Monday, November 11, 2024
घरप्रदेशकोशी प्रदेशघुमुवा खटाउने डिआइजीसँग स्पष्टिकरण

घुमुवा खटाउने डिआइजीसँग स्पष्टिकरण

काठमाण्डौ/आफूलाई झुक्याएर सादा पोशाकका प्रहरी परिचालन गरेको भन्दै प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङसँग स्पष्टिकरण सोधेका छन् । त्यसरी खटाइएका प्रहरी आर्थिक लेनदेनमा संलग्न देखिएका थिए ।

जिल्ला प्रहरी कार्यालय, मोरङमा कार्यरत एक जवानले प्रहरी महानिरीक्षकबाट खटाएको हुँ भन्दै धम्काएको खबर पाएपछि महानिरीक्षक कुँवरले कारबाही गर्न निर्देशन दिएका थिए ।

तर, ती प्रहरीलाई गणमा काज देखाएर जिल्ला प्रहरी कार्यालय मोरङमै खटाएको खुलेपछि डिआइजी खापुङमाथि पनि कारबाही हुन लागेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

मोरङका तत्कालिन एसपी नवराज कार्कीले तीनै घुमुवा परिचालन गरी क्रिप्टो कारोबार गर्नेसँग ४० लाख रुपैयाँ असुलेको हाल बाहिर आएको छ । सो विषयमा विस्तृत छानविन भइरहेको छ । तर, पीडितलाई प्रभावमा पारी उजुरी दिनबारे रोक्ने एसपीलाई जोगाउने चलखेल समेत भइरहेको प्रहरी स्रोत बताउँछ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -