२०८३ असार २७ गते, शनिबार २३:४९

किरिया खर्च मिलाउन सहयोग गर्छु भन्दै घुस लिने नासु पक्राउ

१ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन, कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बा अशोक कुमार यादवलाई पक्राउ गरेको छ ।

सवारी ज्यान कसुर मुद्दामा मृतकका पीडित पक्षले पाउने किरिया खर्च तथा क्षतिपूर्तीको रकम उपलब्ध गराउन सहजीकरण गर्ने भन्दै २० हजार घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताएका छन् ।

अनुसन्धानका क्रममा जिप्रका, महोत्तरीकै मुद्दा फाँटमा कार्यरत अर्का नासु दिनेश प्रसाद साहको पनि मिलेमतो देखिएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दुवैविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर भएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM