२०८२ माघ १२ गते, सोमबार १०:५९

पूर्वसूचना हुँदाहुँदै पनि बचाऊमा तत्परता नहुँदा जनधनमा गंभीर क्षति भयो: राजा ज्ञानेन्द्र

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले भारी बर्षा हुन सक्छ भन्ने मौसमी पूर्व सूचना हुँदा हुँदै त्यसमा अग्रीम तत्परता नदेखिएकोप्रति दु:ख व्यक्त गर्नु भएको छ ।

राजा शाहले पूर्व प्रतिकार्य नभएकै कारण ठूलो संख्यामा मानवीय र भौतिक क्षति हुनु निकै नै दःखद भएको बताउनु भएको हो । वहाँले बाढी, डुवान र भू-क्षयको जोखिम हरेक वर्षा भैरहने भएकाले रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त व्यवस्थामा ध्यान दिनपर्ने बताउनु भयो ।

आइतबार राजा ज्ञानेन्द्र शाहका सम्बाद सचिव डा.फणिराज पाठक मार्फत एक बिज्ञप्ति जारी गर्दै उहाले यस्तो बताउनु भएको हो । उहाले बाढी, पहिरो र डुवानबाट जीवन गुमाएका, घाईते र घर, गोठ तथा जायजेथा गुमाउनु परेको सुन्नु पर्दा अत्यन्त पीडाबोध भएको समेत बताउनु भयो ।

उहाले मृतकहरुप्रति श्रद्धान्जली र तिनका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै सबैलाई यो दु:खद घडिमा राहत र उद्धार कार्यमा लाग्न पनि अनुरोध गर्नुभएको छ । हेर्नुस उहाको बिज्ञप्ति जस्ताको तस्तै

 

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बाढी पहिरोले पुरयाएको क्षति प्रति दुःख ब्यक्त गर्दै बक्सेको सामयिक सन्देश

विगत तीन चार दिन देखी आएको अबिरल भारी बर्षातका कारण उपत्यका लगायत देशको हिमाल, पहाड र तराइका विभिन्न भागमा बाढी, पहिरो र डुवानबाट धेरै सर्वसाधारण नेपालीको जीवन गुमेको, घाईते हुनु परेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनु परेको सुन्नु पर्दा हामीलाई अत्यन्त पीडाबोध भएको छ । यो दुःखद सन्दर्भमा हामी मृतकहरुप्रति श्रद्धान्जली र तिनका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । यो बेला भारी बर्षा हुन सक्छ भन्ने मौसमी पूर्व सूचना हुँदा हुँदै त्यसमा अग्रीम तत्परता तथा पूर्व प्रतिकार्य नभएर यत्रो विधि मानवीय र भौतिक क्षति हुनु निकै नै दःखद कुरा हो । हाम्रो जस्तो पर्वतीय मुलुकमा बाढी, डुवान र भू-क्षयको जोखिम हरेक बर्ष हुने प्रकृया हो । त्यसैले रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त व्यवस्थामा ध्यान दिन सके क्षति न्यूनिकरणमा योगदान पुग्नेछ । दशै तिहार जस्ता हाम्रा महत्वपूर्ण पर्वहरु निकट आइरहेको यो समयमा आवागमनका धेरै राजमार्ग र सडक संजालहरु अवरुद्ध हुन गएको र त्यसबाट जनजीवनमा असुविधा पुग्न गएको प्रति पनि हाम्रो गम्भिर चासो रहेको छ । साथै यो स्थितिमा हामी मृतक परिवारलाई उचित राहत, वेपत्ताहरुको खोजी तथा घाइतेहरुको सिघ्र उपचार हुनु पर्ने धारणा राख्दै अस्तब्यस्त जनजीवनलाई सुधार गर्ने तर्फ राज्यको तदारुक प्रयत्न होस् भन्ने हाम्रो आग्रह छ । प्रकृति, परिवेश र प्रवृत्ति अनुरुप हाम्रा विकास प्रकृया अघि बढ्नुपर्दछ । आफ्नो परिवेश माथि खेलवाड हुने बस्ति, ब्यवस्था र विकास गतिविधीले विपत्ति र विनास मात्रै निम्त्याउँदछ । त्यसमा हामी सबैको ध्यान पुग्नु पर्दछ भन्ने हाम्रो दृष्टिकोण हो । शोक, वियोग, व्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् । विनासको यो बेला प्रयाप्त सहयोग, सुव्यवस्था, निगरानी पुगोस भन्ने हाम्रो चाहना छ ।

जय नेपाल

मिति : २०८१ साल असोज १३ गते

राजा ज्ञानेन्द्रका संवाद सचिव डा. फणिराज पाठकद्वारा जारी विज्ञप्ति

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d djarum4d beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM