२०८२ पुष २१ गते, सोमबार ०८:४०

‘विदेश सम्बन्धमा यो सरकार गुमनाम भयो, ओलीलाई भारत र चीन दुवैले भाउ दिएनन्’

काठमाडौं/आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आफ्नै पार्टी कार्यालय सुरक्षित राख्न नसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कसरी शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सक्छन् ? भनेर प्रश्न उठाएका छन् । एमालेसम्बद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघले गत शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय, च्यासलमा राखेको बैठकमा कार्यकर्ताहरुले नांगो खुकुरी प्रदर्शन गरेकोबारे लक्षित गर्दै साहले एमाले अध्यक्ष ओलीले आफ्नै पार्टी कार्यालय सुरक्षित राख्न नसकेको अवस्थामा प्रधानमन्त्रीको जिम्मेवारीमा देशको शान्ति, सुव्यवस्था कसरी कायम गर्न सक्छन् ? भन्दै प्रश्न उठाएका छन् ।

सिंहदरबारस्थित् दलको कार्यालयमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उनले अहिलेको प्रधानमन्त्री ओली सबै मोर्चामा असफल भएको दाबी गरे । उनले सरकारको एक सय दिनमा आम जनतामा निराशा पैदा गर्ने काम र देशलाई झनै पछि धकेल्नेबाहेक अरू केही प्रगति हुन नसकेको आरोप लगाए । प्रधानमन्त्री ओलीले चर्को भाषण गर्दै देशमा माओवादीलाई शान्ति प्रक्रियामा आफूहरुले ल्याएको र हतियार बिसाएको भनेर भन्नुपनि निरर्थक हुने उनको टिप्पणी छ ।

उनले भने,‘जुन देशको प्रधानमन्त्रीको पार्टी कार्यालयमा दिनदाहाडै कार्यकर्ताहरुले खुकुरी प्रदर्शन गर्छन्, अनि त्यो पार्टीको अध्यक्ष सरकारको प्रमुख हुँदा देशमा शान्ति तथा सुव्यवस्था कायम हुन्छ त ? केपीजीलाई म भन्न चाहन्छु–तपाईं पहिले आफ्नो पार्टी कार्यालय सुरक्षित राख्नुहोस । देशको प्रधानमन्त्री उपस्थित् हुने कार्यक्रममा आफ्नै कार्यकर्ताले नांगो खुकुरी प्रदर्शन गर्छन्, अनि त्यो प्रधानमन्त्रीले देशमा शान्ति, अमनचयन कायम गर्न सक्ला त ? अनि त्यही प्रधानमन्त्रीले बडो धाक लगाएर माओवादीको हतियार बिसाउन आउँछ भनेर भाषण गर्ने ? प्रधानमन्त्रीलाई म आफ्नो बोली र व्यवहार एकचोटी हेर्न आग्रह गर्न चाहन्छु ।’

फरक प्रसंगमा उनले प्रधानमन्त्री ओली अध्यादेशको राजनीतिमार्फत अघि बढ्दै संसद् विघटन गर्ने र संविधान मास्ने बाटोमा अग्रसर बनेको आरोप लगाए । उनले भने,‘उहाँ देशलाई स्थिरतातर्फ होईन अस्थिर बनाउने खलनायक हो, अहिले अध्यादेशको जोखना हेर्दै हुनुहुन्छ, दल विभाजन गर्दै संसद् विघटन गर्ने अनि संविधान मास्ने उहाँको योजना छ ।’

प्रधानमन्त्री ओलीले एकपछि अर्को कुकर्म गर्ने गरेको तर सरकारको मुख्य साझेदार दल मुकदर्शक भएर बसेकोमा भने साहले आश्चर्य प्रकट गरे । उनले भने,‘कांग्रेसजस्तो बलियो र प्रजातान्त्रिक पार्टी आज केपीको कुकर्मको साक्षी बसेको छ, मलाई त आश्चर्य लागेको छ कि कांग्रेस एमालेको शाखा कार्यालयजस्तो भयो । हेर्दाहेर्दै कांग्रेसका नेताहरु केपी ओलीको कर्मचारी बने । कहिलेकाहीँ सरकारलाई घचघचाउने गगन थापा अहिले मौन ब्रतमा हुनुहुन्छ, उहाँ त यो सरकार बनेपछि नै गुप्तवासमा बस्नुभएको भान भएको छ ।’

पूर्वमन्त्री साहले प्रधानमन्त्री ओलीले भारत र चीनसँगको नेपालको सन्तुलित सम्बन्धमा पनि खलल पुग्नेगरि कदम चालेको र त्यहीअनुसार प्रस्तुत हुन थालेकोमा पनि चिन्ता व्यक्त गरे । उनले अहिलेको सरकार विदेश मामिलामा गुमनाम बनेको आरोप लगाए ।

उनले भने,‘यो सरकार विदेश मामिलामा गुमनाम बनेको छ । भारत, चीन कसैले पनि भ्यालु दिएका छैनन् । यसले नेपालको अन्तर्राष्ट्रिय रूपमा छवि धुमिल बनाउँछ ।’ आफ्नो कुकर्मको कारण जनस्तरबाट आलोचना हुँदापनि प्रधानमन्त्री ओलीले लोकप्रियताको रटान लगाउनु अनि जनस्तरबाट विरोध तथा आलोचना हुँदा भाडाको मान्छेले विरोध गरेको भन्ने अभिव्यक्ति आउनु आँफैमा अधिनायवादी सोच भएको साहको टिप्पणी छ । उनले शासकहरु सक्किने बेलामा बर्बराउने गरेको विश्व इतिहास सम्झाउँदै अब केपी ओलीपनि एकपछि अर्को आफ्नो ककुर्मको भारीले थिचिएर समाप्त हुने ठोकुवा गरे ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d marwah4d moga4d bisajp slot gacor bisajp marwah4d bisajp republikvip republikvip republikvip marwah4d marwah4d
koi77 kingmedan303 kingmedan303 kingmedan303 djarum4d djarum4d
https://www.asuusg.com/safety-escort slot88 zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM