँ व्यवस्था निजी क्षेत्रमैत्री रहेको पनि बताउनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM