२०८३ बैशाख १४ गते, सोमबार १३:११

काँग्रेसले मतदातालाई दियो धन्यवाद

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचनमा सहभागी भई मतदान गर्ने सबै मतदातालाई धन्यवाद दिएको छ।

सभापति गगन थापाले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिवद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको जनाएका छन् ।

उनले सबैलाई धन्यवाद दिँदै भनेका छन्, यहाँहरूको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरुको गहिरो विश्वासलाई पुष्टि गरेको छ भने अर्कातर्फ राजनीतिक दलहरू र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको छ ।

सभापति थापाले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराएको भन्दै सरकार र निर्वाचन आयोगलाई पनि धन्यवाद दिएका छन् । उनले भनेका छन्, केही निर्वाचन क्षेत्रमा भएका केही घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छौं ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM