Saturday, November 30, 2024
घरसमाचारजितपछि अनिलले भने- क्रिजमा टिकेर खेल्न विदेशीबाट सिक्नुपर्छ

जितपछि अनिलले भने- क्रिजमा टिकेर खेल्न विदेशीबाट सिक्नुपर्छ

१५ मंसिर, काठमाडौं । शनिबारदेखि सुरू भएको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले विजयी सुरूवात गरेको छ । जनकपुरले विराटनगर किङ्सलाई ८ विकेटले पराजित गरेको हो ।

खेलमा जनकपुरका लाहिरु मिलान्थाले ७५ रनको अविजित पारी खेले । उनलाई हर्श थाकरले २९ रन बनाएर साथ दिए । १२८ रनको लक्ष्य पछ्याउँदा सुरूवातमै दुई विकेट गएपछि लाहिरु र थाकर मिलेर इनिङ उकासेका थिए ।

जितपछि जनकपुरका कप्तान अनिल शाहले क्रिजमा टिकेर खेल्दा जित सम्भव भएको बताए । ‘पिच बलरहरूको लागि सहयोगी थियो अनि कसैले पनि राम्रोसँग बलमा ब्याट लगाउन सकिरहेका थिएनन्’ अनिलले भने, ‘विदेशी खेलाडीहरू अनुभवी छन् । उनीहरूबाट सिक्न पर्छ । क्रिजमा जति टिक्न सक्यो त्यति राम्रो हुन्छ अनि थाहा हुन्छ कति स्कोर राम्रो हुन्छ भनेर ।

‘सुरूमा मार्टिन गप्टिलले पनि खुलेर खेल्न सकिरहेका थिएनन् । पछि उनले क्रिजमा टिक्दै पिच रिड गर्दै खेल्न थाले अनि पछि उनको ब्याटबाट रन बन्न थाल्यो’ अनिलले थपे ।

अनिलले प्रतियोगिताको सुरूवातमा नै २ अंक जोड्न पाउनु महत्वपूर्ण भएको बताए । ‘हामीले प्लानिङहरू गरेका थियौं अनि त्यसकै अनुसार चल्यौं, त्यसकै कारण यो जित सम्भव भयो’ उनले भने ।

जनकपुरको टप अर्डर नचले पनि विदेशी खेलाडीहरूले क्रिजमा टिकेर खेल जिताएको उनको भनाई थियो । ‘टप अर्डर हामी चल्न सकेनौं । हामी चुके पनि लाहिरू र हर्शले राम्रो खेले र हामीले जित्यौं’ उनले भने ।

उनले एनपीएलका कुनै पनि टिम कमजोर नभएको बताए । ‘कमजोर कुनै पनि टिम छैन, विदेशी हुनु र नहुनुभन्दा नि जसले राम्रो खेल्छ उसले नै जित्छ’ अनिलले भने । 

आसिफलाई किपर नराखेको भन्ने प्रश्नमा उनले भने, ‘आसिफले नेपाली बलररूसँग कुरा गरिराख्न सकून् भनेर हो। हामीसँग मिलान्था थिए किपरको विकल्प, अनि नेपाली खेलाडीको बारेमा थाहा भएकाले सहज होस् भनेर हो।’

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -