२०८१ चैत्र २४ गते, आईतवार २०:४५

काठमाडौँ/नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।

नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको जनाएको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ४ रूपैयाँ बढेको निगमको भनाइ छ ।

भारतीय आयल कर्पोरेसन आइओसीले पठाएको नयाँ मूल्यसूचीका आधारमा मूल्य बढाइएको निगमले जनाएको छ ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटरको १४८ रूपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य १५८ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पर्नेछ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ प्रतिलिटर १५९ रूपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटरको १५१ रूपैयाँ पर्छ ।

प्रतिक्रिया लेख्नुहोस्

शुद्ध भन्छन्, हड्डी खुवाउँछन्! — जिम्बू थकालीको गम्भीर लापरवाही, शाकाहारी ग्राहकलाई दालमा चिकेनको हड्डी

काठमाडौं, नयाँ बानेश्वर — राजधानीको प्रतिष्ठित भनिएको “जिम्बू थकाली” रेष्टुरेन्टमा

शुद्ध भन्छन्, हड्डी खुवाउँछन्! — जिम्बू थकालीको गम्भीर लापरवाही, शाकाहारी ग्राहकलाई दालमा चिकेनको हड्डी

काठमाडौं, नयाँ बानेश्वर — राजधानीको प्रतिष्ठित भनिएको “जिम्बू थकाली” रेष्टुरेन्टमा