२०८३ असार ११ गते, बिहीबार २०:०३

करेन्ट लागेर एक मजदुरको मृत्यु




कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

घर निर्माण गर्ने क्रममा विद्युतिय करेन्ट लागेर कैलाली लम्कि घर भई महेन्द्रनगरमा मजदुरी गर्ने २८ वर्षिय मनिका कठरीयाको मृत्यु भएको हो । महेन्द्रनगरका रामकुमार थापाको घर निर्माण गर्ने क्रममा कठरीयालाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

सरिया उठाउने क्रममा हाइ-टेन्सन लाइनमा छोइँदा करेन्ट लागेर घाइते कठरीयाको नवजीवन अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM