२०८३ जेष्ठ ५ गते, मंगलवार १९:३९

बढ्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य, अब कति?

काठमाडौँ/नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।

नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको जनाएको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ४ रूपैयाँ बढेको निगमको भनाइ छ ।

भारतीय आयल कर्पोरेसन आइओसीले पठाएको नयाँ मूल्यसूचीका आधारमा मूल्य बढाइएको निगमले जनाएको छ ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटरको १४८ रूपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य १५८ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पर्नेछ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ प्रतिलिटर १५९ रूपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटरको १५१ रूपैयाँ पर्छ ।

प्रतिक्रिया लेख्नुहोस्

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

Live

Listen Live FM