२०८२ फाल्गुन २९ गते, शुक्रबार ०४:०५

विश्वविद्यालयको आगामी प्रमुख बन्न अक्सफोर्डद्वारा ३८ उम्मेदवारको घोषणा

लन्डन । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बुधबार आफ्नो अर्को चान्सलर बन्न ३८ उम्मेदवार प्रतिस्पर्धामा रहेको बताएको छ ।

तथापि हाल जेलमा रहनुभएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान ती प्रतिस्पर्धीमा पर्नुभएको छैन । उहाँको पार्टीले खानका लागि आवेदन दिएको बताएको थियो । 

उम्मेदवारहरूले हङकङका पूर्वगभर्नर क्रिस प्याटनको उत्तराधिकारी बन्न प्रतिस्पर्धा गरिरहेका छन् । प्याटन २१ वर्षपछि जुनमा बिदा हुनुभएको थियो । यो औपचारिक पद सन् १२२४ देखि लगातार पूर्ति हुँदै आएको छ ।

प्याटनको स्थान लिन उच्च–प्रोफाइल नामहरूमा कन्जर्भेटिभ पार्टीका पूर्वनेता एवं विदेश सचिव विलियम हेग, लेबर पार्टीका पूर्व युरोपेली सङ्घ व्यापार आयुक्त पिटर म्यान्डेलसन र पूर्व महान्यायाधिवक्ता डोमिनिक ग्रिभ समावेश हुनुहुन्छ ।

आठ सय वर्षमा पहिलो पटक यो पद धारण गर्ने महिला बन्ने आशा गर्दै स्कटिश वपकल एलिश एन्जियोलिनीले गर्नुभएको छ । उहाँले सन् २०२१ मा लन्डनका एक प्रहरी अधिकारीद्वारा ३३ वर्षीया मार्केटिङ कार्यकारी सारा एभरार्डको बलात्कार, अपहरण र हत्याको उच्च–प्रोफाइल जाँच नेतृत्व गर्नुभएको थियो ।

एन्जियोलिनी हाल सेन्ट ह्युज कलेज, अक्सफोर्डकी प्रिन्सिपल हुनुहुन्छ । यहाँका पूर्वविद्यार्थीहरूमा बेलायतकी पूर्वप्रधानमन्त्री थेरेसा मे र म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सु की रहनुभएको छ ।

अर्का अक्सफोर्ड प्रिन्सिपल सोमरभिल कलेजकी जान रोयल पनि दौडमा हुनुहुन्छ । उहाँ पूर्व लेबर नेता नील किनकका पूर्व सल्लाहकार र हाउस अफ लर्ड्सकी नेत्री हुनुहुन्थ्यो ।

अगस्टमा इमरान खानको पाकिस्तान तहरिक–ए–इन्साफ ९पिटिआई० पार्टीका लन्डनस्थित प्रवक्ताले पूर्वप्रधानमन्त्रीले आफ्नो आवेदन पेश गर्न चाहने निर्देशन दिएको बताएका थिए ।

सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्री रहनुभएका खानले भ्रष्टाचारदेखि हिंसा भड्काउनेसम्मका विभिन्न आरोपमा एक वर्षभन्दा बढी जेलमा बिताउनुभएको छ । यसलाई उहाँले राजनीतिक प्रेरित र उहाँलाई सत्ताबाट टाढा राख्न डिजाइन गरिएको बताउनुभएको छ ।

उहाँले सन् १९७५ मा दर्शनशास्त्र, राजनीति र अर्थशास्त्रको अध्ययन गरेर अक्सफोर्डबाट स्नातक गर्नुभएको थियो । त्यसपछि राजनीतिमा प्रवेश गर्नुअघि उत्कृष्ट करियरमा पाकिस्तानको क्रिकेट टोलीको कप्तानी गर्नुभएको थियो ।

विश्वविद्यालयले आवेदनहरूलाई बेलायती कर प्राधिकरणद्वारा ‘उपयुक्त र उचित व्यक्ति’ नठानिएका आवेदकहरूलाई अयोग्य ठह¥याउने आफ्नो ‘चार बहिष्करण मापदण्ड’ मा विचार गरिएको बताएको छ ।

दुई चरणको मतदानपछि, नयाँ चान्सलरको घोषणा नोभेम्बर २५ को सातामा गरिनेछ ।

चान्सलर विश्वविद्यालयको नाममात्रको प्रमुख हो र उसले केही प्रमुख समारोहको अध्यक्षता गर्छ । उसले वकालत, सल्लाहकार र कोष सङ्कलन कार्य पनि गर्छ ।

विश्वविद्यालयले आफ्नो नियम संशोधन गरेपछि आगामी चान्सलर १० वर्षभन्दा बढी नहुने निश्चित अवधिका लागि पदमा रहनेछ । रासस

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88
rajamania rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77 sritoto https://eragenset.com/ sritoto sritoto
zeonslot zeonslot raintoto m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM