Tuesday, January 14, 2025
घरसमाचारगोदावरी मेयर कप फुटबल : टीकाभैरवलाई हराउँदै गोदावरी विजेता

गोदावरी मेयर कप फुटबल : टीकाभैरवलाई हराउँदै गोदावरी विजेता

२२ मंसिर, काठमाडौं । वडा नम्बर ३ गोदावरीले गोदावरी नगरपालिका अन्तर वडा मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार टाहाखेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ६ टीकाभैरवलाई २–० ले हराउँदै गोदावरीले मेयरकप फुटबलको उपाधि जितेको हो ।

गोदावरीको जितमा दुबै गोल कप्तान पासाङ लामाले गरे । उपाधि विजेता गोदावरीले एक लाख नगदसहित ट्रफी पाएको छ भने उपविजेता टीकाभैरवले ५० हजार नगदसहित ट्रफी पाएको छ ।

गोदावरी नगरभित्रका १४ मध्ये १३ वटा वडाहरुबीच भएको प्रतियोगिताको फेयर प्ले टिमको उपाधि वडा नम्बर १ गोदामचौरले जितेको छ । फेयर प्ले टिमले गोदामचौरले २५ हजार नगद प्राप्त गरेका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा वडा नम्बर ३ का पासाङ लामा , उत्कृष्ट गोलकिपरमा गोदावरीका विवेक सिल्वाल, उत्कृष्ट डिफेन्डर टीकाभैरवका श्रीराम थापा, उत्कृष्ट प्रशिक्षक ३ नम्बर वडाकै डम्बर बहादुर स्याङताङ घोषित भए ।

गोदावरीकै सायर तामाङ सर्वाधिक गोलकर्ता भए । उनले प्रतियोगिता अवधिभर ५ गोल गरे । इमर्जिङ प्लेयरको उपाधी वडा नम्बर ७ देवीचौरका मदन थिङ भए ।

प्रत्येक विधागत उत्कृष्ट खेलाडी , उत्कृष्ट गोलकिपर , गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ताले पुरस्कारसहित नगद ५ –५ हजार पाएका छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -