२०८३ जेष्ठ १९ गते, मंगलवार २२:४८

जितिया पर्व उल्लासका साथ सम्पन्न

सुनसरी । मधेसी र थारु महिलाहरूले मनाउने जितिया पर्व हर्षोल्लासका साथ सम्पन्न भएको छ ।

मधेसी र थारु महिलाहरूले मनाउने जितिया पर्व सोमबारबाट विधिवत् रुपमा शुरु भई बुधबार आज साँझ ५.३० बजे पारण गरी व्रत सम्पन्न भएको हो । जितिया पर्व सोमबार बिहान नुहाएर खाएपछि सुरु भएको ३ दिने व्रत तथा पर्व आज बुधबार सम्पन्न भएको हो ।

सुनसरीसहित दुहबीका व्रतालु महिलाहरू आफ्ना सन्तानको रक्षाका लागि यस जितिया पर्वमा उपबास बस्ने गर्दछन् ।

जितिया पर्वको लागि उपवास बस्ने महिलाहरूले घर आँगन लिपपोत गरी बिहान नदी, कुवा, पोखरी, लगायत स्थानमा खल्ली, तोरीको तेल, सिन्दूर, केराको पात, तुलसीको पात, अगरबत्ती सामग्रीहरु लिएर स्नान गर्ने ठाउँमै पूजापाठ गरी जितिया पर्वको आरम्भ गरिन्छ ।

त्यस पश्चिम दिनभरी मिठा–परिकारका खानाहरू खाने बेलुका पख व्रतालुहरू घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई प्रसाद चढाइ पूजा सुरु गर्छन् । त्यसपछि सूर्योदय हुनु पूर्व विशेषगरी माछा, दही, चिउरा, ओल, मिष्ठान लगायतको परिकार खाने गरिन्छ । दिन भरको खानपिनपछि फेरी सूर्योदय हुनुभन्दा ३/४ घण्टा पहिले सपरिवार भोजन गर्ने प्रचलन रहेको छ, जसलाई ‘ओड्गन’ भनिन्छ ।

उपवास बसेको भोलिपल्ट ‘पारन’ अर्थात् पूजापाठ गरी सुरुमा तुलसीको पात खाएसँगै भोजन गरी जितिया पर्व सम्पन्न भएको हो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM