२०८३ असार २८ गते, आईतवार ०३:५३

धानको पूजा गरी मनाइयो धान्य पूर्णिमा




काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्य पूर्णिमा पर्व मनाएका छन् । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ ।

मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी भित्र्याइएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । 

यसअघि नवान्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गरेका छन् । 

यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवी सिन्धुपाल्चोकको स्फटकेश्वर, नुवाकोटको सिकरबेँसी र दुप्चेश्वरललगायत स्थानमा समेत मेला लागेको जनाइएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM