२०८२ माघ १२ गते, सोमबार १०:१६

के हो कुशे औंसी र कुशको महत्त्व ?

कु – शब्दको अर्थ पाप र श-शब्दको अर्थ शमन गर्ने हो। कु र श मिलेर कुश शब्द हुन्छ। पाप लाई नाश गर्ने भएकोले कुशको धार्मिक, वातावरणीय र आयुर्वेदिक ३ रूपमा महत्त्वपूर्ण छ।

कुशमूले स्थितो ब्रह्मा कुशमध्ये जनार्दनः।

कुशाग्रे शंकरो देवस्त्रयो देवाः कुशे स्थिता।।

कुशको मूलभागमा ब्रह्मा, बिचमा विष्णु र टुप्पोमा शिवजीको बास हुन्छ। यसरी कुशमा तीनै देवताको निवास छ। त्यसकारण कुशलाई हामी हरेक शुभ कार्यका लागि प्रयोग गर्ने गरिन्छ।

स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि।

करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने।।

कुश कसरी पवित्र भयो ?

यसको महिमा केछ बुझौ /बुझाऊं

कुशेऔंसी बारे संक्षिप्त चर्चा

भाद्र कृष्ण अमावास्यालाई कुशी औंसी भनिन्छ। यस सम्बन्धमा धर्मसिन्धुमा यस्ताे वचन उल्लेख छ– ´´मासे नभस्यामावास्यां तस्यां दर्भाेच्चयाे मतः। अयातयामास्ते दर्भाःसन्नियाेज्याः पुनःपुनः।। “

अर्थात् भाद्र मासका औंसीका दिन काटेकाे कुश एक वर्ष सम्म वासी हुँदैन, वारंवार प्रयाेग गर्न सकिन्छ। कुश काट्ने मन्त्र यस प्रकार छ।– ´´विरञ्चिना सहाेत्पन्नः परमेष्ठिनिसर्गजः। नुद सर्वाणि पापानि दर्भ स्वस्तिकराे भव।। एवं मन्त्रं समुच्चार्य ततः पूर्वाेत्तरामुखः।हूंफट्कारेण मन्त्रेण सकृच्छित्त्वा समुद्धरेत्।।“

कुश काट्ने अर्काे मन्त्र पनि छ । जाे यस प्रकार छ।–

´´कुशाग्रे वसते रुद्रः कुशमध्ये च केशवः। कुशमूले वसेद् ब्रह्मा कुशान् मे देहि मेदिनि।। “

यी मन्त्र पढेर पूर्वाेतर मुख भएर ´हूंफट्` यो मन्त्र उच्चारण गर्दै एकपटक काटेर उखेल्नुपर्दछ। किनकि धेरैजसो कार्यमा जरैसँगको कुशको प्रयोग गर्ने विधान छ। तर कुश थोरै हुने ठाँउमा कुश काट्नुपर्दछ।–

´´ स्नाने दाने जपे हाेमे स्वाध्याये पितृकर्मणि। करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने।। “

अर्थात् कुशमा ब्रह्मा ,विष्णु र रुद्र तीनाेटै देवता बसेका हुँदा स्नान ,दान , जप ,हाेम , स्वाध्याय, श्राद्ध र सन्ध्या तर्पण आदि विभिन्न कर्म गर्दा कुश हातमा लिएर मात्र गर्नुपर्दछ । जसले गर्दा कर्ममा पवित्रता हुन्छ। —

´´यथा वज्रं सुरेन्द्रस्य यथा चक्रं हरेस्तथा । त्रिशूलं च त्रिनेत्रस्य तथा विप्रपवित्रकम्।।“

इन्द्रकाे वज्र ,विष्णुकाे चक्र र शिवकाे त्रिशूल जस्तै विप्रकाे पवित्र (कुश ) सुरक्षा गर्ने हतियार जस्तै हुन्छ।जसले प्रयाेग गर्नेलाई सुरक्षा दिन्छ। कुशकाे (दर्भकाे) वर्गीकरण यस प्रकार छ। — ´´कुशाः काशाः यवा दूर्वा उशीराश्च सकुन्दकाः। गाेधूमा ब्रीहयाे मुञ्जा दश दर्भाः सबल्लजाः।।“ कुश , काँस , जौ ,दुबाे , उशीर ,(खस) कन्दुक (एक किसिमकाे तृण विशेष) गहुँ , धान , मूँज , बल्लज अर्थात् बावियाे समेत गरी दश किसिमका दर्भजाति मानिएका छन् । कुशकाे उत्पत्तिका सम्बन्धमा उपर्युक्त — विरञ्चिना सहाेत्पन्नः… यस श्लाेकबाट ब्रह्माजीका साथमा कुशकाे उत्पत्ति भएकाे हाे , भन्ने कुरा स्पष्ट हुन्छ। अर्काे कुरा स्वस्थानी कथाका आधारमा जब जालन्धर दैत्यले लाेकमा उपद्रव , अत्याचार मच्चायाे , त्यसाे हुँदा त्यसलाई नमारी अत्याचार शान्त नहुने भयाे। अनि भगवान् शङ्करजी जालन्धर सँग युद्ध गर्न लाग्नुभयाे ,तर उसकी पत्नी वृन्दा ज्यादै पतिव्रता भएकी हुँदा पतिव्रता धर्मका कारण उसलाई मार्न सक्नुभएन । अनि विष्णुले लाेककाे कल्याण गर्नका लागि जस्ताे सुकै सजाय भाेग्नुपरेपनि भाेग्छु , तर जालन्धरलाई नमारी भएन। त्यस कारण उसलाई मार्न छल गरी म वृन्दाकाे पतिव्रता धर्म नष्ट गराउँछु ,अनि तपाईँले जालन्धरलाई मार्न सक्नुुहुनेछ , भनी भगवान् शङ्कर सँग सल्लाह गरी भगवान् विष्णुले जालन्धरकाे रूप धारणगरी वृन्दाकाे पतिव्रता धर्म नष्ट गरेपछि जालन्धरलाई शङ्करले मार्नुभयाे र त्यसवेला लाेककाे कल्याण भएको थियाे। पछि विष्णुले छल गरी मेराे सतीत्व नष्ट गरेछन् , भन्ने कुरा वृन्दाले थाहा पाएर — हे कपटी विष्णु तिमीले छल गरेर मेराे पतिव्रता धर्म नष्ट गरेछौ , त्यसकारण म पनि तिमीलाई श्राप दिन्छु सुन — तिमीले ढुङ्गाे हुनुपरोस् , रूख ,झार र घाँस भएर रहनुपराेस् ,भनेर श्राप दिइन्। पतिव्रताकाे श्राप भएकाे हुँदा विष्णुलाई श्राप लागेर ढुङ्गाे हुनुपराेस् भनेकामा शालिग्राम , झार हुनुपराेस् भनेकामा तुलसी , रूख हुनुपराेस् भनेकामा पीपल र घाँस हुनुपराेस् ,भनेकाेमा कुशका रूपमा भगवान् विष्णु नै उत्पत्ति भएर रहनुभएकाे हाे , भनिएकाे छ।त्यस कारण विष्णुकाे रूप भएकाे हुँदा कुश पवित्र मानिएकाे हाे।

अर्काे कुरा भगवान् ले हिरण्याक्ष दैत्यलाई मारेर पृथिवीलाई उद्धार गर्न वराहकाे (बँदेलकाे) रूप लिई दैत्यलाई मारी पृथिवीकाे उद्धार गर्दा ठुलाे परिश्रम परेकाे हुँदा थकाइ लागेर समुद्रका किनारमा बालुवा माथि विश्राम गर्न सुत्नुभएछ । वराह भगवान् सुत्नुहुँदा उहाँका केश झरेर त्यसबाट कुशकाे उत्पत्ति भएकाे हाे भन्ने पनि पौराणिक उपाख्यानहरूमा पाइन्छ। यस्ता धेरै कथानकहरूबाट ब्रह्मा , विष्णु र रुद्र तीन देवता कुशमा रहनुभएकाे कुरा सिद्ध भएकाे हुँदा कुश पवित्र मानिएकाे र देवकार्य तथा पितृकर्यमा पनि कुशकाे आश्यकता अपरिहार्य भएकाे कुरा शास्त्रमा वर्णित छ। यस दिन पितृहरूलाई तर्पण तथा पिण्डदान समेत गर्दा पितृहरूकाे मुक्ति हुने र छाेरा नातिहरूलाई यस लाेकमा सुख समृद्धि र पर लाेकमा समेत पुण्य प्राप्त हुने भएकाेले बाबु हुनेले बाबुकाे मुख हेर्ने र बाबु नहुनेले तर्पण , पिण्डदानादि गरेर पितृलाई तृप्त गराउने शास्त्रानुकूल परम्परा पनि समाजमा चलिआएकाेछ। यसकारण आफ्नाे सुरक्षा कवचका रूपका कुशकाे संरक्षण गरी यसदिन पूजागरी काटेर राख्ता वर्षदिन सम्म बासी नहुने यस दिन कुश काट्ने गरिएकाे हुँदा यस दिनलाई कुशी औंसी भन्ने परम्परा चलेकाे हाे।

धर्म र अध्यात्मसँग जोडिएका हरेक पदार्थ मानव जीवनोपयोगी छन् । धार्मिककार्य गर्दा बस्ने, लगाउने, खाने, हेर्ने सबै पदार्थबाट हाम्रो कल्याण हुन्छ भन्ने रहस्य वैज्ञानिक परीक्षणले पुष्टि गरेका छन् । आफूभित्रको अथाहा सम्पत्ति, ज्ञान थाति राखी विज्ञान, वैभव भूलेर बाह्यमुखी बन्दै भौतिक वस्तु र विदेशीपनमा रमाउँदै गएका छन् । भौतिक विकास, उन्नति,प्रगति केही प्राप्ति हो, सबै होइन भन्ने विषयलाई भुल्नु हुँदैन । भौतिकअन्धताले मानवीय संवेदना, मर्म, चरित्र, स्वभावभन्दा धेरै टाढा पऱ्याउँछ । यही कारण जङ्गलका कन्दमूल,बारीका फूल, पात र कोपिलाबाट निःशुल्क हुने प्राकृतिक र घरेलु उपचारलाई छोड्दै गएका

छन् । अन्य औषधिले तुरुन्तै निको भए पनि त्यसको दीर्घकालिक असर वा बेफाइदा कति हुन्छ भन्ने विषयमा कसैले ध्यान पुऱ्याएका छैनन् । त्यसैले त आज नयाँ-नयाँ रोग र समस्याबाट अकालमै यमलोकको यात्री बन्नु परेको छ । सामान्यभन्दा सामान्य रोगहरू उपचारको हेलचक्र्याई एवं परीक्षणका नाममा बिग्रदै, बढ्दै गएर डाक्टरको हात र औषधिको पहुँचभन्दा धेरै टाढा पुगिसकेका छन् ।

यो सबै दवाई सेवनको आशीर्वाद हो । दवाईले रोगलाई एक छिन दबाउँछ । मौका पाएपछि त्यो रोग पुनः आउँछ र आक्रमण गरी धर्तीबाट बिदा दिलाउँछ । क्षणिक समयका लागि गरिएको टालटुले उपचार पद्दतिमा प्रयोग गरिने औषधि नै दबाई हो । आयुर्वेदिक उपचारमा प्रयोग गरिएका औषधिहरूबाट एक पटक

सञ्चो भएपछि लापरवाही गरेन भने त्यही रोग वा समस्या कहिल्यै दोहोरिदैन । यही कारण ऋषिमुनिहरूले आयुर्वेदिक औषधिबाट रोगीलाई निको बनाउँथे औषधिहरू प्राकृतिक हुन्थे, केमिकलविहीन हुन्थे, जसले प्रतिप्रभाव (साइडइफेक्ट) गर्दैनथ्यो । प्राकृतिक उपचार पद्धतिमा विभिन्न खनिज पदार्थ, वनस्पति, माटोलाई औषधिका रूपमा प्रयोग गरिन्छ । हाम्रा भारले मृत लक्ष्मणलाई बचाएका थिए । पहाडमा नै सोमलता फल्दछ, यार्चागुम्बा उम्रन्छ,सीलाजित पाइन्छ ।

ऋषिमुनिहरूले रोगीको अवस्था, रोगको प्रकृतिअनुसार दुई प्रकार औषधिहरू प्रयोग गर्दथे । एक आपत्कालिक (तत्काल), अर्को बिस्तारै निको गराउने औषधि । दर्भो य उग्र औषधिस्तं ते बध्नाम्यायायुपे अर्थात् ‘कुश तत्काल फल दिने औषधि हो, जसलाई आयु वृद्धिका लागि धारण गरिन्छ ।’ प्राचीनकालदेखि मानवजीवन र कुशबीच अन्योन्याश्रित सम्बन्ध थियो । कुशका अवस्था अनुसार फरक नाम छन्ः- फूल नफूलेको कुशलाई दर्भ,फूल फूलेपछि कुश, जरासहितको भागलाई कुतप भनिन्छ, अगाडिको भाग काटेमा त्यसलाई तृण भनिन्छ । यसका आफ्नै गरिमा, महत्त्व र उपयोगिताहरू छन् । दूधमा कुश राखेर तताए

फाट्दैन । कुशलाई भगवान्‌को रौंबाट उत्पन्न भएको मानिन्छ- ‘मम रोम समुद्भूता दर्भाः पुष्टिकरा मताः’ अर्थात् कुश मेरै रौंबाट उत्पन्न भएको हो, यो पौष्टिक छ। देव कार्य, पितृ कार्य, रोग निराकरण, ग्रह शान्तिका लागि अनेक वनस्पति लगाइन्छ, त्योमध्ये कुश पनि एक हो।ज्योतिषग्रन्थहरूमा ग्रह शान्तिमा वनस्पतिलाई कसरी उपयोग गर्ने भन्ने सम्बन्धमा अनेक विधिहरू उपलब्ध छन् । कुश लगाउँदा कम श्रम, शक्ति र समयमा अधिक कार्य गर्न सकिन्छ । एक पटक पढेको, देखेको, उपदेश गरेको विषयलाई सम्झिरहने मानिसलाई सेधावी वा कुशाग्र बुद्धि भएको मानिन्छ । कुशको अग्रभाग तीखो हुन्छ अर्थात् कुशजस्तो

पवित्र र तिख्खर दिमागलाई कुशाग्र बुद्धि भनिन्छ । कुशले शरीरलाई स्वास्थ, बुद्धिलाई तेज र विचारलाई पवित्र बनाउन सहयोग गर्दछ । भगवान् विष्णुले भन्नुभएको छ ।

दर्भा विभूतिर्मे तार्क्ष्य मम रोमसमुद्भवा: ।

अतस्तत् स्पर्शनादेव स्वर्गं गच्छन्ति मानवाः ।।

कुशमूले स्थितो ब्रह्मा कुशमध्ये जनार्दनः ।

कुशाग्रे शंकरो देवास्त्रयो देवाः कुशे स्थिताः ।।

(गरुडपुराण ९/१२-१३०)

अर्थात् ‘कुश मेरा रौं हुन् । यसलाई दैनिक छुनाले पवित्र भई स्वर्ग प्राप्ति हुन्छ । कुशको मूल (जरा)मा ब्रह्मा, बीच (काण्ड) मा म (विष्णु), टुप्पोमा शिवजी गरी हामी तीन देवता बस्दछौं ।’ कुशमा जगत्का उत्पत्तिकर्ता, पालनकर्ता र संहारकर्ताको निवास भएकाले यसलाई परम पवित्र मानिएको हो । महाभारतको कथाअनुसार गरुडले सर्पहरूबाट बन्धक

बनाइएकी आफ्नी आमाको मुक्तिका लागि अमृत ल्याएर सर्पहरूलाई दिएका थिए। सर्पहरू अमृतपानं गर्नुभन्दा पहिले स्नान गर्न गए । गरुडले पनि अमृतलाई कुशमाथि राखेर आफ्नी आमा लिएर घर फर्किए । सर्पहरू नुहाएर आउँदा त अमृत देखेनन् । कुशमा पोखिएको

अनुमानले कुश चाटे । कुशको धारले काटेको हुनाले त्यतिबेलादेखि सर्पको जीभ्रो दुईवटा भयो । अमृतको स्पर्शले कुश पवित्रतम भयो भन्ने इतिहास छ । अमृतको स्पर्श भएकाले कुश लगाउनाले शरीरमा शक्ति आउँछ, रोगको निराकरण हुन्छ, कुशेऔंशीका दिन ब्राह्मण

वा भाञ्जाहरूले घरको छानोमा कुश सिउरी दिन्छन् । कुश विद्युतको कुचालक हो, यसले घर, गोठ आदिमा चट्याङ पर्न दिँदैन ।

कुशले शरीरमा आउने प्रतिकुल तरङ्गको न्यूनीकरण गर्दछ । रिसलाई नियन्त्रण गर्दछ, शत्रुको रिसबाट बचाउँछ। कुशलाई कवचको रूपमा,

जरालाई औषधिको रूपमा प्रयोग गरिन्छ । कुशघारी वा बाँसघारीबाट बगेको पानी राम्रोसँग छानिन्छ र पिउनलायक हुन्छ भन्ने विषयमा वैज्ञानिकहरू पनि सहमत छन् । त्यसैले कुशको आध्यात्मिकका साथै व्यावहारिक महत्त्व छ ।

 

नास्य केशाः प्रवपन्ति नोरसि ताडमाघ्नते ।

यस्मा अछिन्नपर्णेन दर्भेण शर्म यच्छति ।। – अथर्ववेद १९/३२/२

अर्थात् ‘जो मानिसले नित्य कुश लगाउँछ, उसको कपाल झर्दैन, न त छाति नै अत्यन्तोपयोगी झार भएकाले कुशलाई मानिसले औषधि, गहना, सुरक्षा कवच आदिका दुःख्दछ ।’

रूपमा उपयोग गर्दछन् । हरेक कार्यका लागि आवश्यक पर्ने एकाग्रता, शुद्धता, संयमता आदि शक्ति कुशको औंठी वा स्पर्शबाट प्राप्त हुन्छ । कर्मपात्रोको पानीले यज्ञस्थल आदिलाई पवित्र गराउन कुशपानी छर्ने चलन छ । उपनयन संस्कारमा कुशको जनै लगाएर मात्र धागोको जनै लगाइन्छ । तीजको व्रतमा महिलाहरू कुशको जनै, कन्दनीका साथै टाउको बाँध्ने काम गर्दछन् । कुश हरेक वर्ण, जाति र लिङ्गका मानिसहरूले लगाउन हुन्छ । कुशको स्पर्शले शरीर पवित्र हुन्छ, देवताहरूको आगमन हुन्छ, आसुरी प्रवृत्ति नाश हुन्छ ।

‘कुशविनाको धार्मिक अनुष्ठान, जल स्पर्शविनाको दान, मालालाई प्रयोग नगरीकन गरिएको जप संख्या सबै निष्फल हुन्छन् ।’ कुशले छर्किएको जलबाट यज्ञस्थल शुद्ध, आयोजक र उपस्थित महानुभाव शारीरिक र मानसिकरूपले ऊर्जाशील हुन्छन् । शुद्धि भएपछि मात्र अनुष्ठान गर्नु पर्ने शास्त्रीय मान्यता छ । त्यसैले नुहाउँदा, होम, जप, दान, स्वाध्याय, पितृकार्य, सन्ध्या, अभिवादनलगायतका कर्ममा दुवै हातमा कुशको पवित्र (आँठी) धारण गर्नुपर्छ ।

कुशका महत्त्व र उपयोगितालाई बुझेर प्राचीनकालदेखि घरनजिकै लगाउने चलन छ। कुशको पवित्र धारण गर्ने परम्पराकै नक्कल गर्दै अहिले अनेक धातुका औठी,सिक्री लगाउने चलन बढ्दै गएको छ । कुशको औंठी साहिलीऔँला (अनामिका) मा लगाइन्छ । साहिलीऔंलाको फेदलाई सूर्य क्षेत्र भनिन्छ । हस्तरेखाविद्हरूले यस क्षेत्रमा मानिसको शारीरिक र मानसिक शक्ति, जागिर एवं रोजगारको अवस्था, साहस र धैर्यलगायतका पक्ष हेर्दछन् । कुशले यी सबै पक्षलाई बढाउन सहयोग गर्दछ । कुश लगाउने र

प्रयोग गर्ने विधिलाई ध्यान दिइएन भने त्यसले अपेक्षाकृत फल दिँदैन ।

कुशाग्रैस्तर्पयेद्देवान् मनुष्यान् कुशमध्यतः

द्विगुणीकृत्य मूलाग्रैः पितॄन् संतर्पयेद्विजः ।।

अर्थात् ‘देवतालाई कुशको अग्रभाग ( अगाडि ) बाट, बीचको भागबाट ऋषिगणलाई र जराबाट पितृहरूलाई तर्पण दिनुपर्छ ।’ एकाक्षरीकोशका अनुसार ‘कु’ को अर्थ पृथ्वी र ‘श’को अर्थ सुत्नु हुन्छ । जसमा पृथ्वी सुत्छ वा अटाउँछ त्यसलाई कुश भनिन्छ । पृथ्वीलाई सत्यले थामेको छ। कुशमा सत्यताको तागत, चेतना जगाउने शक्ति छ । पृथ्वीको सारस्वरूप एउटा कुशभित्र अटाउने भएकाले आध्यात्मिक, व्यावहारिक, बौद्धिक, शारीरिक लाभका दृष्टिले कुशलाई अत्यन्त उपयोगी र पवित्रतम मानिएको हो ।

ॐ हरये नमः ।श्रीकृष्णार्पणमस्तु। हरि ॐ…

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d djarum4d beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM